प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १०/१ पृ. ३
  • येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • नासरत–अगमवक्‍ताको घर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • येशू ख्रीष्टलाई –परमेश्‍वरले पठाउनु भएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १०/१ पृ. ३

येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ?

“यसरी जब उहाँ यरूशलेमभित्र पस्नुभयो, तब पूरै सहरमा हल्लीखल्ली मच्चियो र मानिसहरूले सोध्न थाले: ‘यिनी को हुन्‌?’ अनि भीडले यसो भन्‍न थाले: ‘यिनी गालीलको नासरतका येशू हुन्‌। प्रतिज्ञा गरिएको भविष्यवक्‍ता यिनी नै हुन्‌।’ ” —मत्ती २१:१०, ११.

येशू ख्रीष्टa इस्वी संवत्‌ ३३ को वसन्त ऋतुमा यरूशलेम आइपुग्नुहुँदा किन यत्तिको हल्लीखल्ली मच्चियो? त्यस सहरका थुप्रैले येशू र उहाँले गर्नुभएका अचम्मका कामहरूबारे सुनेका थिए। तिनीहरू उहाँको बारेमा अरूसँग कुरा गर्थे। (यूहन्‍ना १२:१७-१९) आफ्नो माझमा भएको मानिसले शताब्दियौंसम्म, आज हाम्रो समयसम्मै सारा संसारलाई प्रभाव पार्नेछन्‌ भनेर त्यस भीडले सोचेकै थिएन!

येशूले मानव इतिहासमा अत्यन्तै गहिरो प्रभाव पार्नुभयो। यसका केही उदाहरण विचार गर्नुहोस्‌।

▪ संसारका थुप्रै भागमा प्रायजसो प्रयोग गरिने क्यालेन्डर येशूको जन्म भएको भनी मानिएको सालमा आधारित छ।

▪ संसारको लगभग दुई अरब मानिस अर्थात्‌ विश्‍वको कुल जनसङ्‌ख्याको करिब एकतिहाइ मानिसहरू आफूलाई ख्रीष्टियन भन्छन्‌।

▪ विश्‍वमा एक अरबभन्दा धेरै सदस्य भएको इस्लाम धर्मले येशूलाई “अब्राहाम, नूह र मोशाभन्दा पनि महान्‌ भविष्यवक्‍ता” भनेर सिकाउँछ।

▪ आज मानिसहरूले आफ्नो बोलीचालीमा येशूका प्रख्यात भनाइहरू फरक-फरक तरिकामा प्रयोग गरेको पाउँछौं। तीमध्ये केही यसप्रकार छन्‌:-

‘सहेर सानो, भनेर ठूलो हुँदैन।’—मत्ती ५:३९.

‘अरूको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी नदेख्ने।’—मत्ती ७:३.

‘दुई नाउमा खुट्टा हालेर पार तरिन्‍न।’—मत्ती ६:२४.

‘हीराको मोल कीराले जान्दैन।’—मत्ती ७:६.

‘आफू भलो त जगत्‌ भलो।’—मत्ती ७:१२.

‘अघि सम्झे सदा सुखी, पछि सम्झे सदा दुःखी।‘—लूका १४:२८.

येशूले मानव इतिहासमा प्रभाव पार्नुभयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तैपनि उहाँबारे मानिसहरूको फरक-फरक धारणा छ। त्यसैले तपाईंलाई लाग्ला, ‘येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ?’ येशू कहाँबाट आउनुभयो, उहाँले कसरी जीवन बिताउनुभयो र उहाँले किन आफ्नो जीवन दिनुभयो भनेर बाइबलले मात्र बताएको छ। उहाँबारे यी विषयमा साँचो कुरा थाह पाउनुभयो भने यसले तपाईंको जीवनमा गहिरो प्रभाव पार्न सक्छ— अहिले र भविष्यमा पनि। ( w11 -E 04/01)

[फुटनोट]

a नासरतका यी भविष्यवक्‍ता “येशू” भन्‍ने नामको अर्थ हो, “यहोवा उद्धारक हुनुहुन्छ।” “ख्रीष्ट” शब्द एउटा पदवी हो, जसको अर्थ “अभिषिक्‍त जन” भन्‍ने हुन्छ र यसले येशू एउटा विशेष ओहदाको लागि परमेश्‍वरद्वारा अभिषिक्‍त वा नियुक्‍त व्यक्‍ति हुनुहुन्थ्यो भनी बुझाउँछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने