प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ४/१ पृ. २९
  • “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • १ इतिहास ४:९, १०, NRV
  • मेरा प्रार्थनाहरूले म कस्तो मानिस हुँ भनेर देखाउँछ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • प्रार्थना सुन्‍नुहुने यहोवाको प्रशंसा गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ४/१ पृ. २९

परमेश्‍वरको नजिक हुनुहोस्‌

“प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर

१ इतिहास ४:९, १०, NRV

के यहोवा परमेश्‍वर आफ्ना भक्‍तहरूले गरेको निष्कपट प्रार्थनाको जवाफ साँच्चै दिनुहुन्छ? त्यति नाम नचलेका याबेस भन्‍ने व्यक्‍तिबारे बाइबलमा दिइएको विवरणबाट यहोवा साँच्चै “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर हुनुहुन्छ भन्‍ने स्पष्ट हुन्छ। (भजन ६५:२) यो छोटो विवरण आसै नगरेको ठाउँ अर्थात्‌ पहिलो इतिहासको पुस्तकको सुरुमा दिइएको वंशावलीको बीचमा पाइन्छ। आउनुहोस्‌, हामी नयाँ संशोधित संस्करण-बाट १ इतिहास ४:९, १० केलाएर हेरौं।

यी दुई पदमा याबेसबारे जे-जति बताइएको छ, तिनीबारे हामीलाई त्योभन्दा बढी थाह छैन। पद ९ अनुसार “तिनकी आमाले तिनलाई याबेस नाउँ राखेकी थिइन्‌, किनभने तिनले भनिन्‌, ‘मैले त्यसलाई वेदनामा जन्माएँ।’”a उनले किन त्यस्तो नाम छानिन्‌? के उनले यो छोरो जन्माउँदा बढ्‌तै प्रसववेदना खप्नुपरेको थियो? अथवा उनी विधवा थिइन्‌ र छोरोलाई संसारमा स्वागत गर्न आफ्नो श्रीमान्‌ नभएकोले वेदना पोखाएकी हुन्‌ कि? बाइबलले यसबारे केही बताउँदैन। तर एक दिन यस आमाले विशेष गरी आफ्नो यो छोराको कारण गर्व गर्न सक्ने थिइन्‌। याबेसका दाजुभाइहरू असल मानिसहरू थिए होलान्‌ तर “याबेस आफ्ना दाज्यू-भाइहरूभन्दा बढी मानका” भए।

याबेस मनैदेखि प्रार्थना गर्ने गर्थे। तिनले परमेश्‍वरको आशिष्‌ माग्दै आफ्नो प्रार्थना सुरु गरे। त्यसपछि तिनले तीन वटा बिन्ती चढाए जसमा तिनको बलियो विश्‍वास झल्किन्छ।

पहिलो, याबेसले यसो भनेर परमेश्‍वरलाई पुकारा गरे: “[मलाई] ठूलो इलाका दिनुहोस्‌।” (पद १०) यी आदरणीय व्यक्‍ति अरूको जग्गाजमिन हडप्ने र आफ्ना सँगीहरूको सरसम्पत्तिको लोभ गर्ने व्यक्‍ति थिएनन्‌। तिनको निष्कपट बिन्ती जग्गाजमिनसित नभई मानिसहरूसित सम्बन्धित हुन सक्छ। साँचो परमेश्‍वरका अझ धेरै उपासकहरू अटाउन सकून्‌ भनेर तिनले शान्तिपूर्ण ढङ्‌गमा आफ्नो इलाकाको विस्तार गर्न बिन्ती गरेका हुन सक्छन्‌।b

दोस्रो, याबेसले परमेश्‍वरको “हात” आफूमाथि रहोस्‌ भनेर बिन्ती गरे। परमेश्‍वरको प्रतीकात्मक हातले उहाँको पवित्र शक्‍तिलाई बुझाउँछ जुन उहाँले आफ्ना उपासकहरूको मदतको लागि प्रयोग गर्नुहुन्छ। (१ इतिहास २९:१२) आफ्नो मनदेखिको बिन्ती पूरा हुनेछ भनेर तिनले परमेश्‍वरमा भरोसा गरे जसको हात आफूमाथि विश्‍वास गर्नेहरूलाई बचाउन नसक्ने गरी छोटो भएको छैन।—यशैया ५९:१.

तेस्रो, याबेसले यसरी प्रार्थना गरे: “मलाई जोखिमबाट जोगाएर राख्नुहोस्‌, ताकि मलाई कुनै चोटले पनि नदुखोस्‌।” “मलाई कुनै चोटले पनि नदुखोस्‌” भन्‍ने अभिव्यक्‍तिले याबेसले विपत्तिबाट जोगिन नभई शोकमा डुब्न वा खराबीको असरसामु पराजित हुन नपरोस्‌ भनेर प्रार्थना गरेका हुन सक्छन्‌ भनेर देखाउँछ।

याबेसको प्रार्थनामा साँचो उपासकहरूप्रतिको तिनको चिन्ता र प्रार्थना सुन्‍नुहुने परमेश्‍वरप्रतिको तिनको विश्‍वास र भरोसा प्रकट हुन्छ। यहोवाले कस्तो जवाफ दिनुभयो? यो छोटो विवरण यसरी समापन हुन्छ: “अनि परमेश्‍वरले तिनको बिन्ती सुन्‍नुभयो।”

प्रार्थना सुन्‍नुहुने परमेश्‍वर परिवर्तन हुनुभएको छैन। उहाँ आफ्ना भक्‍तहरूको प्रार्थना सुनेर रमाउनुहुन्छ। उहाँमाथि विश्‍वास र भरोसा राख्नेहरू यो कुरामा विश्‍वस्त हुन सक्छन्‌: “परमेश्‍वरको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।”—१ यूहन्‍ना ५:१४. (w10-E  10/01)

[फुटनोटहरू]

a याबेस नाम “वेदना” अर्थ लाग्ने मूल शब्दबाट आएको हो।

b पवित्र धर्मशास्त्रको यहूदी भावार्थ अनुवाद टारगम्सले याबेसका यी शब्दहरूलाई यसरी अनुवाद गरेको छ: “मेरो सन्तान बढाइदिनुहोस्‌ र चेलाहरूसहित मेरो इलाकाको सीमा फैलाइदिनुहोस्‌।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने