प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ८/१ पृ. ५-६
  • २. पूर्वाग्रह नराखी पढ्‌नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • २. पूर्वाग्रह नराखी पढ्‌नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको वचन पढ्‌नुहोस्‌ र सत्यतामा उहाँको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • नया विचारधाराहरू प्रति के तपाँईको मन खुला छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • मसीहीहरू यहोवाको महिमा प्रतिबिम्बित गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • बाइबल पढाइबाट अझ धेरै लाभ उठाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ८/१ पृ. ५-६

तपाईं कसरी बाइबल बुझ्न सक्नुहुन्छ?

२. पूर्वाग्रह नराखी पढ्‌नुहोस्‌

पहिला कहिल्यै नभेटेको मान्छेबारे के तपाईंको साथीले नराम्रो कुरा गरेको छ? पछि त्यो मान्छे भेट्‌दा साथीको त्यस्तो कुराले तपाईंलाई उसमा भएको खुबी र राम्रा गुणहरू हेर्न गाह्रो भएको छ? बाइबलको सन्दर्भमा पनि यस्तै हुन सक्छ।

पूर्वाग्रह राखेर बाइबल पढ्यौं भने के हुन्छ, प्रेरित पावलले चेतावनी दिए। आफ्ना समयका केही यहूदीहरूबारे तिनले यस्तो लेखे: “तिनीहरूसँग परमेश्‍वरका निम्ति जोश त छ, तर समझअनुसारको होइन।”—रोमी १०:२.

प्रथम शताब्दीका ती यहूदीहरू हिब्रू धर्मशास्त्रमा स्पष्टसित बताइएको एउटा सत्य स्वीकार्न इच्छुक थिएनन्‌। त्यो थियो: मसीहको परिचय। मसीहबारे हिब्रू धर्मशास्त्रमा बताइएको एक-एक विवरण नासरतका येशूसित मेल खान्थ्यो अनि मसीहले के-के गर्नेथिए त्यसबारे गरिएको हरेक भविष्यवाणी उहाँले पूरा गर्नुभयो। तैपनि पूर्वाग्रहले जरा गाडेको कारण उहाँको समयका यहूदीहरूले परमेश्‍वरको वचनलाई बुझ्न सकेनन्‌।

यसबाट हामी के सिक्न सक्छौं? बाइबलको कुरा पूर्वाग्रह नराखी पढ्‌नु महत्त्वपूर्ण छ। पूर्वाग्रहको घुम्टोले पाठकलाई बाइबलको सत्य बुझ्न बाधा पार्न सक्छ।

उदाहरणको लागि अमेरिका, उत्तर क्यारोलाइनाका एक प्रोफेसर, जसले धर्मसम्बन्धी अध्ययन गर्थे, उनले बाइबलबारे यसो भने, “यो मान्छेले नै लेखेको किताब हो। यसमा भएको थुप्रै कुरा एकअर्कासित मिल्दै-मिल्दैन अनि यसले कसरी जिउनुपर्छ त्यसबारे सही डोऱ्‍याइ पनि दिंदैन।” यदि कुनै व्यक्‍तिले बाइबल “मान्छेले नै लेखेको किताब”-को रूपमा पढ्‌छ भने आफूलाई मन नपर्ने निर्देशन वा सिद्धान्त नकार्ने झुकाव राखिहाल्छ नि, होइन र?

त्यसको साटो बाइबलले हामीलाई लगनशील भई यसको अध्ययन गर्न प्रोत्साहन दिन्छ। पावलको समयका बिरियावासीबारे बाइबल यसो भन्छ: “यिनीहरूले हृदयमा ज्यादै तयारी भएर धर्मशास्त्र ग्रहण गरे, र ती कुराहरू ठीक हुन्‌ कि होइनन्‌ भनेर दिनहुँ धर्मशास्त्रमा खोजी गर्थे।” (प्रेरित १७:११) तिनीहरूले जस्तै तपाईंले पनि, आफ्नो समझलाई धमिलो पार्ने पूर्वाग्रह वा आलोचनाको घुम्टो हटाउनु पर्ने हुन सक्छ। बाइबल लेखकको रोमाञ्चक सन्देश पत्ता लगाउन उत्सुक भई पूर्वाग्रह नराखी परमेश्‍वरको वचन पढ्‌नुहोस्‌। (w09 7/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने