अगस्त महिनाका लागि सेवा सभाहरु
अगस्त २-मा सुरु हुने हप्ता
गीत ६३ (३२)
१० मि०: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्त घोषणाहरू। भर्खरै निस्केका पत्रिकाहरूबाट वार्तालाप गर्न सकिने बुँदाहरू छलफल गर्नुहोस्। यस सप्ताहन्त क्षेत्र सेवकाईमा भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्।
२० मि०: “ध्यान दिएर सुन्ने व्यक्तिहरू भेट्टाउन प्रयत्न गर्नुहोस्।” स्रोताहरूसित छलफल गर्नुहोस्। वार्तालाप सुरु गर्ने उद्देश्य राखेर प्रत्येक घरधनीलाई एक व्यक्तिविशेष जस्तो व्यवहार गर्नु पर्ने आवश्यकतामाथि प्रकाश पार्नुहोस्। अनुच्छेद २ र ३-मा दिइएका सुझावहरूमा आधारित छोटो प्रस्तुतिहरू देखाउनुहोस्। क्षेत्र सेवकाईमा पत्रिकाहरूको नियमित प्रयोग गर्न जोड दिनुहोस्।
१५ मि०: “लाभकारी परिणामहरू प्राप्त गर्न पर्चाहरूको प्रयोग गर्ने।” अतिरिक्त पृष्ठको सुरुका ८ वटा अनुच्छेदहरूको प्रश्नोत्तर छलफल। सबै अनुच्छेदहरू र उद्धरित शास्त्रपदहरू पढ्नुको साथै त्यसको उपयुक्त उपयोग बताउनुहोस्। अर्को हप्ता बाँकि आठवटा अनुच्छेदहरू छलफल गर्न तयारी गर्न मण्डलीलाई याद दिलाउनुहोस्।
गीत १९३ (१०३) र समापन प्रार्थना.
अगस्त ९-मा सुरु हुने हप्ता
गीत ७० (३९)
१० मि०: स्थानीय घोषणाहरू साथै लेखा रिपोर्ट र चन्दा प्राप्त भएको स्वीकारनामा पढेर सुनाउनुहोस्। स्थानीय मण्डली साथै सोसाइटीको विश्वव्यापी कार्यमा मण्डलीले पुऱ्याएको आर्थिक सहयोगको सराहना गर्नुहोस्।
१५ मि०: “लाभकारी परिणामहरू प्राप्त गर्न पर्चाहरूको प्रयोग गर्ने।” अनुच्छेदहरू ९-१६ को प्रश्नोत्तर छलफल। सबै अनुच्छेदहरू र उद्धरित शास्त्रपदहरू पढ्नुको साथै त्यसको उपयुक्त उपयोग बताउनुहोस्। जून १९९३-को हाम्रो राज्य सेवकाई, पृष्ठ १-बाट थप बुँदाहरू प्रकाश पार्नुहोस्।
२० मि०: “सँधैभरि कसरी बाँच्न सकिन्छ भनेर सिकाउन मानिसहरूकहाँ फर्केर जानुहोस्।” प्रश्नोत्तर छलफल। अनुच्छेद ५ र ६-मा दिइएको प्रस्तुतिमा आधारित पुनः भेट गरेको प्रदर्शन देखाउनुहोस्।
गीत ७१ (९६) र समापन प्रार्थना.
अगस्त १६-मा सुरु हुने हप्ता
गीत २० (५५)
१० मि०: स्थानीय घोषणाहरू। ईश्वरतान्त्रिक समाचार। भारतमा आउँदो महिनादेखि सुरु हुने “ईश्वरीय शिक्षा” जिल्ला सम्मेलनमा उपस्थित हुनका लागि पूर्वतयारी गर्न सबैलाई प्रोत्साहन दिनुहोस्। सम्मेलन हुने सबैभन्दा नजिक स्थानको मिति र ठाउँ बताउनुहोस्। साथै सप्ताहन्त क्षेत्र सेवकाईको कार्यकलापमा सहभागी हुन प्रोत्साहन दिनुहोस्।
१५ मि०: सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको महत्त्वमाथि प्रकाश पार्नुहोस्। यो प्रकाशन प्रयोग गरेका सालहरूका दौडान भएको वृद्धि देखाउन तथ्याङ्क उल्लेख गर्न सक्नुहुन्छ। यही पुस्तकको अध्ययन गरेर धेरैले सच्चाइ सिकेका छन्। सच्चाइ सिक्न यो पुस्तक अध्ययन गरेका एक वा दुई जना प्रकाशकहरूको अन्तर्वार्ता लिनुहोस्। यसबाट सिकेको कुन कुरा मूल्याङ्कन गरे र क्षेत्र सेवकाईमा कसरी प्रयोग गर्न सकिन्छ बताउन लगाउनुहोस्। उत्साहकासाथ यसलाई प्रस्तुत गर्न भाइहरूलाई प्रोत्साहन दिनुहोस्।
२० मि०: “नयाँ र अनुभवी दुवै प्रचारकका निम्ति आवश्यकताहरू।” प्राचीनद्वारा प्रश्नोत्तर छलफल। स्थानीय मण्डलीको आवश्यकताअनुसार प्रयोग हुने बुँदाहरूलाई संक्षिप्त तर न्यानो ढङ्गमा टुङ्याउनुहोस्।
गीत ६ (४) र समापन प्रार्थना
अगस्त २३-मा सुरु हुने हप्ता
गीत १४८ (२८)
१० मि०: स्थानीय घोषणाहरू।
२० मि०: “एकाग्रचित्तकासाथ बाइबल अध्ययनहरू खोज्नुहोस्।” सेवा अध्यक्षबाट प्रश्नोत्तर छलफल। उद्धरित सबै शास्त्रपदहरू पढ्नुहोस् र त्यसको उपयोग बताउनुहोस्। बितेका पाँच सालमा मण्डलीको बाइबल अध्ययन कार्यमा भएको प्रगति पुनरावलोकन गर्नुहोस्। स्थानीय आवश्यकताहरूलाई ध्यानमा राख्दै समापन टिप्पणीहरू गर्नुहोस्।
१५ मि०: हामीले बाइबलको अध्ययन गर्दा मितिहरूको महत्त्व। रिजनिङ्ग पुस्तक पृष्ठ ९३ मा “परिभाषा” अन्तर्गत छोटो भाषण दिएपछि, “मितिहरू” अन्तर्गत बाँकि जानकारी स्रोतासित छलफल गर्नुहोस्। “परमेश्वरको राज्य १९१४-मा सुरु भयो भनेर यहोवाका साक्षीहरूले किन भन्छन्?” भन्ने प्रश्नमाथि छलफल गर्नुहोस्। राज्यको समाचारको पक्षमा बोल्न यस जानकारीले नयाँ व्यक्तिहरूलाई कसरी मदत दिन्छ प्रकाश पार्नुहोस्।
गीत ४३ (११) र समापन प्रार्थना.
अगस्त ३०-मा सुरु हुने हप्ता
गीत १५६ (११८)
५ मि०:स्थानीय घोषणाहरू।
१५ मि०:“आफ्नो सेवकाईमा मनतन लगाउनुहोस्” प्राचीनद्वारा भाषण। अनुच्छेद २ छलफल गर्दा वाचटावर-मा दिइएका उपयुक्त बुँदाहरू बताउनुहोस्। समाप्तिमा मलाकी ३:१०-पढ्नुहोस् र त्यसको उपयोग बताउनुहोस्।
१० मि०:“लाभकारी परिणामहरू प्राप्त गर्न पर्चाहरूको प्रयोग गर्ने।” (२ मि०) यस लेखमा भएका मुख्य बुँदाहरूको संक्षिप्त पुनरावलोकन। दृश्य १ (३ मि०) अनुच्छेद ५-मा दिइएको सुझाव प्रदर्शन गर्नुहोस्। दृश्य २ (३ मि०) अनुच्छेद ८ अथवा १४-मा दिइएको कुनै एउटा परिस्थितिलाई चलाएर वार्तालाप सुरु गर्न पर्चा कसरी प्रयोग गर्न सकिन्छ प्रदर्शनद्वारा देखाउनुहोस्। (२ मि०) ढोका-ढोकामा र अनौपचारिक साक्षी दिंदा पर्चाहरूको प्रयोग गर्न सकिने ठूलो सम्भाव्यताहरू पुनरावलोकन गर्दै जोशकासाथ भाषण टुङ्ग्यागनुहोस्।
१५ मि०:स्थानीय आवश्यकताहरू। गत भेटमा क्षेत्रीय निरीक्षकले दिएको प्रोत्साहनलाई छलफल गर्न सकिन्छ। सन् १९९३ सेवा वर्षको सबै रिपोर्टहरू दिइसकेका छन् कि छैनन् भाइहरूलाई याद दिलाउनुहोस्।
गीत ३१ (५१) र समापन प्रार्थना।