प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ३/१ पृ. ३
  • जवाफको खोजीमा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जवाफको खोजीमा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • मिल्दोजुल्दो सामग्री
  • आमाबुबाको लागि थप मदत
    ब्यूँझनुहोस्‌!—२०१९
  • के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ?
    के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ?
  • के तपाईँले कहिल्यै सोच्नुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२५
  • परिवारको लागि थप मदत
    ब्यूँझनुहोस्‌!—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ३/१ पृ. ३

जवाफको खोजीमा

“जीवन निर्वाह ‘कसरी’ गर्ने भन्‍ने थाह पाएका छौं र हामीसित आज कुनै समय कल्पना समेत नगरेका सुखसयल—जस्तो कि: एयर कन्डिसनयुक्‍त कोठा, गुणस्तरीय आवाज निकाल्ने सीडी पनि छन्‌। तैपनि, हामी ‘किन’ बाँचिरहेका छौं भन्‍ने प्रश्‍नचाहिं अनुत्तरित नैछ। यस्तो दौडधूप र तँछाडमछाड किन गर्ने? यसको अर्थ के?” —डेभिड जि. मायर्ज, मनोविज्ञानका प्राध्यापक, होप कलेज, मिशिगन, अमेरिका।

यी प्राध्यापकले उठाएका प्रश्‍नहरू तपाईंलाई सोधिएमा तपाईंको जवाफ के हुनेथियो? यस्ता प्रश्‍नको जवाफमा समय खर्चिनु सार्थक छ त भनी कोही-कोहीले शंका व्यक्‍त गर्छन्‌। तर यी प्रश्‍नलाई बेवास्ता गर्नु भनेको जुत्ताभित्र पसेको सानो ढुङ्‌गालाई बेवास्ता गर्नुसरह हो। हो, ढुङ्‌गालाई ननिकाले तापनि तपाईं हिंड्‌न त सक्नुहुन्छ तर यसले तपाईंको यात्रालाई कत्ति नरमाइलो बनाइदिन्छ!

जीवन यति नै हो त भनी तपाईंले कहिल्यै सोच्नुभएको छ भने, यस्तो सोचाइ राख्ने व्यक्‍ति तपाईं मात्र त होइन। वर्ल्ड भ्याल्युज सर्भे भन्‍ने मानव मूल्य-मान्यतासम्बन्धी अध्ययन गर्ने एउटा संस्थाले अहिलेसम्मको एउटा सबैभन्दा बृहत्‌ अध्ययन गऱ्‍यो। यस अध्ययनले “जीवनको अर्थ र उद्देश्‍य” खोज्नेहरूको संख्या थुप्रै देशमा आकासिंदो छ भनी देखायो।

यदि तपाईं असली मनोशान्ति पाउन चाहनुहुन्छ भने, तीन गहकिला प्रश्‍नहरूको जवाफ तपाईंले पाउनुपर्छ।

हामी कहाँबाट आयौं?

जीवनको उद्देश्‍य के हो?

भविष्य कस्तो छ?

यी महत्त्वपूर्ण प्रश्‍नको भरपर्दो जवाफ तपाईं कहाँ पाउन सक्नुहुन्छ? यसपछिका पृष्ठहरूले तपाईंलाई कसैको अनुमान अथवा मानव दर्शन नभई परमेश्‍वरको वचन बाइबलमा पाइने जवाफ प्रस्तुत गर्नेछ। यदि यहाँहरूसँग पनि बाइबल छ भने यसलाई खोलेर हेरी जवाफ पत्ता लगाउन हामी आग्रह गर्छौं। (w08 2/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने