ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अक्टोबर ३०, २००६ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछ। स्कूल निरीक्षकले सेप्टेम्बर ४ देखि अक्टोबर ३०, २००६ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [नोट: प्रश्नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
वक्तृत्व कला
१. आफ्नो भाषणबारे उत्साहित हुन के कुरामा तपाईं विश्वस्त हुनै पर्छ? [ht-NP पृ. ६७, अनु. ५]
२. अनुहारको भावमा कसरी न्यानोपन देखाउन सकिन्छ? [ht-NP पृ. ६९, अनु. १३]
३. सरल दृष्टान्तहरू किन एकदमै प्रभावकारी हुन्छन्? [ht-NP पृ. ७२, अनु. ७, ८]
४. दृष्टान्तहरू चलाउँदा कस्ता खतराहरूबाट जोगिनुपर्छ? [ht-NP पृ. ७४, अनु. २०, २१]
५. के कारण हाम्रा अभिव्यक्तिहरू सर्वसाधारणले बुझ्न सक्ने बनाउनै पर्छ? [ht-NP पृ. ७६, अनु. ४]
असाइनमेन्ट न. १
६. ‘पिताको नाउँमा’ बप्तिस्मा लिनुको अर्थ के हो? [wt-NP पृ. ११३, अनु. ८]
७. ‘पुत्रको नाउँमा’ बप्तिस्मा लिनुको अर्थ के हो? [wt-NP पृ. ११३, अनु. ९]
८. परमेश्वरको संगठनलाई कसले डोऱ्याउँछ र कसरी? [wt-NP पृ. १२९, अनु. ५]
९. हामीले किन अरूको प्रशंसा गर्ने मौका खोज्नुपर्छ? [w-NP०४ १०/१ पृ. १८, अनु. १७]
१०. प्राचीन तथा सेवकाई सेवकहरू कसरी नियुक्त हुन्छन्? [wt-NP पृ. १३२, अनु. ११]
साप्ताहिक बाइबल पढाइ
११. दाऊदले कसरी ‘आमाको दूध छोडेको बालकले झैं आफ्नो प्राण शान्त’ पारे र हामी कसरी उनको अनुकरण गर्न सक्छौं? (भज. १३१:१-३, NRV)
१२. भजन १३९:७-१२ का प्रेरित शब्दहरूबाट कस्तो सान्त्वना पाउन सक्छौं?
१३. भजन १४५ मा उल्लिखित यहोवाको महानताका केही उदाहरणहरू के हुन् जसको लागि हामी उहाँलाई प्रार्थना र प्रचारकार्यमा प्रशंसा गर्न सक्छौं? (भज. १४५:३)
१४. यहोवाको डर मान्नु कुन तरिकामा “ज्ञानको शुरू” र “बुद्धिको प्रथम खुडकिलो” हो? (हितो. १:७; ९:१०)
१५. हितोपदेश ७:१, २ मा भनिएको “मेरो वचन” र “मेरा आज्ञा[मा]” के समावेश छ?