विषयसूची
जनवरी १५, २०१५
© 2015 Watch Tower Bible and Tract Society of Pennsylvania
अध्ययन संस्करण
मार्च २-८, २०१५
यहोवालाई धन्यवाद चढाउनुहोस् र आशिष् पाउनुहोस्
मार्च ९-१५, २०१५
हामी किन प्रभुको साँझको भोज मनाउँछौं?
मार्च १६-२२, २०१५
वैवाहिक सम्बन्ध बलियो र आनन्दित बनाउनुहोस्
मार्च २३-२९, २०१५
यहोवा तपाईंको वैवाहिक सम्बन्ध बलियो बनाउनुहुन्छ र जोगाउनुहुन्छ
मार्च ३०, २०१५–अप्रिल ५, २०१५
अध्ययन लेखहरू
▪ यहोवालाई धन्यवाद चढाउनुहोस् र आशिष् पाउनुहोस्
यहोवाबाट पाएका आशिष्हरूबारे मनन गर्दा र उहाँलाई धन्यवाद चढाउँदा हामी मनैदेखि कृतज्ञ भइरहन सक्छौं। मनैदेखि धन्यवादी भइरह्यौं भने कृतघ्न नहुन र गाह्रो परिस्थिति सामना गर्न मदत पाउँछौं। सन् २०१५ को वार्षिक पदले हामीलाई वर्षभरि धन्यवादी हुन मदत गर्नेछ।
▪ हामी किन प्रभुको साँझको भोज मनाउँछौं?
यस लेखले हामीलाई येशूको मृत्युको सम्झना गर्नुको महत्त्वबारे बताउँछ। स्मरणार्थमा प्रयोग गरिने रोटी र दाखमद्यले केलाई सङ्केत गर्छ अनि ती प्रतीकहरू खान आफू योग्य छु कि छैन भनेर कुनै ख्रीष्टियन कसरी पक्का हुन सक्छन्, यी कुराहरू यस लेखमा छलफल गरिएका छन्। साथै, हामी हरेकले कसरी स्मरणार्थको तयारी गर्न सक्छौं भन्ने कुरा पनि यस लेखमा बताइएको छ।
▪ वैवाहिक सम्बन्ध बलियो र आनन्दित बनाउनुहोस्
▪ यहोवा तपाईंको वैवाहिक सम्बन्ध बलियो बनाउनुहुन्छ र जोगाउनुहुन्छ
दम्पतीहरूले दबाब र प्रलोभनको सामना गर्नुपरेको छ। तैपनि यहोवाको मदतले गर्दा वैवाहिक सम्बन्ध आनन्दित र बलियो हुन सक्छ। वैवाहिक सम्बन्धलाई दिगो र बलियो बनाउन मदत गर्ने पाँचवटा इँटा के-के हुन् र ती इँटाहरूलाई एकसाथ जोड्ने सिमेन्ट के हो, पहिलो लेखमा बताइएको छ। वैवाहिक सम्बन्ध जोगाउन श्रीमान्-श्रीमतीले संसारको नैतिक पतनविरुद्ध कसरी लड्न सक्छन्, दोस्रो लेखमा छलफल गरिएको छ।
▪ अटल प्रेम—के यो सम्भव छ?
पुरुष र स्त्रीबीच हुने साँचो प्रेममा के-कस्ता कुराहरू समावेश छन्? अटल प्रेम सम्भव छ? यस्तो प्रेम कसरी व्यक्त गरिन्छ? अटल प्रेमबारे श्रेष्ठगीतको किताबबाट के सिक्न सकिन्छ, बुझ्नुहोस्।
साथै यस अङ्कमा
आवरण: सुन्दर ग्रिन्डेलवाल्डमा बाइबल देखाएरै साक्षी दिइरहेका एक भाइ। तस्विरमा पछाडिपट्टि पर्वतमाला (बर्निज एल्प्स) छ।
स्वीट्जरल्याण्ड
जनसङ्ख्या
७८,७६,०००
प्रकाशक
१८,६४६
स्मरणार्थ उपस्थिति (२०१३)
३१,९८०