प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ८/१ पृ. ४
  • १. परमेश्‍वरसित मदत माग्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १. परमेश्‍वरसित मदत माग्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मिल्दोजुल्दो सामग्री
  • पवित्र आत्मा वास्तवमा के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • आत्माको भरमा हिंड्‌नुहोस्‌ र समर्पण अनुरूप जीवन बिताउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइ—प्रथम शताब्दीमा अनि आज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवाको आत्माले उहाँका जनहरूलाई डोऱ्‍याउँदछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ८/१ पृ. ४

तपाईं कसरी बाइबल बुझ्न सक्नुहुन्छ?

१. परमेश्‍वरसित मदत माग्नुहोस्‌

इटालीमा बस्ने निन्फा भन्छिन्‌, “कुनै बेला सुत्नुअघि बाइबल पढ्‌थें। किनभने मलाई थाह थियो, बाइबल परमेश्‍वरको वचन हो। अनि रमाइलो नलागे तापनि परमेश्‍वरले बाइबलमा के लेख्नुभएको छ त्यो बुझ्न चाहन्थें। पूरै पढी सिध्याउने विचार थियो। सुरुमा त सजिलै लाग्यो तर बुझ्न गाह्रो लागेको भाग आएपछि पढ्‌नै छाडिदिएँ।”

के तपाईं पनि निन्फाले जस्तै महसुस गर्नुहुन्छ? थुप्रैले त्यस्तै महसुस गर्छन्‌। यद्यपि अघिल्लो लेखमा थाह पाएझैं बाइबल लेखक यहोवा परमेश्‍वर तपाईंले उहाँको वचन बुझेको चाहनुहुन्छ। तर तपाईं बाइबल कसरी बुझ्न सक्नुहुन्छ? पहिलो कदम हो: लेखकसित मदत माग्नु।

येशूका प्रेरितहरूलाई “अपठित र अजान” ठानिन्थ्यो किनभने तिनीहरूले धार्मिक तालिम लिन रब्बीहरूको स्कूल धाएका थिएनन्‌। (प्रेरित ४:१३) तैपनि तिनीहरूले परमेश्‍वरको वचन बुझ्न सक्छन्‌ भनेर येशूले आश्‍वासन दिनुभयो। कसरी? उहाँले भन्‍नुभयो: “शान्तिदाता, अर्थात्‌ पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले नै तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ।” (यूहन्‍ना १४:२६) परमेश्‍वरले यो पवित्र आत्मा अर्थात्‌ सक्रिय शक्‍ति पृथ्वी अनि यसमा भएका यावत्‌ थोक बनाउन चलाउनुभयो। (उत्पत्ति १:२) साथै करिब ४० जना लेखकलाई बाइबलमा आफ्नो विचार लिपिबद्ध गराउन पनि उहाँले यसको प्रयोग गर्नुभयो। (२ पत्रुस १:२०, २१) यही आत्मा बाइबल बुझ्न चाहनेहरूलाई मदत दिन उपलब्ध छ।

तपाईं कसरी परमेश्‍वरको पवित्र आत्मा पाउन सक्नुहुन्छ? तपाईंले विश्‍वाससाथ माग्नुपर्छ। वास्तवमा तपाईंले निरन्तर माग्नुपर्ने हुन सक्छ। येशूले भन्‍नुभयो: “माग [“मागिरहो,” NW], त तिमीहरूलाई दिइनेछ, . . . तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्‌ता गरेर पवित्र आत्मा दिनुहुनेछ।” (लूका ११:९, १३) साँचो हृदयले माग्ने जोसुकैलाई पवित्र आत्मा दिन यहोवा इच्छुक हुनुहुन्छ। यो सक्रिय शक्‍तिले तपाईंलाई हजारौं वर्षअघि बाइबलमा लिपिबद्ध गरिएका प्रेरित वचनहरूको अर्थ बुझ्न मदत गर्न सक्छ। परमेश्‍वरको आत्माले तपाईंलाई बाइबलका सशक्‍त सन्देश आफ्नो जीवनमा उतार्न चाहिने बुद्धि पनि दिन सक्छ।—हिब्रू ४:१२; याकूब १:५, ६.

हरेक चोटि बाइबल पढ्‌दा त्यो बुझ्न प्रार्थना गरेर पवित्र आत्मा माग्नुहोस्‌। (w09 7/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने