घोषणाहरू
◼ प्रस्तुत गर्नुपर्ने साहित्यहरू: अगस्त र सेप्टेम्बर: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दा स्वरुप रु० २०। अक्टोबर: अवेक! अथवा द वाचटावर-को ग्राहक बनाउने। अर्ध-मासिक संस्करणका लागि एक वर्षको ग्राहक दर रु० ६०। छ महिनाका लागि अर्ध-मासिक संस्करणको ग्राहक दर र मासिक संस्करणका लागि एक वर्षको ग्राहक दर रु० ३०। मासिक संस्करणहरूका लागि छ महिनाको ग्राहक बन्ने सुविधा छैन। ग्राहक बन्न अस्वीकार गरेमा पत्रिकाहरू प्रतिदर रु० ३.००-मा प्रस्तुत गर्न सकिन्छ। साथै उपयुक्त भएमा म्यान्काइन्डस् सर्च फर गड पुस्तक चन्दा स्वरूप रु० ३०.००-मा प्रस्तुत गर्न सकिन्छ। नोभेम्बर: न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिपचर्स र द बाइबल—गड्स वर्ड अर म्यान्स्? पुस्तक दुवै चन्दास्वरुप रु० ७२.०० अथवा बेग्लाबेग्लै क्रमशः रु० ६०.०० र रु० १२.००-मा प्रस्तुत गर्ने। यी लिन इन्कार गरेमा अथवा यिनीहरू उपलब्ध नभएका भाषाहरूमा पुराना १९२-पृष्ठे पुस्तकहरू चन्दास्वरुप रु० ६.००-मा विशेष दरमा प्रस्तुत गर्न सकिन्छ। यस प्रकारका निम्न पुस्तकहरू हामीसित उपलब्ध छन्: अङ्ग्रेजी: डिड म्यान गेट ह्येर बाई एभोलुशन अर बाई क्रिएशन? र इज दिस लाइफ अल देर इज? गुजराती: गुड न्युज—टु मेक यु ह्यापी, “लेट योर किङ्गडम कम” र द ट्रुथ द्याट लिड्स टु इटरनल लाइफ; हिन्दी: गुड न्युज—टु मेक यु ह्यापी, “लेट योर किङ्गडम कम;” कन्नडा: गुड न्युज—टु मेक यु ह्यापी, “लेट योर किङ्गडम कम” र “थिङ्गस् इन ह्वीच इट इज इम्पसीबल फर गड टु लाई;” मराठी: “लेट योर किङ्गडम कम,” लिसनिङ्ग टु द ग्रेट टिचर र द ट्रुथ द्याट लिड्स टु इटरनल लाइफ; तामिल: इज दिस लाइफ अल देर इज? र “लेट योर किङ्गडम कम;” तेलगु: इज दिस लाइफ अल देर इज? बङ्गाली र नेपाली भाषा जान्ने व्यक्तिहरूलाई हाम्रा समस्याहरू पुस्तिका र पंजाबी जान्ने व्यक्तिलाई “हेर!” पुस्तिका प्रस्तुत गर्न सकिन्छ। मल्यालममा योर युथ—गेटिङ्ग द बेस्ट आउट अफ इट! पुस्तक चन्दास्वरुप रु० १२.००-मा प्रस्तुत गर्न सकिन्छ। कृपया याद गर्नुहोस् यो पुस्तक विशेष दरमा प्रस्तुत गरिने छैन।
◼ सूचना: माथि उल्लिखित साहित्य अभियानको निम्ति अर्डर नपठाएका मण्डलीहरूले अब आउँदो साहित्य माग फाराम (S-14) भर्दा पठाइहाल्नुपर्छ।
◼ १९९४ क्यालेन्डर अफ जेहोभाज विट्नेसेस, १९९४ यरबुक अफ जेहोभाज विट्नेसेस अथवा एक्जामिनिङ्ग द स्क्रिपचर्स डेली—१९९४ को माग नपठाएका मण्डलीहरूले तुरुन्तै अर्डर पठाइहाल्नुपर्छ। एक्जामिनिङ्ग—१९९४ बङ्गाली, अङ्ग्रेजी, कन्नडा, मल्यालम, तामिल र तेलगुमा उपलब्ध हुनेछ। अर्डर पठाउँदा साधारण लिटरेचर अर्डर फाराममा (S-AB-14) भर्न नबिर्सनुहोस्। अङ्ग्रेजी एक्जामिनिङ्ग—१९९४ को अर्डर फारामको अघिल्लतिर र अरू भाषाहरूमा एक्जामिनिङ्ग—१९९४ को अर्डर फारामको पछिल्लतिर हुनुपर्छ। यसमा आफूलाई चाहिएका भाषाहरू स्पष्टसित उल्लेख गर्नुपर्छ। यी तीनवटा सामग्रीहरू बाहेक त्यही फाराममा अरू अर्डरहरू लेखेको हुनु हुँदैन।
◼ हामीले कहिलेकाहीं मण्डलीहरूलाई नियमित अर्डरभन्दा बढी पत्रिकाहरूको मुट्ठा पठाउँछौं। यी पत्रिकाहरूको माथिपट्टि “एक्स्ट्रा” छाप लगाइएको हुन्छ जसले गर्दा यी पत्रिकाहरू किन पाइरहेका छन् भनेर मण्डलीलाई थाहा हुन्छ। यी पत्रिकाहरूका लागि मण्डलीहरूले पैसा तिर्नु पर्दैन। मण्डलीले यी पत्रिकाहरूलाई साधारणतया जस्तै वितरण गरे हुन्छ र यसबाट आएको पैसा पत्रिका लेखामा लेख्न सकिन्छ।
◼ मण्डलीसित सम्बन्धित सबैले द वाचटावर र अवेक! को नयाँ र नवीकरण गर्नुपर्ने ग्राहक पत्र साथै तिनीहरूको व्यक्तिगत ग्राहक पत्रहरू पनि मण्डलीद्वारा पठाउनुपर्छ।
◼ व्यक्तिगत तवरमा प्रकाशकहरूले गरेको साहित्य अर्डरहरू सोसाइटीले पठाउनेछैन। कुनै एउटा विशेष साहित्य चाहिएमा साहित्य सेवकलाई भन्न सक्छन् जसले मण्डलीको मासिक साहित्य अर्डरमा समावेश गर्नेछन्। मण्डलीका अध्यक्षले प्रत्येक महिना सोसाइटीलाई मासिक साहित्य अर्डर पठाउनु अघि घोषणा गर्नुपर्छ ताकि व्यक्तिगत तवरमा साहित्य लिन चाहनेहरूले साहित्य वितरण गर्ने भाइलाई भन्न सकून्।
◼ सेप्टेम्बर १, १९९३ देखि नियमित अग्रगामी सुरु गर्न चाहने प्रकाशकहरूले कुनै ढिलासुस्ती नगरिकन दर्खास्त दिइहाल्नुपर्छ। अगस्तको अन्त हुनु अघि नै दर्खास्तहरू सोसाइटीमा पठाइसक्नुपर्छ। हाम्रो राज्य सेवकाई अक्टोबर १९८६-को अतिरिक्त पृष्ठबाट कृपया अनुच्छेद २१ देखि २६-को पुनरावलोकन गर्नुहोस्।
◼ मण्डलीको सेक्रेटरीले अगस्त महिनाको सुरुतिर नै साहित्य सेवकलाई भेट्नु पर्छ र महिनाको अन्तमा मण्डलीमा भएको साहित्य स्टकको सूचीपत्र तयार गर्न अलग्गै दिन छुट्ट्याउनुपर्छ। स्टकमा भएको प्रत्येक साहित्य गन्नुपर्छ र कुल सङ्ख्या लिटरेचर इन्भेन्टरी फाराम (S-18)-मा भर्नुपर्छ। प्रत्येक मण्डलीलाई त्यस्ता तीनवटा फारामहरू पठाइनेछन्। ती फारामहरू राम्रोसङ्ग भर्नुहोस् र यसको सक्कली प्रति सेप्टेम्बर ६, १९९३ भन्दा अघि नै पठाइहाल्नुहोस्। नक्कल तपाईंको फाइलमा राख्नुहोस्। तेस्रो प्रति काम गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ। यो सूचीपत्र सेक्रेटरीद्वारा निरिक्षित हुनुपर्छ र पूरा भरिसकेको फारामलाई मण्डलीको अध्यक्षले जाँचेर दस्तखत गर्नुपर्छ। आफूसित बाँकि भएको पत्रिकाको कूल सङ्ख्या पत्रिका सेवकबाट प्राप्त गर्न सकिन्छ।
◼ कघ्रीगेशन आनलाइसिस रिपोर्ट फाराम (S-10) भर्न मण्डलीको सेक्रेटरीले सेवा रिपोर्टहरू जम्मा गर्नेछन्। यो रिपोर्ट सङ्कलन गर्न मदत दिइरहेको प्राचीन अथवा सहायक सेवकलाई तिनले होशियारीपूर्वक सल्लाह पनि दिनेछन्। यसो गर्नाले कघ्रीगेशन्स् पब्लिशर रेकर्ड कार्डहरू (S-21) बाट चाहिने जानकारीको सही तालिकाकरण हुन्छ। कघ्रीगेशन आनलाइसिस रिपोर्ट फाराम (S-10) ठीक र सफासित भर्नु पर्छ र सेवा समितिद्वारा ध्यानपूर्वक जाँचिएको हुनुपर्छ।
◼ जून १, १९९३ देखि एउटा नयाँ क्षेत्र अर्थात् TN-5 क्षेत्र तामिल नाडुमा सुरु भएको छ। त्यस इलाकामा मण्डलीहरू बढ्दै गएको कारण यो आवश्यक भयो। यस अतिरिक्त आन्ध्र प्रदेशमा मण्डलीहरू बढेको हुनाले आन्डमन टापुहरूमा भएका मण्डलीहरूलाई AP-2 क्षेत्रको भाग नबनाएर एउटा बेग्लै क्षेत्र बनाइएको छ। तसर्थ, अब भारतमा २२ वटा क्षेत्रहरू छन् र यीमध्ये तीन वटाको ‘क’ र ‘ख’ भागहरू छन्। यिनीहरूलाई २२ जना पूर्ण समय क्षेत्रीय निरीक्षकहरूले हेरचाह गरिरहेका छन्।
◼ पुनः उपलब्ध प्रकाशनहरू:
मराठी: अ सेक्योर फ्युचर—हाऊ यु क्यान फाइन्ड इट। तामिल: “सिंगिङ्ग एण्ड अकमपानिइङ्ग योरसेल्भस् विथ म्युजिक इन योर हार्टस्” (पुरानो गीत पुस्तक)
◼ डाकबाट उपलब्ध मासिक अवेक! संस्करणमा तेलगु भाषा पनि समावेश गरिएको छ। तसर्थ, अब चन्दास्वरूप रु० ३०.०० पठाएर अवेक! पत्रिकाको एक वर्षको ग्राहक बन्न सक्नुहुन्छ। तेलगु पत्रिकाको लागि मण्डलीहरूले M-202 डिष्ट्रिब्युटर अर्डर भरेर हामीलाई पठाउनु पर्छ।