प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ८/१५ पृ. २६-२८
  • ‘फर्कनुहोस्‌ र आफ्ना भाइहरूलाई बलियो बनाउनुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘फर्कनुहोस्‌ र आफ्ना भाइहरूलाई बलियो बनाउनुहोस्‌’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “यसलाई खुसीको कुरा सम्झ”
  • के तपाईं फर्कन सक्नुहुन्छ?
  • फेरि गोठालोको रूपमा सेवा गर्नेहरूलाई यहोवा आशिष्‌ दिनुहुन्छ
  • एल्डरहरू—‘हाम्रो आनन्दको निम्ति सहकर्मी’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • प्राचीनहरू आफ्नो जिम्मेवारीको संरक्षण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मसीही गोठालाहरूले कसरी तपाईंको सेवा गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • भाइहरू हो—आत्माको लागि रोप्नुहोस्‌ र अघि बढ्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ८/१५ पृ. २६-२८
Jफर्केर आफ्ना भाइहरूलाई बलियो बनाउन पत्रुसलाई आग्रह गर्दै येशू

‘फर्कनुहोस्‌ र आफ्ना भाइहरूलाई बलियो बनाउनुहोस्‌’

येशूलाई चिन्दिनँ भनेकोमा पत्रुस दुःखी भए र धुरुधुरु रोए। हुन त आध्यात्मिक रूपमा फेरि बलियो हुन पत्रुसले मेहनत गर्नुपर्थ्यो। तर तिनले अरूलाई मदत गरेको येशू चाहनुहुन्थ्यो। येशूले तिनलाई भन्‍नुभयो, “फर्कनेबित्तिकै आफ्ना भाइहरूलाई बलियो बनाऊ।” (लूका २२:३२, ५४-६२) प्रथम शताब्दीको ख्रीष्टियन मण्डलीको बलियो खम्बाहरूमध्ये तिनी पनि एक थिए। (गला. २:९) पहिला एल्डरको रूपमा सेवा गरेका भाइ फेरि जिम्मेवारी सम्हाल्न योग्य हुन सक्छन्‌ र भाइबहिनीलाई आध्यात्मिक रूपमा बलियो बनाएर आनन्दित हुन सक्छन्‌।

पहिला एल्डरको रूपमा सेवा गरेका तर अहिले त्यो सुअवसर गुमाएकाहरूलाई आफू केही मोलको छैन जस्तो लाग्न सक्छ। दक्षिण अमेरिकामा २० वर्ष एल्डरको रूपमा सेवा गरेका जुलियोa यसो भन्छन्‌, “भाषणको तयारी गर्नु, भाइबहिनीसित समय बिताउनु र गोठालो भेट गर्नु मेरो जीवनको अभिन्‍न भाग बनिसकेको थियो। तर अचानक यस्ता सुअवसर गुमाउनुपर्दा मेरो जीवनै अपूरो भएजस्तो लाग्यो। त्यो एकदमै गाह्रो समय थियो। म शब्दमा व्यक्‍त गर्नै सक्दिनँ।” जुलियो अहिले फेरि एल्डरको रूपमा सेवा गरिरहेका छन्‌।

“यसलाई खुसीको कुरा सम्झ”

चेला याकूबले यस्तो लेखे, “हे मेरा भाइहरू हो, विभिन्‍न किसिमको परीक्षामा पर्दा तिमीहरू यसलाई खुसीको कुरा सम्झ।” (याकू. १:२) हाम्रो त्रुटिपूर्ण अवस्थाले गर्दा र विरोधले गर्दा हामीमाथि आइपर्ने परीक्षाबारे याकूबले बताउँदै थिए। हामीमा आउन सक्ने स्वार्थी इच्छा र भेदभाव गर्ने झुकावबारे पनि उनले कुरा गरे। (याकू. १:१४; २:१; ४:१, २, ११) यहोवाले हामीलाई अनुशासन दिनुहुँदा दुःख लाग्न सक्छ। (हिब्रू १२:११) तर यस्ता परीक्षाहरूले गर्दा आफ्नो आनन्द गुमाउनु हुँदैन।

हामी एल्डरको जिम्मेवारीबाट हटाइएका हौंला। तैपनि आफ्नो विश्‍वासको गुणस्तर जाँच्ने अनि यहोवालाई प्रेम देखाउने मौका अहिले पनि हामीसित छ। आफूले एल्डरको रूपमा सेवा गर्नुको कारणबारे पनि सोच्न सक्छौं। आफ्नै फाइदाको लागि थियो कि? अथवा यहोवाप्रतिको मायाले अनि मण्डली उहाँको हो र भाइबहिनीलाई मायालु हेरचाह गर्नुपर्छ भनेर बुझेकोले? (प्रेषि. २०:२८-३०) पहिला एल्डरको रूपमा सेवा गरेका भाइले आनन्दित भई पवित्र सेवा चढाउँदा यहोवाप्रतिको उनको प्रेम साँचो हो भनेर सैतान अनि अरू सबैले थाह पाउनेछन्‌।

राजा दाऊदले गम्भीर पाप गरेपछि अनुशासन स्वीकारे र तिनले क्षमा पाए। दाऊदले यसरी गाए, “त्यो धन्यको हो, जसको अपराध क्षमा भएको छ, र जसको पाप ढाकिएको छ। त्यो मानिस धन्यको हो, जसको अधर्मको लेखा परमप्रभुले राख्‌नुहुन्‍न र जसको आत्मामा छल छँदै छैन।” (भज. ३२:१, २) अनुशासन पाएर खारिएकोले दाऊदले यहोवाका जनहरूको अझ राम्ररी हेरचाह गर्न सके।

फेरि एल्डरको रूपमा सेवा गर्न थालेका धेरैजसो भाइहरू पहिलाभन्दा अझ राम्रो गोठालो भएका छन्‌। “गल्ती गर्नेलाई कसरी मदत गर्ने भनेर मैले पहिलेभन्दा अझ राम्ररी बुझेको छु” भनी एक एल्डर बताउँछन्‌। अर्का एल्डर भन्छन्‌, “भाइहरूको सेवा गर्ने सुअवसरको मैले अझ धेरै मोल गर्न सकेको छु।”

के तपाईं फर्कन सक्नुहुन्छ?

“[यहोवाले] सधैं हप्काइरहनुहुन्‍न। नता उहाँले सधैंभरि रिस लिइराख्नुहुन्छ” भनी भजनरचयिताले लेखे। (भज. १०३:९) त्यसैले एकचोटि गम्भीर गल्ती गरिसकेको व्यक्‍तिलाई यहोवा फेरि कहिल्यै भरोसा गर्नुहुन्‍न भनेर सोच्नु हुँदैन। थुप्रै वर्ष एल्डरको रूपमा सेवा गरिसकेपछि त्यो सुअवसर गुमाएका सबिन भन्छन्‌, “आफ्नो गल्तीको कारण म असाध्यै निराश भएको थिएँ। आफू अयोग्य छु भन्‍ने सोचाइले गर्दा फेरि एल्डरको रूपमा सेवा गर्न सक्दिनँ जस्तो लाग्यो। भाइबहिनीको भरोसा जित्न सक्दिनँ जस्तो लागिरहन्थ्यो। तर अरूलाई मदत गर्न मलाई धेरै मनपर्छ। त्यसैले बाइबल अध्ययन सञ्चालन गर्न, राज्यभवनमा भाइबहिनीलाई प्रोत्साहन दिन र प्रचारमा उनीहरूसित काम गर्न सजिलो भयो। यस्तो बानीले गर्दा मेरो आत्मबल बढ्‌यो। अहिले म फेरि एल्डरको रूपमा सेवा गर्दैछु।”

ख्रीष्टियन एल्डरहरूले एक भाइलाई फेरि एल्डरको रूपमा सेवा गर्न प्रोत्साहन दिंदै

आनन्दित हुन र इच्छुक भई फेरि मण्डलीमा सेवा गर्न यहोवाले थुप्रै भाइहरूलाई मदत गर्नुभएको छ।

कुनै भाइले रिस पालेर राख्छन्‌ भने तिनी एल्डरको रूपमा सेवा गर्न योग्य हुँदैनन्‌। डाही शाऊलदेखि भागिरहेका दाऊदलाई विचार गर्नुहोस्‌। मौका पाउँदा पनि उनले शाऊलसित बदला लिएनन्‌। (१ शमू. २४:४-७; २६:८-१२) शाऊल लडाइँमा मरेपछि दाऊदले विलाप गर्दै शाऊल र तिनका छोरा जोनाथनलाई “मनपर्दा र अति प्रिय” भने। (२ शमू. १:२१-२३) दाऊदले मनमा रिस पालेनन्‌।

आफू कुनै गलतफहमीको सिकार भएको छु वा आफूमाथि अन्याय भएको छ जस्तो लागेमा भित्रभित्रै मुरमुरिएर नबस्नुहोस्‌। लगभग तीस वर्ष एल्डरको रूपमा सेवा गरेपछि जिम्मेवारीबाट हटाइएका बेलायतका विलियम केही एल्डरसित रिसाए। सन्तुलित हुन तिनलाई केले मदत गऱ्‍यो? उनी भन्छन्‌, “अय्यूबको किताब पढ्‌दा मैले प्रोत्साहन पाएँ। यहोवाले अय्यूबलाई उनका तीन साथीसित शान्ति कायम गर्न मदत गर्नुभयो भने मलाई एल्डरहरूसित शान्ति कायम गर्न झन्‌ कति मदत गर्नुहोला!”—अय्यू. ४२:७-९.

फेरि गोठालोको रूपमा सेवा गर्नेहरूलाई यहोवा आशिष्‌ दिनुहुन्छ

यदि तपाईं आफैले गोठालोको रूपमा सेवा गर्न छाड्‌नुभएको हो भने, त्यसो गर्नुको कारण विचार गर्नुहोस्‌। कुनै व्यक्‍तिगत समस्याको कारण यसो गर्नुभएको थियो कि? वा अरू नै कुराले तपाईंको जीवनमा प्राथमिकता पाएकोले हो कि? अथवा अरूको गल्तीले गर्दा निरुत्साहित हुनुभएकोले हो कि? कारण जेसुकै होस्‌, एल्डरको रूपमा सेवा गर्दा तपाईंसित अरूलाई मदत गर्ने मौका अझ धेरै थियो। तपाईंको भाषणबाट भाइबहिनीले बल पाउँथे, तपाईंको असल उदाहरणबाट तिनीहरूले हौसला पाउँथे र तपाईंले गोठालो भेट गर्दा तिनीहरूले गाह्रो परिस्थितिको डटेर सामना गर्न सक्थे। एल्डरको रूपमा सेवा गर्दा तपाईं आफै पनि खुसी हुनुहुन्थ्यो भने यहोवालाई पनि खुसी बनाइरहनुभएको थियो।—हितो. २७:११.

Aएक ख्रीष्टियन एल्डर आनन्दित भई पवित्र सेवा चढाउँदै

आनन्दित भई पवित्र सेवा गरिरहेर यहोवाप्रतिको प्रेम देखाउनुहोस्‌

फेरि आनन्दित हुन र इच्छुक भई मण्डलीमा नेतृत्व लिन यहोवाले थुप्रै भाइहरूलाई मदत गर्नुभएको छ। एल्डरको रूपमा सेवा गर्ने सुअवसर तपाईंले गुमाउनुभएको होस्‌ वा त्याग्नुभएको तपाईं ‘निरीक्षक बन्‍न फेरि अघि बढ्‌न’ सक्नुहुन्छ। (१ तिमो. ३:१) कलस्सीका भाइबहिनी परमेश्‍वरको इच्छाबारे सही ज्ञानले भरिपूर्ण होओस्‌ अनि तिनीहरूले “यहोवाको सेवक कहलाइन योग्य जीवन बिताएर . . . उहाँलाई पूरै प्रसन्‍न बनाउन सकोस्‌” भनेर पावलले ‘प्रार्थना गर्न छाडेनन्‌’। (कल. १:९, १०) फेरि एल्डरको रूपमा सेवा गर्ने सुअवसर पाउनुभयो भने धीरजी, आनन्दित र बलियो हुन यहोवामा भर पर्नुहोस्‌। अन्तको दिनमा परमेश्‍वरका जनहरूलाई मायालु गोठालाहरूको सहारा चाहिन्छ। के तपाईं तिनीहरूलाई बलियो पार्न इच्छुक हुनुहुन्छ?

a केही नामहरू परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने