प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 मे पृ. १८-२२
  • के बाइबलले तपाईंको जीवन अझै परिवर्तन गर्दै छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के बाइबलले तपाईंको जीवन अझै परिवर्तन गर्दै छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • व्यावहारिक आशा राख्नुहोस्‌
  • किन यत्ति गाह्रो?
  • परमेश्‍वरको वचनले तपाईंलाई निरन्तर परिवर्तन गरोस्‌
  • हामीसामु राखिएको ठूलो आशा
  • “आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • “परमेश्‍वरको वचन जीवित्‌ र प्रबल छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • परमेश्‍वरको ज्ञानविरुद्ध उठ्‌ने हरेक तर्कवितर्कलाई उखेल्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • ‘पुरानो व्यक्‍तित्वलाई फुकालेर मिल्काउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 मे पृ. १८-२२
जुवा खेल्ने बेला झगडा गर्दै गरेका व्यक्‍ति पछि बप्तिस्मा गर्दै अनि मण्डलीमा अर्को भाइसित ठूलो सोरले कराउँदै

के बाइबलले तपाईंको जीवन अझै परिवर्तन गर्दै छ?

“तिमीहरूको सोचाइमा . . . परिवर्तन आओस्‌।”—रोमी १२:२.

गीत: ६१, ५२

हामीले के सिक्यौं?

  • बप्तिस्मापछि पनि नयाँ व्यक्‍तित्व विकास गरिरहनुपर्ने कारण के हो?

  • आफ्नो कमजोरीहरू हटाउन हामी आफैले प्रयास गरेको परमेश्‍वर किन चाहनुहुन्छ?

  • परमेश्‍वरको वचनद्वारा आफ्नो जीवनलाई परिवर्तन हुन दिइरहने हो भने हामीले के गर्नुपर्छ?

१-३. (क) बप्तिस्मा गरिसकेपछि कस्ता कमीकमजोरी हटाउन हामीलाई गाह्रो हुन सक्छ? (ख) आवश्‍यक छाँटकाँट गर्न सोचेभन्दा गाह्रो भइरहेको छ भने हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

लामो समयसम्म रितेश[१] जुवातास खेल्ने, चुरोट खाने, बेसरी रक्सी पिउने अनि लागू पदार्थ सेवन गर्ने दुर्व्यसनमा परेका थिए। बाइबलको सत्य कुरा सिकेपछि यहोवासित घनिष्ठ सम्बन्ध गाँस्नु नै तिनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भयो। तर परमेश्‍वरको अनुमोदन पाउन तिनले ती सबै खराब बानी छोड्‌नुपर्थ्यो। नभन्दै तिनले त्यसै गरे। यहोवामा अनि उहाँको वचनको परिवर्तन गर्ने शक्‍तिमा भर परेर तिनले ती सबै बानीहरू छोड्‌न सके।—हिब्रू ४:१२.

२ बप्तिस्मापछि रितेशले परिवर्तन गर्न छोडे कि? अहँ, छोडेनन्‌। किनभने तिनले अझै पनि ख्रीष्टियन गुणहरू विकास गर्न बाँकी नै थियो र आफूलाई सुधार्नुपर्थ्यो। (एफि. ४:३१, ३२) जस्तै: छिटै रिसाउने बानी हटाउन तिनलाई एकदमै गाह्रो भएको थियो। तिनी भन्छन्‌, “अरू नराम्रो बानी हटाउनभन्दा रिसाउने बानी हटाउन मलाई निकै गाह्रो भयो।” तर व्यग्र प्रार्थना गरेर अनि गहिरो बाइबल अध्ययन गरेर तिनले परिवर्तन गर्न सके।

३ रितेशले जस्तै हामीले पनि बाइबलअनुसार जीवन बिताउन बप्तिस्मा गर्नुअघि ठूलठूला परिवर्तनहरू गरेका थियौं। तर बप्तिस्मापछि पनि परमेश्‍वर र ख्रीष्टको अझ राम्ररी अनुकरण गर्न केही न केही परिवर्तन गरिरहनुपर्छ भनेर हामीले बुझेका छौं। (एफि. ५:१, २; १ पत्रु. २:२१) जस्तै: हामीले आफूमा अरूको आलोचना गर्ने, मानिसप्रतिको डर, कुरा काट्‌ने झुकाव वा अन्य कमजोरीहरू भएको याद गरेका छौं होला। यस्ता बानीहरू हटाउन सोचेभन्दा गाह्रो भइरहेको छ कि? यदि छ भने तपाईंलाई लाग्ला, ‘मैले जीवनमा यत्ति ठूलठूलो परिवर्तन गरिसकें तर सानातिना परिवर्तन गर्नचाहिं किन यत्ति गाह्रो? बाइबलद्वारा मेरो जीवन परिवर्तन गर्न के-कस्ता छाँटकाँट गर्नुपर्छ?’

व्यावहारिक आशा राख्नुहोस्‌

४. यहोवालाई खुसी बनाउने काम गर्न किन सधैं सजिलो हुँदैन?

४ यहोवालाई चिन्‍ने अनि प्रेम गर्नेहरू उहाँलाई खुसी बनाउन आफूले सकेजति गर्न चाहन्छन्‌। त्यस्तो चाहना हुँदाहुँदै पनि हाम्रो त्रुटिपूर्ण अवस्थाले गर्दा परमेश्‍वरलाई खुसी बनाउने काम गर्न सधैं सजिलो हुँदैन। हामी प्रेषित पावलको जस्तै अवस्थामा पर्न सक्छौं। तिनले यसो भने “ममा असल गर्ने चाहना त छ तर गर्ने क्षमता भने छैन।”—रोमी ७:१८; याकू. ३:२.

५. बप्तिस्मा गर्नुअघि हामीले कस्तो कदम चाल्यौं? बप्तिस्मापछि पनि हामीले कस्ता कमीकमजोरीको सामना गर्नुपर्ने हुन्छ?

५ हामीले ख्रीष्टियन मण्डलीको सदस्य बन्‍न यहोवाले घृणा गर्ने थुप्रै आनीबानी त्याग्यौं। (१ कोरि. ६:९, १०) तर अझै पनि हामी त्रुटिपूर्ण अवस्थामै छौं। (कल. ३:९, १०) त्यसैले बप्तिस्मा गरिसकेकोले वा साक्षी भएको धेरै वर्ष भइसकेकोले हामीबाट गल्ती नै हुँदैन, नराम्रो बानी फिटिक्कै दोहोरिंदैन अथवा गलत मनसाय अनि झुकावको सिकार हुनै पर्दैन भनेर आशा गर्नु मिल्दैन। वास्तवमा भन्‍ने हो भने, कुनै-कुनै कमीकमजोरी हटाउन वर्षौं लाग्न सक्छ।

६, ७. (क) त्रुटिपूर्ण भए तापनि यहोवासित मित्रता गाँस्न सक्नुको कारण के हो? (ख) यहोवासित क्षमा माग्न हामी किन हिचकिचाउनु पर्दैन?

६ जन्मजातै पाएको त्रुटिपूर्ण अवस्थाको बाबजुद हामी यहोवासित मित्रता गाँस्न अनि उहाँको सेवा गर्न सक्छौं। यो कुरा विचार गर्नुहोस्‌: उहाँसित सम्बन्ध गाँस्ने मौका दिंदा हामीबाट गल्ती हुन सक्छ भन्‍ने कुरा उहाँलाई थाह थियो। (यूह. ६:४४) हाम्रो झुकाव अनि मनको कुरा थाह भएकोले विशेषगरि कस्तो खालको कमीकमजोरीले हामीलाई गाह्रो बनाउनेछ भनेर उहाँलाई पहिल्यै थाह थियो। अनि बेला-बेला हामीबाट गल्ती भई नै रहनेछ भनेर पनि उहाँलाई थाह थियो। तैपनि उहाँले हामीलाई आफ्नो साथी बन्‍ने मौका दिनुभयो।

७ हामीलाई निकै माया गर्ने भएकोले परमेश्‍वरले हामीलाई एउटा अनमोल उपहार दिनुभएको छ। त्यो हो: उहाँको एक मात्र प्यारो छोराको फिरौतीको बलिदान। (यूह. ३:१६) हामीबाट कुनै गल्ती हुँदा पश्‍चात्ताप गरेर यहोवासित क्षमा माग्यौं भने उहाँले यस अनमोल बलिदानको आधारमा क्षमा दिनुहुन्छ र यहोवासितको मित्रता कायम रहन्छ भनेर ढुक्क हुन सक्छौं। (रोमी ७:२४, २५; १ यूह. २:१, २) आफूलाई अशुद्ध महसुस गरेर वा पापी ठानेर हामी फिरौतीको प्रबन्धबाट फाइदा उठाउन हिचकिचाउनु पर्छ र? पक्कै पनि पर्दैन। त्यो त हात फोहोर भएपछि पानीले धुन अप्ठेरो मानेको जस्तै हुन्छ। आखिर, फिरौतीको प्रबन्ध त पश्‍चात्तापीहरूको लागि नै हो। त्यसैले हाम्रो अवस्था त्रुटिपूर्ण भए तापनि फिरौतीको प्रबन्धले गर्दा नै हामीले यहोवासितको मित्रताको आनन्द उठाउन सकेका छौं—कस्तो अनमोल प्रबन्ध!—१ तिमोथी १:१५ पढ्‌नुहोस्‌।

८. हामीले आफ्नो कमीकमजोरीलाई किन बेवास्ता गर्नु हुँदैन?

८ हामी आफूमा भएको कमीकमजोरी बेवास्ता गर्दैनौं। यहोवासित मित्रता गाँस्ने हो भने हामीले अझ राम्ररी उहाँको र ख्रीष्टको अनुकरण गर्नुपर्छ अनि उहाँहरूले चाहेजस्तै जीवन बिताउनुपर्छ। (भज. १५:१-५) साथै हाम्रो त्रुटिपूर्ण झुकावलाई वशमा राख्ने प्रयास पनि गर्नुपर्छ; अनि त्यस्ता झुकावहरू हटाउन हर कोसिस गर्नुपर्छ। भर्खरै बप्तिस्मा गरेको होस्‌ या बप्तिस्मा गरेको लामो समय बितिसकेको नै किन नहोस्‌, हामीले ‘छाँटकाँट गरिरहनुपर्छ।’—२ कोरि. १३:११.

९. हामीले निरन्तर नयाँ व्यक्‍तित्व धारण गर्नुपर्छ भनेर किन भन्‍न सक्छौं?

९ ‘छाँटकाँट गरिरहन’ अनि “नयाँ व्यक्‍तित्व धारण” गर्न निरन्तर प्रयास गरिरहनुपर्छ। पावलले त्यतिबेलाका ख्रीष्टियनहरूलाई यसरी सम्झाए: “तिमीहरूले आफ्नो पुरानो व्यक्‍तित्वलाई फुकाल्नुपर्छ, जुन तिमीहरूको पहिलेको आचरणसित मेल खान्छ अनि त्यसको भ्रामक इच्छाले गर्दा भ्रष्ट भइरहेको छ; अनि तिमीहरूको दिमागलाई नयाँ मनोभावद्वारा उत्प्रेरित गर्नुपर्छ र नयाँ व्यक्‍तित्व धारण गर्नुपर्छ, जुन परमेश्‍वरको असल तथा सही स्तर अनि वफादारीको मागबमोजिम उहाँको इच्छाअनुसार सृष्टि भएको थियो।” (एफि. ४:२२-२४) यहाँ चलाइएको “नयाँ व्यक्‍तित्व धारण गर्नुपर्छ” भन्‍ने शब्दले मूल भाषामा ‘नयाँ व्यक्‍तित्व धारण गरिरहनुपर्छ’ भन्‍ने अर्थ दिन्छ। त्यसैले नयाँ व्यक्‍तित्व धारण गर्न निरन्तर प्रयास गरिरहनुपर्छ भन्‍ने कुरा हामी बुझ्न सक्छौं। यो कुरा हाम्रो लागि प्रोत्साहनदायी छ, किनकि यहोवाको सेवा गरेको जतिसुकै लामो समय बितिसकेको भए तापनि हामीले नयाँ व्यक्‍तित्व धारण गर्नको लागि ख्रीष्टियन गुणहरू विकास गरिरहन सक्छौं र सुधार गरिरहन सक्छौं भनेर यसले ढुक्क बनाउँछ। हो, बाइबलले हाम्रो जीवन परिवर्तन गरिरहन मदत गर्न सक्छ।

किन यत्ति गाह्रो?

१०. परमेश्‍वरको वचनले निरन्तर परिवर्तन गरिरहोस्‌ भन्‍ने चाहन्छौं भने हामीले के गर्नुपर्छ अनि आफैलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छौं?

१० परमेश्‍वरको वचनले हामीलाई निरन्तर परिवर्तन गरिरहोस्‌ भन्‍ने चाहन्छौं भने हामीले आफ्नो तर्फबाट पनि भरमग्दुर प्रयास गर्नै पर्छ। तर हामीले किन यतिबिघ्न प्रयास गर्नुपर्ने? यदि यहोवा आफैले नै मदत गर्नुभयो भने हामीले आध्यात्मिक प्रगति गर्न प्रयास गर्नुपर्थ्यो र? असल गुणहरू देखाउन सजिलो होस्‌ भनेर यदि उहाँ आफैले हाम्रो गलत झुकावहरू हटाइदिनु भएको भए हामीले प्रयास गर्नुपर्थ्यो र?

११-१३. आफ्नो कमजोरीहरू हटाउन हामी आफैले प्रयास गरेको परमेश्‍वर किन चाहनुहुन्छ?

११ ब्रह्‍माण्डलाई विचार गर्ने हो भने यहोवासित अथाह शक्‍ति छ भनेर हामी बुझ्न सक्छौं। उदाहरणको लागि, सूर्यले हरेक सेकेन्ड ५० लाख टन उर्जा उत्पादन गर्न सक्छ। तर पृथ्वीमा थोरै मात्र ताप र प्रकाश आए तापनि हाम्रो जीवन धान्‍न त्यो पर्याप्त हुन्छ। (भज. ७४:१६; यशै. ४०:२६) आफ्ना सेवकलाई चाहिएको बेला आवश्‍यक बल दिन पाउँदा उहाँलाई खुसी लाग्छ। (यशै. ४०:२९) त्यसकारण यहोवाले चाहनुभएको भए हामीले कुनै प्रयासै नगरे पनि आफ्नो कमजोरी विरुद्ध लड्‌न वा गल्ती गर्नुअघि नै गलत झुकाव हटाउन मदत गर्न सक्नुहुन्थ्यो। तर उहाँ किन त्यसो गर्नुहुन्‍न?

१२ यहोवाले हामीलाई एउटा अनमोल उपहार दिनुभएको छ, त्यो हो: स्वतन्त्र इच्छा। परमेश्‍वरको इच्छा गर्ने छनौट गर्दा अनि त्यसो गर्न कडा मेहनत गर्दा यहोवाप्रतिको हाम्रो गहिरो प्रेम र उहाँलाई खुसी बनाउने हाम्रो तीव्र इच्छा प्रकट हुन्छ। साथै उहाँको शासन गर्ने अधिकारलाई समर्थन गरेको पनि देखिन्छ। सैतानले यहोवाको शासन गर्ने अधिकारमाथि प्रश्‍न खडा गरेको छ। त्यसैले मनैदेखि इच्छुक भएर अनि भरमग्दुर कोसिस गरेर यहोवाको शासन गर्ने अधिकारलाई समर्थन गर्दा हाम्रो दयालु बुबाले पक्कै पनि त्यसको कदर गर्नुहुन्छ। (अय्यू. २:३-५; हितो. २७:११) हो, यहोवालाई खुसी बनाउनको लागि आफ्नो गलत झुकावलाई नियन्त्रण गर्न सधैं सजिलो हुँदैन। तर सोच्नुहोस्‌ त, यस्तोबेला यहोवा आफैले हामीलाई मदत गर्नुभयो भने हामीले कसरी वफादार रहेको अनि उहाँको शासन गर्ने अधिकारलाई समर्थन गरेको देखाउन सक्छौं र?

१३ त्यसैले, असल गुणहरू विकास गर्न यहोवाले हामीलाई “भरमग्दुर प्रयत्न” गर्नू भन्‍नुभएको छ। (२ पत्रुस १:५-७ पढ्‌नुहोस्‌; कल. ३:१२) हाम्रो सोचाइ अनि भावनालाई वशमा राख्न हामीले कडा मेहनत गरेको उहाँ आशा गर्नुहुन्छ। (रोमी ८:५; १२:९) यस सन्दर्भमा हामीले मनैदेखि प्रयास गर्दा बाइबलले हाम्रो जीवन अझै परिवर्तन गरिरहेको छ भनेर महसुस गर्न सक्छौं र पहिलाभन्दा अझै सन्तुष्ट हुन सक्नेछौं।

परमेश्‍वरको वचनले तपाईंलाई निरन्तर परिवर्तन गरोस्‌

१४, १५. यहोवालाई मन पर्ने गुणहरू विकास गर्न हामी के गर्न सक्छौं? (“बाइबल अनि प्रार्थनाले तिनीहरूको जीवन परिवर्तन गऱ्‍यो” भन्‍ने पेटी हेर्नुहोस्‌)

१४ परमेश्‍वरलाई मन पर्ने असल गुणहरू विकास गर्न र उहाँलाई खुसी बनाउन हामीले के गर्नुपर्छ? ‘अब म यस्तो-यस्तो क्षेत्रमा उन्‍नति गर्छु’ भनेर सोचेर मात्र पुग्दैन। हामीले रोमी १२:२ मा बताएजस्तै भरमग्दुर कोसिस गरिरहनै पर्छ अनि परमेश्‍वरले दिनुभएको निर्देशनअनुसार चल्नै पर्छ, जहाँ यस्तो लेखिएको छ: “तिमीहरू यस युगको चालढालअनुसार चल्न छोड, बरु तिमीहरूको सोचाइमा यस्तो परिवर्तन आओस्‌ कि तिमीहरूको कायापलट होस्‌, ताकि तिमीहरूले परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक।” आफ्नो वचन बाइबल अनि पवित्र शक्‍तिद्वारा यहोवाले हामीलाई उहाँको इच्छा बुझ्न, त्यसैअनुसार गर्न अनि उहाँको स्तरअनुसार आवश्‍यक छाँटकाँट गर्न मदत गर्नुहुन्छ। त्यसैले दिनहुँ बाइबल पढ्‌न, बाइबल पदहरूमा मनन गर्न अनि पवित्र शक्‍तिको लागि प्रार्थना गर्न हामीले प्रयास गर्नुपर्छ। (लूका ११:१३; गला. ५:२२, २३) हामी जति-जति परमेश्‍वरको पवित्र शक्‍तिद्वारा डोरिन्छौं अनि परमेश्‍वरको वचनमा पाइने उहाँको विचारअनुसार चल्छौं, त्यति नै धेरै हाम्रो विचार अनि कामकुरा परमेश्‍वरको सोचाइअनुरूप हुनेछ। तैपनि हामी आफूमा भएको कुनै कमजोरीको पासोमा नपर्न सधैं सचेत रहनुपर्छ।—हितो. ४:२३

आफूले जम्मा गरेको मदतकारी बाइबल पदहरू अनि लेखहरू हेर्दै गरेका यहोवाका साक्षी

कसै-कसैले आफ्नो कमजोरी विरुद्ध लड्‌न त्यससित सम्बन्धित बाइबल पदहरू अनि लेखहरू जम्मा गरेर बेला-बेला पढ्‌नु मदतकारी पाएका छन्‌ (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५ यहोवाका मनमोहक गुणहरू अनुकरण गर्ने हो भने हामीले दिनहुँ बाइबल पढ्‌नुको अलावा अरू विभिन्‍न प्रकाशनहरूको मदत लिंदै परमेश्‍वरको वचनको गहिरो अध्ययन पनि गर्नुपर्छ। कसै-कसैले ख्रीष्टियन गुणहरू विकास गर्न अनि आफ्नो कुनै खास कमजोरी विरुद्ध लड्‌न राम्रो तरिका अपनाएका छन्‌। तिनीहरूले यो क्षेत्रमा उन्‍नति गर्न मदत गर्ने खास-खास बाइबल पदहरू अनि प्रहरीधरहरा वा ब्यूँझनुहोस्‌! का लेखहरू जम्मा गरेर बेला-बेला पढ्‌ने गरेका छन्‌।

१६. आध्यात्मिक प्रगति गर्न ढिलो भइरहेको छ भने किन हरेस खानु हुँदैन?

१६ आध्यात्मिक प्रगति गर्न ढिलो भइरहेको छ जस्तो लाग्यो भने उन्‍नति गर्न समय लाग्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। आध्यात्मिक गुणहरू विकास गर्न निरन्तर प्रयास गरिरहनुपर्छ। बाइबलले हाम्रो जीवनमा सकारात्मक परिवर्तन गरोस्‌ भन्‍ने चाहन्छौं भने हामी धीरजी हुनै पर्छ। सुरु-सुरुमा बाइबलको स्तरअनुसार जीवन बिताउनु फलामको चिउरा चपाउनुजस्तै हुन सक्छ। तर समय बित्दै जाँदा आफ्नो विचार र काम गर्ने तरिकालाई यहोवा परमेश्‍वरको जस्तो बनायौं भने परमेश्‍वरलाई मन पर्ने तरिकामा सोच्न र जीवन बिताउन अझै सजिलो हुनेछ।—भज. ३७:३१; हितो. २३:१२; गला. ५:१६, १७.

हामीसामु राखिएको ठूलो आशा

१७. यहोवाप्रति वफादार छौं भने भविष्यमा हामीले कस्तो मौका पाउनेछौं?

१७ भविष्यमा यहोवाका वफादार उपासकहरूले त्रुटिरहित अवस्थामा सधैंभरि उहाँको सेवा गर्ने अवसर पाउनेछन्‌। त्यतिबेला यहोवालाई मन पर्ने असल गुण देखाउन गाह्रो हुनेछैन; हामी ती गुणहरू सजिलै देखाउन सक्नेछौं। त्यतिन्जेल मायालु परमेश्‍वरको उपासना गर्न सम्भव तुल्याउने फिरौतीको बलिदानप्रति धन्यवादी होऔं। तर परमेश्‍वरको वचनको परिवर्तन गर्ने शक्‍तिमा भर पऱ्‍यौं भने हामीले अहिल्यै पनि त्रुटिपूर्ण अवस्थाको बाबजुद यहोवालाई खुसी तुल्याउन सक्छौं।

१८, १९. हाम्रो जीवनलाई निरन्तर परिवर्तन गर्न सक्ने शक्‍ति बाइबलमा छ भनेर हामी कसरी पक्का हुन सक्छौं?

१८ सुरुमा उल्लेख गरिएका रितेशले आफ्नो रिस नियन्त्रण गर्न अथक प्रयास गरे। तिनले बाइबलका सिद्धान्तहरू मनन गरे र लागू गरे अनि सङ्‌गी दाजुभाइ दिदीबहिनीले दिएको मदत अनि सल्लाह-सुझाव स्वीकारे। केही वर्षभित्रै तिनले निकै राम्रो उन्‍नति गरे। समय बित्दै जाँदा तिनी सहायक सेवकको रूपमा सेवा गर्न योग्य भए अनि अहिले मण्डलीमा एल्डरको रूपमा सेवा गरेको पनि २० वर्ष भइसक्यो। तर अझै पनि आफ्नो कमीकमजोरी विरुद्ध लड्‌न छोड्‌नुहुँदैन भनेर तिनलाई थाह छ।

१९ परमेश्‍वरका सेवकहरूको जीवनमा निरन्तर रूपमा सकारात्मक परिवर्तन गर्न बाइबलले मदत गर्छ भनेर रितेशको अनुभवले देखाउँछ। त्यसैले हरेस नखाई परमेश्‍वरको वचनले हाम्रो जीवनलाई परिवर्तन गर्न दिइरहौं अनि उहाँसित घनिष्ठ भइरहौं। (भज. २५:१४) हाम्रो प्रयासमा यहोवाले आशिष्‌ दिनुभएको देख्दा बाइबलले हाम्रो जीवनमा अझै परिवर्तन गरिरहेको छ भनेर पक्का हुन सक्नेछौं।—भज. ३४:८.

^ [१] (अनुच्छेद १) नाम परिवर्तन गरिएको छ।

बाइबल अनि प्रार्थनाले तिनीहरूको जीवन परिवर्तन गऱ्‍यो

रसेलको आलोचना गर्ने बानी थियो अनि तिनी मण्डलीका दाजुभाइ दिदीबहिनीबाट अति नै माग गर्थे। मारिया भिक्टोरियाचाहिं अरूको कुरा काट्‌ने गर्थिन्‌। लिन्डालाई प्रचारमा जाँदा मानिसहरूदेखि खुबै डर लाग्थ्यो। यी तीनै जना बप्तिस्माप्राप्त ख्रीष्टियनलाई सुरु-सुरुमा यस्तो बानी वा मनोवृत्ति कहिल्यै हटाउन सकिंदैन जस्तो लागेको थियो। तर अहिले तीनै जनाले यस विषयमा निकै उन्‍नति गरिसकेका छन्‌। तिनीहरूलाई कुन कुराले मदत गऱ्‍यो, ध्यान दिनुहोस्‌।

रसेल: “यहोवालाई व्यग्र बिन्ती गरेकोले अनि दिनदिनै बाइबल पढेकोले मलाई निकै मदत मिल्यो। दोस्रो पत्रुस २:११ मनन गर्दा अनि एल्डरहरूले दिएको व्यक्‍तिगत सल्लाह लागू गर्दा पनि मैले निकै परिवर्तन गर्न सकें।”

मारिया भिक्टोरिया: “आफ्नो जिब्रोलाई काबूमा राख्न सकूँ भनेर मैले यहोवालाई मनदेखि प्रार्थना गरें; कुरा काट्‌नेहरूसित सङ्‌गत गर्न छोडें। अनि भजन ६४:१-४ पढेपछि मलाई त्यहाँ बताइएको नराम्रो व्यक्‍ति हुनुछैन भन्‍ने लाग्यो; अरूले प्रार्थना गर्दा मजस्तो व्यक्‍तिबाट जोगाउनुहोस्‌ भनेको म फिटिक्कै चाहन्‍नथें। साथै कुरा काट्‌ने बानी नै भयो भने अरूको लागि नराम्रो उदाहरण बसालिरहेकी हुन्छु र यहोवाको नामको बदनाम गरिरहेकी हुन्छु भनेर पनि बुझें।”

लिन्डा: “प्रचारमा पर्चा चलाउन सजिलो होस्‌ भनेर मैले हरेक पर्चामा के-के लेखेको छ, सबै याद गरें। सेवाको विभिन्‍न पक्षमा भाग लिनेहरूसित सङ्‌गत गरेर पनि मैले निकै मदत पाएकी छु। अनि अर्को कुरा, प्रार्थना गरेर म सधैं नै यहोवामा भर पर्छु।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने