प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 १०/१५ पृ. ३
  • “त्यस्ता मानिसहरूलाई आदरणीय ठान”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “त्यस्ता मानिसहरूलाई आदरणीय ठान”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका साक्षीहरूको परिचालक निकाय भनेको के हो?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • सञ्चालक-समिति सँग आज सहयोग गर्न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • घोषणा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • अहिले परिचालक निकायले कसरी काम गर्छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 १०/१५ पृ. ३
परिचालक निकायको एउटा समितिको सभा भइरहेको छायाचित्र

“त्यस्ता मानिसहरूलाई आदरणीय ठान”

सन्‌ १९९२ देखि परिचालक निकायका विभिन्‍न समितिलाई सघाउन अनुभवी ख्रीष्टियन एल्डरहरू नियुक्‍त गरियो।a “अरू भेडा”-बाट छानिएका यी सहयोगीहरूले परिचालक निकायलाई धेरै मदत पुऱ्‍याउँछन्‌। (यूह. १०:१६) हरेक हप्ता परिचालक निकायको विभिन्‍न समितिको छुट्टाछुट्टै सभा हुने गर्छ र ती सहयोगीहरू पनि आफूलाई खटाइएको समितिको सभामा जान्छन्‌। तिनीहरूले सभामा छलफल हुने विषयबारे आफूले अनुसन्धान गरेर थाह पाएको जानकारी वा सुझावहरू दिन्छन्‌ तर निर्णय भने परिचालक निकायका सदस्यहरूले नै गर्छन्‌। समितिले गरेको निर्णयअनुसार कामकुरा भएको छ कि छैन भनेर ती सहयोगीहरूले पक्का गर्छन्‌ र आफूले पाएको जुनसुकै जिम्मेवारी पूरा गर्छन्‌। परिचालक निकायका सदस्यहरूसितै तिनीहरू विशेष र अन्तरराष्ट्रिय अधिवेशनहरूमा जान्छन्‌। तिनीहरू मुख्यालय प्रतिनिधिको रूपमा शाखा कार्यालयहरूको भ्रमण पनि गर्छन्‌।

यो प्रबन्ध सुरु भए देखि नै परिचालक निकायको सहयोगीको रूपमा काम गर्दै आएका एक भाइ यसो भन्छन्‌: “मैले आफूले पाएको जिम्मेवारी राम्ररी पूरा गर्दा परिचालक निकायका भाइहरूले आध्यात्मिक मामिलाहरूमा ध्यान दिन सक्नुहुन्छ।” बीस वर्षदेखि सहयोगीको रूपमा काम गर्दै आएका अर्का भाइ यसो भन्छन्‌: “मैले अरू कुरासित तुलना गर्नै नसकिने सुअवसर पाएको छु।”

परिचालक निकायले ती वफादार र जेहनदार भाइहरूलाई भरोसा गर्छ अनि तिनीहरूले गरिरहेको सेवाको कदर गर्छ। त्यसकारण हामीले पनि “त्यस्ता मानिसहरूलाई आदरणीय” ठानौं।—फिलि. २:२९.

a परिचालक निकायको छ वटा समितिले गर्ने कामहरूबारे बुझ्न परमेश्‍वरको राज्यले शासन गर्दै छ! किताबको पृष्ठ १३१ हेर्नुहोस्‌।

परिचालक निकायको विभिन्‍न समितिका सहयोगीहरू

संयोजन समिति

  • जोन एकरन

  • रोबर्ट वालेन

सदस्य समिति

  • जेरल्ड ग्रिजल

  • पाट्रिक लाफ्रांक

  • ड्यानियल मोल्चन

  • राल्फ वाल्स

प्रकाशन समिति

  • डन एडम्स

  • रोबर्ट बट्‌लर

  • हारोल्ड कोर्करन

  • डनल्ड गोर्डन

  • रोबर्ट लुसिओनी

  • एलिक्स रिनमुलर

  • डेभिड सिनक्ल्येर

सेवा समिति

  • ग्यारी ब्रो

  • जोयल डेलिङ्‌गर

  • सेथ हायात

  • क्रिस्टोफर मेभर

  • बाल्तासार पर्ला, जुनियर

  • विलियम टर्नर, जुनियर

  • रोबर्ट वालेन

  • लियन विभर, जुनियर

शिक्षण समिति

  • रनल्ड कर्जन

  • केनिथ फ्लोडिन

  • विलियम मालनफन्ट

  • मार्क न्युमार

  • डेभिड साफ्यर

लेखन समिति

  • रोबर्ट सिरान्को

  • जेम्स मान्ट्‌स

  • इजाक मरा

  • गेन स्माले

  • जोन विसचक

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने