विषयसूची
सेप्टेम्बर १५, २०१४
© 2014 Watch Tower Bible and Tract Society of Pennsylvania
अध्ययन संस्करण
अक्टोबर २७, २०१४–नोभेम्बर २, २०१४
आफूसित सत्य छ भनेर तपाईं किन पक्का हुनुहुन्छ?
नोभेम्बर ३-९, २०१४
“धेरै सङ्कष्ट” सहँदै परमेश्वरको सेवा गरिरहनुहोस्
नोभेम्बर १०-१६, २०१४
आमाबुबा हो, छोराछोरीलाई गोठालोले जस्तै हेरचाह गर्नुहोस्
नोभेम्बर १७-२३, २०१४
मृत्यु—सबैभन्दा अन्तमा नामेट पारिने शत्रु
नोभेम्बर २४-३०, २०१४
अध्ययन लेखहरू
▪ आफूसित सत्य छ भनेर तपाईं किन पक्का हुनुहुन्छ?
थुप्रै मानिसले यहोवाका साक्षीहरूसित सत्य छ भनेर किन भन्न सकेका छन्, यस लेखमा छलफल गरिएको छ। आफूसित सत्य छ भनेर यहोवाका साक्षीहरू किन पक्का छन्, त्यसबारे पनि यस लेखमा छलफल गरिएको छ।
▪ “धेरै सङ्कष्ट” सहँदै परमेश्वरको सेवा गरिरहनुहोस्
सैतानको संसारमा बसिरहेकोले हामी सबैले सङ्कष्ट सहनुपर्छ। सैतानले कहिलेकाहीं हाम्रो विश्वासमाथि प्रत्यक्ष आक्रमण गर्छ भने कहिलेकाहीं अप्रत्यक्ष आक्रमण गर्छ। यस लेखले हामीलाई सैतानले आक्रमण गर्ने तरिका थाह पाउन र त्यसको लागि तयार रहन मदत गर्छ।
▪ आमाबुबा हो, छोराछोरीलाई गोठालोले जस्तै हेरचाह गर्नुहोस्
आमाबुबाले आफ्ना छोराछोरीलाई “यहोवाको डोऱ्याइबमोजिम अनुशासन अनि चेतावनी दिएर” हुर्काउनुपर्छ। (एफि. ६:४) छोराछोरीलाई गोठालोले जस्तै हेरचाह गर्न आमाबुबाले गर्न सक्ने तीनवटा कुराबारे यस लेखमा छलफल गरिएको छ।
▪ मृत्यु—सबैभन्दा अन्तमा नामेट पारिने शत्रु
मानिसहरू किन मर्छन्? “सबैभन्दा अन्तमा नामेट पारिने शत्रु मृत्यु”-लाई कसरी हटाइनेछ? (१ कोरि. १५:२६) यी प्रश्नहरूको जवाफले यहोवाको न्याय, बुद्धि र खासगरि उहाँको प्रेमलाई कसरी जोड दिन्छ, बुझ्नुहोस्।
▪ पूर्ण-समय सेवकहरूलाई सम्झनुहोस्
पहिले-पहिलेका र अहिलेका परमेश्वरका थुप्रै सेवकले विभिन्न चुनौतीको बाबजुद पूर्ण-समय सेवा गरेका छन्। तिनीहरूले ‘विश्वासको कारण गरेका कामहरू र प्रेमपूर्वक गरेको परिश्रम’ सम्झन हामी के गर्न सक्छौं, त्यसबारे यस लेखमा छलफल गरिएको छ।—१ थिस्स. १:३.
आवरण: दुई जना भाइहरू श्रीलंकाको पश्चिमी तटमा पर्ने नेगोम्बोमा माझीलाई बाइबल सन्देश सुनाउँदै
श्रीलंका
जनसङ्ख्या
२,०८,६०,०००
प्रकाशक
५,६००
नियमित अग्रगामी
६४१