प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 अक्टोबर पृ. १२
  • क्षेत्र सेवाको लागि गरिने सभाबाट पूरापूर लाभ उठाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाको लागि गरिने सभाबाट पूरापूर लाभ उठाउनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • क्षेत्र सेवाको सभा कस्तो हुनुपर्छ?
    हाम्रो राज्य सेवा—२०१५
  • क्षेत्र सेवाको सभा
    हाम्रो राज्य सेवकाई—२००९
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००१
  • खण्ड ३: क्षेत्र सेवकाइको निम्ति एउटा केन्द्र
    हाम्रो राज्य सेवकाई—१९९१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 अक्टोबर पृ. १२

क्षेत्र सेवाको लागि गरिने सभाबाट पूरापूर लाभ उठाउनुहोस्‌

१. क्षेत्र सेवाको लागि गरिने सभाले हामीलाई कसरी मदत गर्न सक्छ?

१ क्षेत्र सेवाको लागि गरिने प्रभावकारी सभाले सेवकाईको लागि साँच्चै प्रोत्साहित गर्नुका साथै व्यावहारिक सल्लाहहरू प्रदान गर्छ। यो सभाले गर्दा हामी एकअर्कालाई मदत र प्रशिक्षण दिंदै सामूहिक साक्षीकार्यमा भाग लिन सक्छौं। (हितो. २७:१७; उप. ४:९, १०) यी सभाहरूबाट पूरापूर लाभ उठाउन हामी के गर्न सक्छौं?

२.सञ्चालकले कस्ता विषयहरूमा छलफल गर्न सक्छन्‌?

२ सञ्चालक: क्षेत्र सेवाको लागि गरिने सभामा कुन विषय छलफल गर्ने भनेर साधारणतया तोकेरै बताइएको हुँदैन। त्यसैले तपाईंले यो सभा सञ्चालन गर्दै हुनुहुन्छ भने एकदमै राम्रो तयारी गर्नुपर्छ। सधैं दैनिक पद मात्र छलफल नगर्नुहोस्‌। तर दैनिक पद सेवकाईसित सीधै सम्बन्धित छ भने समावेश गर्न सक्नुहुन्छ। त्यस दिन साक्षीकार्यमा भाग लिनेहरूसित के-कस्ता विषयमा छलफल गऱ्‍यो भने साँच्चै मदतकारी हुन्छ, विचार गर्नुहोस्‌। उदाहरणका लागि, तपाईंले कुनै प्रस्तुति छलफल गर्न सक्नुहुन्छ वा प्रदर्शन देखाउन सक्नुहुन्छ। कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिका वा क्षमता उन्‍नति गर्ने पुस्तिकाबाट वा हालैको सेवा सभाको कुनै भाग पुनरावृत्ति गर्न सक्नुहुन्छ। कुनै बेला चाहिं क्षेत्र सेवामा आउन सक्ने चुनौतीहरूको सामना कसरी गर्ने भनेर छलफल गर्न सक्नुहुन्छ। अथवा विशेष गरी थुप्रै प्रकाशकहरू पुनःभेटको लागि जाँदैछन्‌ भने बाइबलप्रति चासो जगाएर कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, छलफल गर्न सक्नुहुन्छ। जुनसुकै विषयमा छलफल गर्नुभए तापनि उत्साहित र सकारात्मक हुनुहोस्‌।

३.सभा कति लामो हुनुपर्छ र त्यस समयभित्र के-के गरिसकेको हुनुपर्छ?

३ कोही-कोही ढिलो हुनेछन्‌ भनी थाह पाउनुभए तापनि सभा समयमै सुरु गर्नुहोस्‌। प्रचारमा जाने समूहहरूलाई व्यवस्थित ढंगमा मिलाउन विवेक चलाउनुहोस्‌ र इलाका चाहिनेहरूलाई इलाकाको प्रबन्ध गर्नुहोस्‌। सभा १० देखि १५ मिनेटभन्दा लामो हुनु हुँदैन र क्षेत्र सेवाको लागि गरिने सभा मण्डलीको सभापछि राखिएको छ भने त अझै छोटो हुनुपर्छ। सभाको समापनअघि नै सबैले आफ्नो साथी को हो र कुन इलाकामा जाने, थाह पाइसकेको हुनुपर्छ। सभा सिध्याउनुअघि प्रार्थना गर्नुपर्छ।

४.क्षेत्र सेवाको लागि गरिने सभाबाट पूरापूर लाभ उठाउन सबैले के गर्न सक्छन्‌?

४ तपाईं मदत गर्न सक्नुहुन्छ: मण्डलीका अरू सभाहरूमा जस्तै यस सभामा पनि समयमै पुगेर हामीले यहोवाको आदर गरेको र अरूको ख्याल राखेको देखाउँछौं। छलफलमा भाग लिनुहोस्‌। सञ्चालकले मिलाइदिएको साथीसँगै प्रचारमा जान सक्नुहुन्छ वा सभाअघि नै आफैले साथी मिलाउन सक्नुहुन्छ। प्रचारमा जाने साथी आफै छान्‍न चाहनुहुन्छ भने हरेक चोटि आफ्नो मिल्ने साथीहरूसँग मात्र नगई विभिन्‍न प्रकाशकहरूसँग गएर “ठूला मनका” हुने प्रयास गर्नुहोस्‌। (२ कोरि. ६:११-१३) सभामा गरिएका प्रबन्धहरू सभापछि परिवर्तन गर्ने नगर्नुहोस्‌ र सभा सकिने बित्तिकै प्रचारको लागि हिंडिहाल्नुहोस्‌।

५.क्षेत्र सेवाको लागि गरिने सभाको उद्देश्‍य के हो?

५ क्षेत्र सेवाको लागि गरिने सभा र मण्डलीका अन्य सभाहरूको उद्देश्‍य एउटै हो। “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार” राख्नको लागि नै यी सभाहरूको प्रबन्ध गरिन्छ। (हिब्रू १०:२४, २५) यी सभाहरूबाट लाभ उठाउन हामीले प्रयास गऱ्‍यौं भने सेवकाईमा भाग लिंदा मदत पाउनेछौं र सेवकाई साँच्चै “सुकर्म” हो!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने