प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 ४/१ पृ. १२
  • परिचालक निकायका नयाँ सदस्यहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचालक निकायका नयाँ सदस्यहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • मिल्दोजुल्दो सामग्री
  • परिचालक निकायका नयाँ सदस्यहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • परिचालक निकायको नयाँ सदस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • परिचालक निकायको नयाँ सदस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • ऐतिहासिक सभा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 ४/१ पृ. १२

परिचालक निकायका नयाँ सदस्यहरू

सन्‌ २००५ अगस्त २४ बुधबार बिहान, अमेरिकाको बेथेलमा भइरहेको दैनिक पद छलफल कार्यक्रम क्यानाडाको बेथेल परिवारमा पनि भिडियोद्वारा सीधै प्रसारण गरियो। त्यतिबेला एउटा निकै खुसीको घोषणा भयो। सन्‌ २००५, सेप्टेम्बर १ तारिखदेखि लागू हुने गरी यहोवाका साक्षीहरूको परिचालक निकायमा दुई जना सदस्य थपिएका छन्‌—जेफ्री डब्ल्यू. ज्याक्सन र एन्थोनी मोरिस्‌।

भाइ ज्याक्सनले सन्‌ १९७१ फेब्रुअरी महिनामा अस्ट्रेलियाको तास्मानिया भन्‍ने ठाउँमा अग्रगामी सेवा सुरु गर्नुभएको थियो। सन्‌ १९७४ जून महिनामा उहाँले जेनेटसँग (जेनी) विवाह गर्नुभयो। केही समयपछि नै उहाँहरूलाई विषेश अग्रगामी सेवामा नियुक्‍त गरियो। सन्‌ १९७९ देखि सन्‌ २००३ सम्ममा उहाँहरूले दक्षिण प्रशान्त महासागरका टापुहरू—टुभालु, सामोआ र फिजीमा मिसनरी सेवा गर्नुभयो। ती टापुहरूमा सेवा गर्दा भाइ र बहिनी ज्याक्सनले बाइबल साहित्यहरू अनुवाद गर्न पनि अनमोल योगदान पुऱ्‍याउनुभयो। भाइ ज्याक्सनले सन्‌ १९९२ देखि सामोआमा र सन्‌ १९९६ देखि फिजीमा शाखा समितिको सदस्यको रूपमा सेवा गर्नुभयो। सन्‌ २००३ अप्रिल महिनादेखि भाइ र बहिनी ज्याक्सन अमेरिकाको बेथेल परिवारको सदस्य भएर अनुवाद सेवा विभागमा काम गर्नुभयो। त्यसको केही समयपछि नै भाइ ज्याक्सनलाई परिचालक निकायको शिक्षण समितिमा सहायकको रूपमा सेवा गर्न खटाइयो।

भाइ मोरिस्‌ले सन्‌ १९७१ मा अमेरिकामा अग्रगामी सेवा सुरु गर्नुभएको थियो। त्यसै वर्षको डिसेम्बर महिनामा सुजनसँग उहाँले विवाह गर्नुभयो। जेठो छोरा जेशी नजन्मिउन्जेल झन्डै चार वर्षसम्म उहाँहरूले अग्रगामी सेवा गरिरहनुभयो। केही समयपछि उहाँहरूको अर्को छोरा पल जन्मियो। सन्‌ १९७९ मा भाइ मोरिस्‌ले फेरि नियमित अग्रगामी सेवा सुरु गर्नुभयो। छोराहरू स्कूल जान थालेपछि बहिनी सुजनले पनि अग्रगामी गर्नुभयो। भाइ मोरिस्‌को परिवारले आवश्‍यकता बढी भएको ठाउँ अमेरिकाको रोड आइल्यान्ड र उत्तर क्यारोलाइनामा अग्रगामी सेवा गऱ्‍यो। उत्तर क्यारोलाइनामा भाइ मोरिस्‌ले सहायक क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्नुभयो। छोराहरूले चाहिं नियमित अग्रगामी सेवा सुरु गरे। जेशी र पल दुवैले १९ वर्षको उमेरमै अमेरिकाको बेथेलमा सेवा गर्ने निम्तो पाए। त्यसै समयतिर भाइ मोरिस्‌ले क्षेत्रीय निरीक्षकको काम सुरु गर्नुभयो। सन्‌ २००२ अगस्त १ तारिख भाइ र बहिनी मोरिस्‌लाई अमेरिकाको बेथेलमा नयाँ असाइनमेन्टको लागि बोलाइयो। भाइ मोरिस्‌ले सुरुमा प्याटर्सनको सेवा विभागमा र पछि परिचालक निकायको सेवा समितिको सहायकको रूपमा काम गर्नुभयो।

परिचालक निकायमा यी दुई नयाँ सदस्य थपिनुभएको छ। अरूको नाम यस प्रकार छ—क्यारी डब्लु. बार्बर; जोन इ. बार; साम्यल एफ. हर्ड; गाइ एच. पियर्स; डेभिड एच. स्प्लेन; अल्बर्ट डि. श्रोडर; डानियल सिडलिक; स्टिभन लेट्‌; गेरिट लोश र थिओडर जारास। परिचालक निकायका सबै सदस्य अभिषिक्‍त मसीहीहरू हुन्‌। (w06 3/15)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने