ईश्वरीय सेवकाइ पाठशाला पुनःरावलोकन्
मार्च २ देखिन् जून १५, १९९२–को ईश्वरीय सेवकाइ पाठशाला अन्तर्गत ढाकिएका विषय सामग्रीमाथि बन्द–पुस्तक पुनःरावलोकन्। दिएको समयावधि भित्र तपाईंले भ्याउँनु सक्नु भएको प्रश्नहरुको उत्तर लेख्नको लागि एउटा छुट्टै पाना चलाउँनु होला।
[ध्यान दिनु होला: लिखित पुनःरावलोकन दौरान, कुनै पनि प्रश्नको उत्तर खोज्नको लागि, बाइबलको प्रयोग मात्र गर्न सकिन्छ। प्रश्नको पछिपछि लेखिएका उद्धरणहरु तपाईंको व्यक्तिगत अनुसन्धानको निमित्त हो। पृष्ठ तथा अनुच्छेहरुको सङ्खयाहरु द वॅचटावर–का निमित्त दिएका सबै उद्धरणहरुमा नपाइनु पनि सकिन्छ।
निम्नलिखित वयानहरु सत्य हुन् वा झुट्टो उत्तर दिनुहोस्:
१. मोशाको व्यवस्था अन्तर्गत, सबै पाप अनि पापीहरुलाई एउटै प्रकाशमा हेरिन्थ्यो। [si p. 29 par. 34 (1983 ed., p. 29 par. 34)]
२. गन्तीको पुस्तकको नाउँको संदर्भ सीनै पर्वतमा मानिसहरुको गणना अनि त्यसउप्रान्त मोआबको बेसीमा भएको गणना सित छ। [si p. 30 par. 2 (p. 30 par. 2)]
३. हुनः त सफासफी बताउनुमा गन्तीको पुस्तक उदाहरणीय छ, तरैपनि मोशाले आफ्नो कमजोरीहरु छोपेका छन्। [si p. 31 par. 7 (p. 31 par. 7)]
४. व्यवस्थाको वाचा अन्तर्गत, पाप गरेको खण्डमा पाप–मोचनको लागि बलि चढाउँनु, पापलाई स्वीकारनु, पश्चाताप, अनि यथासंभव क्षतिपूरण गर्नु आवश्यक थियो। [si p. 29 par. 32 (p. 29 par. 32)]
५. “खुल्लमखुल्ला श्रापनु” [न्यु व०] को अर्थ वास्तवमा ईश्वरनिन्दा थियो। (लेवी० ५:१) [साप्ताहिक बाइबल पढाइ; w87 9⁄1 p. 13 हेर्नुहोस्।]
६. महायाजकले एउटा साँढेलाई “आफ्नो र आफ्नो घरानाको निम्ति” पाप बलीझैं चढाउँनाले येशूको बलिदानलाई चित्रित गर्दछ जुन उप याजकहरु भएका “उहाँको घराना” माथि लागु हुन्छ। (लेवी० १६:६) [साप्ताहिक बाइबल पढाइ; w87 3⁄1 p. 28 हेर्नुहोस्।]
७. भाइबाट ब्याज लिनु कहिल्यै पनि उचित हुँदैन। (लेवी० २५:३५-३७) [साप्ताहिक बाइबल पढाइ; w84 2⁄15 p. 30 हेर्नुहोस्।]
८. कोर लागेको घर र कोरीहरुको शुद्धिकरण संबन्धी नियमले रोगहरुको किटाणुबारे जागरूकता प्रतिबिम्बित गर्दथ्यो र सर्नुबाट सुरक्षित राख्थ्यो। (लेवी०, अध्या० १४) [साप्ताहिक बाइबल पढाइ; g81 9/22 p. 25 हेर्नुहोस्।]
९. साक्षी–पेटीको सन्दुकको बिर्कोमा भएका करूबहरु माथि वा तिनको वीचमा, त्यो उदेकको शेकिनाह ज्योति परमेश्वरको उपस्थितिको चिह्नारीमा महा पवित्रस्थानमा देखा पऱ्यो। (ग० ७:८९) [साप्ताहिक बाइबल पढाइ; kj p. 165 हेर्नुहोस्।]
१०. इस्राएलीहरुलाई आफ्नो लुगामा “झम्काको किनार” बनाउनु पर्थ्यो। यस्तो गर्नु मोआबीहरु, मिश्रीहरु, वा अन्य अरु कुनैसँग एउटै भेषभूषाको नहुनु र तिनीहरु वेग्लै हुन् भनेर सम्झना गराउनको लागि थियो। (ग० १५:३८-४०) [साप्ताहिक बाइबल पढाइ; w83 10/15 p. 20 हेर्नुहोस्।]
निम्नलिखित प्रश्नहरुको जवाफ दिनुहोस्:
११. लेवीहरुको पुस्तकले यहोवाको नाउँलाई कसरी महिमित पारेको छ? [si p. 26 par. 9 (p. 26 par. 9)]
१२. सहस्र वर्ष राज्यशासनको दौरान महायाजक, येशू मसीह, अनि उहाँका उप याजकहरुले के याजकिय कार्य सम्पन्न गर्नेछन्? [si p. 30 par. 39 (p. 30 par. 39)]
१३. बोसो खान नहुने निषेधाज्ञाले आज यहोवाका दासहरुलाई के को सम्झना गराउँछ? (लेवी० ३:१७) [साप्ताहिक बाइबल पढाइ; w84 2/15 p. 29 हेर्नुहोस्।]
१४. नादाब र अबीहूको पापमा के कुरो समावेश भएको हुनसक्छ? (लेवी० १०:१, २) [साप्ताहिक बाइबल पढाइ; w84 2/15 p. 29 हेर्नुहोस्।]
१५. प्रजननले स्रीलाई किन “अशुद्ध” बनायो? (लेवी० १२:२, ५) [साप्ताहिक बाइबल पढाइ; w84 2/15 p. 29 हेर्नुहोस्।]
१६. आफ्नो बा–आमालाई “सराप्ने” कुनै पनि व्यक्तिको निमित्त मृत्यु दण्डको मर्यादा किन निश्चित गरिएको? (लेवी० २०:९) [साप्ताहिक बाइबल पढाइ; w84 2/15 pp. 29-30 हेर्नुहोस्।]
१७. ‘एउटै चुल्हामा दश जना स्रीले रोटी पकाउँने छन्’ भन्नुको अर्थ के हो? (लेवी० २६:२६) [साप्ताहिक बाइबल पढाइ; w84 2/15 p. 30 हेर्नुहोस्।]
१८. मोशाकी श्रीमती कूशी भएकी हुनाले मरियम मोशाको विरुद्धमा किन बोलेकि? (ग० १२:१) [साप्ताहिक बाइबल पढाइ; w84 4/15 p. 29 हेर्नुहोस्।]
१९. कुन महत्त्वपूर्ण तथ्यको अवहेलना कोरहले गरे? (ग० १६:१-३) [साप्ताहिक बाइबल पढाइ; w78 11/15 p. 14 हेर्नुहोस्।]
निम्नलिखित प्रत्येक वयानलाई पूरो बनाउनको लागि चाहिंदो शब्द वा वाक्यांश थप्नुहोस्:
२०. लेवीहरुका पुस्तक मोशाद्वारा ․․․․․․․ मा लेखिएको थियो। [si p. 25 par. 4 (p. 25 par. 4)]
२१. लेवीहरुका पुस्तकमा ․․․․․․․ को भाव पाइन्छ, जुन पुस्तकमा यो आवश्यकताको उल्लेख बाइबलको अरु कुनै पनि पुस्तकभन्दा धेरै मात्रामा गरिएको छ। [si p. 26 par. 9 (p. 26 par. 9)]
२२. लेवीहरुका पुस्तकमा दिएका धेरै जसो भविष्यवाणीय नमूनाहरु पूर्तिभएको वर्णन ․․․․․․․ को पुस्तकमा पाइन्छ। [si p. 29 par. 37 (p. 29 par. 37)]
२३. गन्तीको पुस्तकले ․․․․․․․ देखिन् ․․․․․․․ समयावधिलाई ढाक्छ। [si p. 30 par. 4 (p. 30 par. 4)]
२४. गन्तीको पुस्तकमा, इस्राएलको अनाज्ञाकारीता र विद्रोही मार्गलाई ․․․․․․․ अत्यावश्यक खाँचोमाथि जोड दिनको लागि चलाइएको हो। [si p. 31 par. 9 (p. 31 par. 9)]
२५. लेवीहरुका पुस्तकमा दिएको ․․․․․․․ सम्बन्धी ऐनले ती तथ्यहरुबारे ज्ञानभएको प्रकट गर्छन् जुन भैषज चिकित्साका सांसारिक मानिसहरुले हजारौं वर्ष पछि गएर मात्र मूल्याङ्कन गर्न सके। [si p. 26 par. 7 (p. 26 par. 7)]
निम्नलिखित प्रत्येक वयानबाट ठीक उत्तर रोज्नुहोस्:
२६. लेवीहरुका पुस्तकले (४० वर्ष; एक वर्ष; एक महिना) ढाक्छ। [si p. 25 par. 3 (p. 25 par. 3)]
२७. गन्तीको पुस्तकलाई मोशाले (१५१३; १५१२; १४७३) सा० यु० पू० मा पुरा गरे। [si p. 30 par. 4 (p. 30 par. 4)]
२८. ‘आत्मालाई कष्ट’ [न्यु व०] दिनु भन्नुको तात्पर्य प्रत्यक्षतया (उपवास बस्नु; आफूलाई कुट्नू; कुनै पनि मनोरञ्जनात्मक कार्यकलापबाट अलग्ग हुनु) थाहा लाग्छ। (लेवी० १६:२९) [साप्ताहिक बाइबल पढाइ; w84 2/15 p. 29 हेर्नुहोस्।]
२९. कुनै स्त्रीको ‘जाँघ झर्ने’ छ भन्नुको वास्तविक अर्थ यो थियो कि (तिनले यहोवाको सेवा गर्न छोड्नेछिन्; तिनको गोडा काम नलाग्ने भयो; तिनको प्रजनक अङ्ग ह्रासभएर जानेछ, जसले गर्दा गर्भाधान असंभव भयो)। (ग० ५:२१) [साप्ताहिक बाइबल पढाइ; w84 4/15 p. 29 हेर्नुहोस्।]
३०. “यहोवाको [न्यु व०] युद्धहरुको पुस्तक” (धर्मत्यागी विषय सामग्री; एउटा विश्वसनीय ऐतिहासिक रेकर्ड; बाइबल कथाहरुबारे कपोलकल्पित विवरण) थिए। (ग० २१:१४, १५) [साप्ताहिक बाइबल पढाइ; w84 4/15 p. 30 हेर्नुहोस्।]
निम्नलिखित शास्त्रपदहरुलाई तल दिएका वयानहरु सँग जोडा मिलाउनुहोस्:
लेवी० २:११, १२; लेवी० १७:१०-१४; लेवी० १९:३२; ग० १५:३०, ३१; हि० १३:११.
३१. रगत पवित्रभएको हुनाले, यसलाई शरीर भित्र कुनै पनि रुपमा लिनु भएन। [si p. 29 par. 33 (p. 29 par. 33)]
३२. प्रायश्चित दिवसमा पापबलिको निमित्त चढाइएका पशुहरुको अस्थिलाई शिविर बाहिर लगेर जलाउने गरिन्थ्यो। [si p. 29 par. 38 (p. 29 par. 38)]
३३. जब “मह” भनेको अर्थ फलको रस थियो, त यो फेनाउने भयो अनि, परिणामस्वरुप, बलिदानको निमित्त अस्वीकार्य हुने थियो। [साप्ताहिक बाइबल पढाइ; w84 2/15 p. 29 हेर्नुहोस्।]
३४. पाकाहरुलाई आदरगर्नु इस्राएलको राष्ट्रिय नीति थियो। [साप्ताहिक बाइबल पढाइ; w87 6/1 p. 5 हेर्नुहोस्।]
३५. परमेश्वरका नियमलाई जानाजानी भङ्गगर्ने, अपश्चातापीहरु मारिने गरिन्थ्ये। [साप्ताहिक बाइबल पढाइ; w91 4/15 p. 15 हेर्नुहोस्।]