क्षेत्र सेवकाईको लागि अर्थपूर्ण सभाहरू
१ भर्खरै नियुक्त ७० जना चेलाहरूलाई क्षेत्र सेवकाईको लागि तयारी गर्न येशूले सञ्चालन गर्नुभएको सभाको विवरण लूका १०:१-११ मा पाइन्छ। तिनीहरू सङ्गठित हुन, के भन्ने भनी तयारी गर्न र कठिन परिस्थितिहरूको सामना गर्न उहाँले तिनीहरूलाई विशिष्ट निर्देशनहरू प्रदान गर्नुभयो। यो विवरणलाई जाँचेर हामी सिक्न सक्छौं।
२ स्पष्ट छ, येशूद्वारा सञ्चालित त्यस सभामा सबै ७० जना चेलाहरू उपस्थित थिए। कसै कसैको सधैं ढिलो आउने बानी छ भने सेवकाईको लागि सभामा समय खेर जान्छ। यसरी ढिला आउँदा समूहहरूका साथै क्षेत्रलाई प्रायः पुनः सङ्गठित गर्नु पर्ने हुन्छ। यसले गर्दा सम्पूर्ण समूह नै ढिला हुन जान्छ। समयमै पुगेर अनि क्षेत्रमा तुरुन्तै जान तयार भएर हामी प्रत्येकले आफ्नो जिम्मेवारी निभाउन सक्छौं।
३ येशूले समूहलाई वार्तालाप गर्न एउटा निर्दिष्ट विषय दिनुभयो, जस्तो कि, “परमेश्वरको राज्य।” (लूका १०:९) हामीलाई पनि त्यही समाचार प्रचार गर्ने जिम्मा दिइएको छ र के भन्ने भनी दिइने मदतकारी सुझावहरूको हामी प्रायजसो मूल्याङ्कन गर्छौं। विविध परिस्थितिहरूमा प्रयोग गर्न सकिने ४० भन्दा बढी बेग्लाबेग्लै परिचय तथा उपयुक्त शास्त्रपदहरू भएको रीजनिङ्ग पुस्तकलाई सञ्चालकले उल्लेख गर्न सक्छ। एक दुई वटा प्रस्तुतिको छोटो पुनरावृत्तिले के भन्ने भनी हाम्रो मनमा स्पष्ट हुन्छ र ढोकामा अझ बढी निर्धक्कताका साथ बोल्न मदत दिन्छ।
४ के भन्ने मात्र नभई कसरी भन्ने भनेर पनि येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभयो। (लूका १०:५, ६) सेवकाई सभा कार्यक्रममा प्रस्तुत गरिने प्रदर्शनहरूले प्रभावशाली ढङ्गमा हाम्रो कुरा कसरी व्यक्त गर्ने भनी देखाउँछ। सञ्चालकले गत सेवकाई सभामा देखाइएको प्रस्तुतिको पुनरावृत्ति गर्न सक्छ र त्यसलाई त्यस दिन सेवकाईमा कसरी प्रयोग गर्न सकिन्छ भनी सुझावहरू दिन सक्छ। पूर्व तयारी गरिएको सरल शास्त्रीय प्रस्तुतिको छोटो प्रदर्शनीले हाम्रा विचारहरूलाई केन्द्रित गर्न र ती शब्दमा रूपान्तर गर्न मदत दिन सक्छ।
५ येशूले आफ्ना चेलाहरूलाई व्यक्तिगत आचरणसम्बन्धी पनि निर्देशन दिनुभयो। (लूका १०:७, ८) त्यस्तैगरि, हाम्रो कामबाट तर्काउन सक्ने कुनै पनि कुराबाट जोगिन सञ्चालकले निर्दिष्ट सल्लाह दिन सक्छ। सडकका छेउहरूमा जम्मा हुन अथवा विरोधीहरूसित बहस गरेर समय खेर नफाल्न तिनले सतर्क गराउन सक्छ। घर-घर सेवकाईको सही विवरण राख्न घरधनीको नाउँ र ठेगाना मात्र नभई छलफल गरिएको विषय समेत टिप्न तिनले याद दिलाउन सक्छ। आफ्ना छोराछोरीहरूको राम्रो सुपरिवेक्षण गर्न आमाबाबुलाई पनि याद दिलाउन सक्छ।
६ ती ७० जना चेलाहरू येशूको निर्देशनअनुरूप चले र “आनन्दसाथ” फर्के। (लूका १०:१७) क्षेत्र सेवकाईको लागि सभामा दिइने निर्देशनहरू पालन गऱ्यौं भने हामीले पनि राज्य समाचार प्रचारमा थप आनन्द पाउने आशा गर्न सक्छौं।—प्रेरित १३:४८, ४९, ५२.