प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 १/१ पृ. २९
  • परिचालक निकायका नयाँ सदस्यहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचालक निकायका नयाँ सदस्यहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मिल्दोजुल्दो सामग्री
  • परिचालक निकायका नयाँ सदस्यहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • उहाँलाई ‘बाटो थाह थियो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • परिचालक निकायको नयाँ सदस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • परिचालक निकायको नयाँ सदस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 १/१ पृ. २९

परिचालक निकायका नयाँ सदस्यहरू

शनिबार, अक्टोबर २, १९९९ का दिन वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिल्भेनियाको वार्षिक सभाको अन्तमा एउटा रोमाञ्चकारी घोषणा गरियो। उपस्थित १०,५९४ जना र टेलिफोन लाइनद्वारा सुनिरहेका सबै यहोवाका साक्षीहरू परिचालक निकायमा चार जना नयाँ सदस्य थपिएको घोषणा सुनेर खुसी भए। नयाँ सदस्यहरू सबै अभिषिक्‍त मसीहीहरू हुन्‌। तिनीहरूको नाउँ यसप्रकार छ, साम्यल एफ. हर्ड; एम. स्टिभन लेट्ट; गाइ एच. पियर्स र डेविड एच. स्प्लेन।

• साम्यल हर्डले १९५८ देखि अग्रगामी गर्न थाले र १९६५ देखि १९९७ सम्म तिनी क्षेत्रीय तथा जिल्ला परिभ्रमण कार्यमा संलग्न थिए। त्यसपछि, तिनी र तिनकी पत्नी ग्लोरिया संयुक्‍त राज्यको बेथेल परिवारको सदस्य भए र भाइ हर्ड सेवा विभागमा सेवारत थिए। तिनी सेवा समितिको सहायकको रूपमा पनि सेवा गर्दै थिए।

• स्टिभन लेट्टले डिसेम्बर १९६६ देखि अग्रगामी कार्य थाले र तिनले १९६७ देखि १९७१ सम्म संयुक्‍त राज्यको बेथेलमा सेवा गरे। तिनले अक्टोबर १९७१ मा सुसनसँग विवाह गरेपछि विशेष अग्रगामी गर्न थाले। सन्‌ १९७९ देखि १९९८ सम्म तिनले क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरे। अप्रिल १९९८ देखि तिनी र तिनकी पत्नी संयुक्‍त राज्यको बेथेल परिवारको सदस्य भएका छन्‌। त्यहाँ तिनले सेवा विभागमा काम गरे र शिक्षण समितिको सहायक पनि थिए।

• गाइ पियर्सले आफ्नो परिवारको लालनपालन गरिसकेपछि अप्रिल १९८२ देखि आफ्नी पत्नीसँगै अग्रगामी गर्न थाले। तिनले १९८६ देखि १९९७ सम्म क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरे। त्यसपछि तिनी र तिनकी पत्नी पेन्‍नी संयुक्‍त राज्यको बेथेल परिवारका सदस्य भए। भाइ पियर्स कर्मचारी समितिका सहायकको रूपमा सेवा गर्दैथिए।

• डेविड स्प्लेनले सेप्टेम्बर १९६३ मा अग्रगामी कार्य थाले। गिलियडको ४२ औं कक्षाका स्नातक भाइ स्प्लेनले सेनेगल, अफ्रिकामा मिसनरीको रूपमा सेवा गरे अनि त्यसपछि १९ वर्षसम्म क्यानाडामा क्षेत्रीय काम गरे। तिनी र तिनकी पत्नी १९९० देखि संयुक्‍त राज्यको बेथेल परिवारको सदस्य भए र त्यहाँ भाइ स्पेलन सेवा र लेखन विभागमा कार्यरत थिए। सन्‌ १९९८ देखि तिनी लेखन समितिका सहायक पनि थिए।

यी चार नयाँ सदस्यहरूबाहेक अहिले परिचालक निकायका सदस्य सि. डब्ल्यु. बार्बर, जे. इ. बार, एम. जि. हेन्श्चेल, जि. लोश, टि. जारास, के. एफ. क्लाइन, ए. डि. श्रोडर, एल. ए. स्विंगल र डि. सिड्‌लिक हुन्‌। अहिले विस्तार गरिएको परिचालक निकायले विश्‍वभरिका परमेश्‍वरका जनहरूको गतिविधि निरीक्षण गर्दै तिनीहरूको आध्यात्मिक इच्छाहरू पूरा गर्न यहोवाले तिनीहरूलाई आशिष्‌ तथा बल दिइरहनुहुनेछ भन्‍ने सबैको प्रार्थना छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने