प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 अप्रिल पृ. २
  • अप्रिल महिनाका लागि सेवा सभाहरु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल महिनाका लागि सेवा सभाहरु
  • हाम्रो राज्य सेवकाई—१९९३
  • उपशीर्षकहरू
  • अप्रिल ५-मा सुरु हुने हप्ता
  • अप्रिल १२-मा सुरु हुने हप्ता
  • अप्रिल १९-मा सुरु हुने हप्ता
  • अप्रिल २६-मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९३
km93 अप्रिल पृ. २

अप्रिल महिनाका लागि सेवा सभाहरु

अप्रिल ५-मा सुरु हुने हप्ता

गीत १२९ (६६)

१० मि०: स्थानीय घोषणाहरू। तपाईंका इलाकाका मानिसहरूलाई विशेष चासो लाग्न सक्ने लेखहरूलाई महत्त्व दिंदै पत्रिकाका नयाँ अङ्‌कहरूको पुनरावलोकन गर्नुहोस्‌। छोटो शास्त्रीय प्रस्तुतिलाई प्रदर्शन गर्न एकजना उमेर पाकेको र जवान मानिसलाई तयार पार्नुहोस्‌।

१५ मि०: “द वाचटावर—ठीक-ठीक समयको आत्मिक आहार।” प्रश्‍नोत्तर छलफल। पत्रिकाहरू नलिए वा ग्राहक नबने तापनि असली चासो भएका मानिसहरूलाई फेरि भेट गर्नुपर्ने आवश्‍यकतामाथि गरिएका टिप्पणीहरू समावेश गर्नुहोस्‌। कुराकानी र आफ्नो विचार प्रकट गर्ने तत्परता, कुराकानीमा सामेल हुने, नम्र मनोवृत्ति, बाइबल पदहरू पढ्‌दा सँगसँगै पढ्‌ने चासो र अझ छलफल गर्नाका निम्ति पुनःभेट गर्ने निमन्त्रणाजस्ता कुराहरू निष्कपट चासोका प्रमाणहरू हुन्‌।

२० मि०: “पर्चामा भएका कुराहरूलाई पत्रिकाहरूसँग जोड्‌नुहोस्‌।” प्रश्‍नोत्तर छलफल। अनुच्छेद २-६ मा दिएका सुझावहरूमा आधारित छोटो प्रस्तुतिहरू समावेश गर्नुहोस्‌।

गीत १४ (६) र समापन प्रार्थना।

अप्रिल १२-मा सुरु हुने हप्ता

गीत १५ (११९)

१० मि०: स्थानीय घोषणाहरू। स्मरणार्थ उत्सवसँग सम्बन्धित कुनै उल्लेखनीय अनुभवहरू सुनाउनु होस्‌। “सेवाको एउटा राम्रो सौभाग्य” भन्‍ने लेखबाट मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। समय भएमा पत्रिका मार्ग स्थापना गर्न सकेका प्रकाशकहरूको अन्तर्वार्ता लिनुहोस्‌। तिनले त्यसको सुरुआत कसरी गरे? घरधनीको चासो बढाउन त्यसले तिनलाई कसरी मदत गऱ्‍यो? सबै प्रकाशकहरूलाई यस सप्ताहन्तमा आ-आफ्ना क्षेत्र सेवा समूहसँग काम गर्न प्रोत्साहित गर्नुहोस्‌।

२० मि०: “नयाँ व्यक्‍तिहरूलाई प्रगति गर्न मदत दिनुहोस्‌।” दुई वा तीनजना पुस्तक अध्ययन सञ्चालकहरू बीच छलफल। लेखको मुख्य मुख्य कुराहरूलाई दोहोऱ्‍याइसकेपछि, स्थानीय तवरमा सल्लाहहरूलाई प्रयोग गर्न के योजनाहरू बनाइएको छ सो वर्णन गर्नुहोस्‌। स्मरणार्थमा उपस्थित भएका चासो देखाउने नयाँ व्यक्‍तिहरूलाई हामी कसरी मदत दिनसक्छौं? नयाँ व्यक्‍तिहरूले क्षेत्र सेवकाईमा भाग लिन चाहेमा तिनीहरूले कुन आवश्‍यकताहरू पूरा गर्नुपर्छ? बितेका समयमा क्षेत्र सेवकाईमा अनियमित भएका व्यक्‍तिहरूलाई मदत दिन के गर्न सकिन्छ? प्रत्येक महिना सबैले पूरा भाग लिन सबैजना कसरी प्रोत्साहित हुन सक्छन्‌? परिपक्व प्रकाशकहरूले अरूहरूलाई कसरी मदत गर्न सक्छन्‌?—रोमी १५:१, २.

१५ मि०: “द ग्रेटेस्ट म्यान हु एभर लिभ्ड पुस्तकलाई अध्ययन गर्ने।” प्रश्‍नोत्तर। मई १०-मा सुरु हुने हप्तादेखि चल्ने पुस्तक अध्ययनमाथि सबैको उत्साह बढाउनु होस्‌।

गीत ३९ (१६) र समापन प्रार्थना।

अप्रिल १९-मा सुरु हुने हप्ता

गीत १९४ (१०५)

१० मि०: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्‍त घोषणाहरू। लेखा रिपोर्ट र कुनै चन्दा प्राप्त भएको सूचना छ भने त्यसलाई पढ्‌नुहोस्‌। लूका ६:३८ पढ्‌नुहोस्‌। विश्‍वव्यापी र साथ-साथमा स्थानीय मण्डलीलाई सहयोग गर्न देखाएको उदारताका लागि मण्डलीको सराहना गर्नुहोस्‌।

२० मि०: ग्रेटेस्ट म्यान पुस्तकबाट मण्डली पुस्तक अध्ययन सञ्चालन गर्ने। मण्डली पुस्तक अध्ययन सञ्चालकले चार वा पाँचजना प्रकाशकहरूको समूहलाई लिएर कसरी अध्ययन सञ्चालन गर्नुपर्छ भनेर मण्डलीलाई प्रदर्शित गराउँछ। प्रदर्शन राम्रो सँग तयारी गरेको हुनुपर्छ र हाम्रो राज्य सेवकाई-को यस अङ्‌कको पृष्ठ ४-मा दिइएका निर्देशनअनुसार सञ्चालन गरिनुपर्छ। प्रदर्शनका लागि ग्रेटेस्ट म्यान पुस्तक-को अध्याय ११ चलाउनुहोस्‌। उल्लेखित शास्त्रपदहरू लामा छन्‌ भने एकजना भन्दा बढी व्यक्‍तिहरूले पढ्‌न पाओस्‌ भन्‍न हेतुले त्यसलाई कसरी भाग-भाग गर्न सकिन्छ र पूरै परिच्छेद पढ्‌न नभ्याएमा त्यसको मुख्य भागलाई कसरी प्रकाश पार्न सकिन्छ भनेर प्रदर्शित गर्नुहोस्‌। प्रयोग गरिएको विधिलाई प्रदर्शनको बीच-बीचमा रोकेर सञ्चालकले स्रोताहरूलाई बताउन सक्छ। प्रत्येक स्रोताहरूले प्रदर्शन सँगसँगै आ-आफ्नो पुस्तकलाई पछ्याइरहेको हुनुपर्छ।

१५ मि०: “परमप्रभुको भवनमा जाऔं।” अतिरिक्‍त पृष्ठको अनुच्छेद १-८ सम्मको प्रश्‍नोत्तर छलफल। अनुच्छेद ७-मा उल्लिखित प्रकाशनहरूका विशिष्टताहरूको सङ्‌क्षिप्त पुनरावलोकन गर्नुहोस्‌। हामीहरू मण्डलीमा किन सङ्‌गठित छौं भनेर बुझ्न एकजना नयाँ प्रकाशकलाई कसरी मदत गर्न सकिन्छ भन्‍ने कुरालाई एकजना दक्ष प्रकाशकद्वारा प्रदर्शित गराउनुहोस्‌। (w84 11/1 p. 15 pars.6, 7) मसीही जगतका धार्मिक सेवाहरूको दाँजोमा एकदम भिन्‍न हाम्रा सभाहरूका विशेषताहरूलाई जोड दिनुहोस्‌। सङ्‌गठनप्रति विद्यार्थीको मूल्याङ्‌कनलाई अझ बढाउन र त्यसको भाग हुनु पर्ने आवश्‍यकतालाई बुझाउन बाइबल अध्ययन सञ्चालकहरूले प्रत्येक हप्ता त्यस सम्बन्धी एउटा छोटो छलफल समावेश गर्न प्रोत्साहित गर्नुहोस्‌।

गीत २८ (५) र समापन प्रार्थना।

अप्रिल २६-मा सुरु हुने हप्ता

गीत १८० (१००)

१० मि०: स्थानीय घोषणाहरू र ईश्‍वरतान्त्रिक समाचार। सहायक अग्रगामी भएर, नयाँ बाइबल अध्ययनहरू सुरु गरेर वा चासो देखाउने व्यक्‍तिहरूलाई स्मरणार्थमा उपस्थित हुन मदत गरेर त्यस महिनामा विस्तारित क्षेत्र सेवाको क्रियाकलापमा लागेका एक-दुईजनालाई आफ्ना अनुभवहरू सुनाउन आग्रह गर्नुहोस्‌।

१५ मि०: प्रश्‍न-पेटी। सेवा निरीक्षक वा सहायक अग्रगामीको काम गरिसकेको कुनै प्राचीनद्वारा सकारात्मक र प्रोत्साहक छलफल। समय-समयमा सहायक अग्रगामीको काम गर्ने एक वा दुईजना प्रकाशकको अन्तर्वार्ता लिनुहोस्‌।

२० मि०: “परमप्रभुको भवनमा जाऔं।” अतिरिक्‍त पृष्ठको अनुच्छेद ९-१४ को प्रश्‍नोत्तर छलफल। अघि नबढ्‌ने व्यक्‍तिहरूसँग कसरी कुरा गर्ने भन्‍ने कुरालाई अनुच्छेद १२ र १३-मा दिएका सुझावहरूलाई चलाउँदै प्रकाशकद्वारा प्रदर्शन गराउनुहोस्‌।

गीत १२७ (६४) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने