प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 जुलाई पृ. २
  • जुलाई महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
  • उपशीर्षकहरू
  • जुलाई ४ मा सुरु हुने हप्ता
  • जुलाई ११ मा सुरु हुने हप्ता
  • जुलाई १८ मा सुरु हुने हप्ता
  • जुलाई २५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९४
km94 जुलाई पृ. २

जुलाई महिनाका लागि सेवा सभाहरू

जुलाई ४ मा सुरु हुने हप्ता

गीत १४१ (६४)

१० मि.:स्थानीय घोषणाहरू र हाम्र राज्य वकाई बाट उपयुक्‍त घोषणाहरू। मण्डलीको स्टकमा उपलब्ध साना पुस्तिकाहरूको शीर्षकहरू उल्लेख गर्नुहोस्‌; सेवामा प्रयोग गर्न प्रकाशकहरूलाई ती पुस्तिकाहरू लिन प्रोत्साहित गर्नुहोस्‌। मण्डलीसित कुनै भाषामा साना पुस्तिकाहरू उपलब्ध छैनन्‌ भने त्यो भाषामा अन्य ठूलो पुस्तिकाहरू प्रयोग गर्न सुझाव दिनुहोस्‌।

१७ मि.:“ढिलासुस्ती नगरिकन घर घरको सेवकाई गर्ने।” प्रश्‍नोत्तर। श्रोतागणमध्ये ढोका-ढोका प्रचार कार्यद्वारा प्रथम सम्पर्कमा आएकाहरूलाई मूल्याङ्‌कन व्यक्‍त गर्न निम्त्याउनुहोस्‌।

१८ मि.:“सत्य सिक्न अरूलाई मदत दिनुहोस्‌।” श्रोतागणसित छलफल गर्नुहोस्‌। सुझावित दुई तीन वटा प्रस्तुतिहरू दक्ष प्रकाशकहरूद्वारा प्रदर्शन गर्ने प्रबन्ध मिलाउनुहोस्‌। संक्षिप्त, सरल भेटका फाइदाहरूमाथि जोड दिनुहोस्‌।

गीत १२० (२६) र समापन प्रार्थना।

जुलाई ११ मा सुरु हुने हप्ता

गीत ११५ (१५)

१२ मि.:स्थानीय घोषणाहरू। लेखा रिपोर्टको साथमा सोसाइटीबाट प्राप्त चन्दा मूल्याङ्‌कन अभिव्यक्‍ति पढेर सुनाउनुहोस्‌। चन्दाहरू दिनुभएकोमा सराहना गर्नुहोस्‌। (प्रस्थ. ३५:२९) ढोका-ढोकाको प्रचार कार्य अथवा पुनःभेटहरू गर्ने राम्रो मौका—सन्ध्याकालीन साक्षीमा भाग लिन प्रकाशकहरूलाई प्रोत्साहित गर्नुहोस्‌।

१५ मि.:स्थानीय आवश्‍यकताहरू। अथवा अनुभवी प्राचीनले फेब्रुअरी १५, १९९४, वाचटावर को पृष्ठ २२-५ मा दिइएको “खतराको सङ्‌केत पाउनेबित्तिकै सजग हुनुहोस्‌” लेखमा आधारित भाषण दिनुहोस्‌।

१८ मि.:“हामी फर्केर गएनौं भने तिनीहरूले कसरी सुन्‍नेछन्‌?” श्रोतागणसित छलफल गर्नुहोस्‌। अनुच्छेद ३ र ४ का सुझावहरू प्रदर्शन गर्नुहोस्‌। अध्ययनहरू स्थापना गर्ने लक्ष्य राखेर पुनःभेटहरू किन गर्नुपर्छ भनी थप टिप्पणीहरू दिनुहोस्‌।

गीत १२३ (६३) र समापन प्रार्थना।

जुलाई १८ मा सुरु हुने हप्ता

गीत १२५ (४४)

१५ मि.:स्थानीय घोषणाहरू। सप्ताहन्तमा क्षेत्र सेवाको प्रबन्ध बताउनुहोस्‌ र पत्रिका वितरण कार्यमा सहभागी हुन प्रोत्साहित गर्नुहोस्‌।

८ मि.:प्रश्‍न पेटी। प्रश्‍नोत्तर छलफल।

२२ मि.:“प्रभावकारी सडक साक्षीद्वारा जिज्ञासुहरूलाई भेट्टाउने।” सडक साक्षी कार्यमा प्रभावकारी सेवा अध्यक्ष अथवा दक्ष प्राचीनले सडक साक्षी कार्यमा अनुभवी अन्य दुई या तीन जना प्रकाशकहरूसित यो लेख छलफल गर्छन्‌। छलफलमा दुई या तीन वटा छोटो अनुभवहरू समावेश गर्न सकिन्छ। ताजा पत्रिकाहरू प्रस्तुत गर्ने तरिका देखाउनुहोस्‌।

गीत १३४ (३३) र समापन प्रार्थना।

जुलाई २५ मा सुरु हुने हप्ता

गीत १४० (७७)

१० मि.:स्थानीय घोषणाहरू। पत्रिकाका नयाँ अङ्‌कहरू प्रस्तुत गर्ने प्रदर्शनीहरू देखाउनुहोस्‌। पत्रिका वितरण कार्यमा भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

१५ मि.:“जवानहरूलाई राम्रो उदाहरण चाहिन्छ।” प्रश्‍नोत्तर। राम्रा उदाहरण बसालेका एक दुई जना जवानहरूको अन्तर्वार्ता लिनुहोस्‌। तिनीहरूले कस्ता आध्यात्मिक लक्ष्यहरू राखेका छन्‌ र तिनीहरूको प्रयासले कसरी थप आशिष्‌हरू ल्याएका छन्‌ भनी बताउन लगाउनुहोस्‌।

२० मि.:हाम्रा प्रस्तुतिहरूको प्रभावकारितालाई बढाउने। एउटा परिवारले स्कूल गाइडबुक पुस्तकको पृष्ठ ९९, अनुच्छेद ९ मा दिइएका सुझावहरूमा आधारित अभ्यास गरिरहेका छन्‌। परिवारको एक जना सदस्यले प्रस्तुति प्रदर्शन गर्छ, अरूले प्रगति गर्न सराहना र सुझाव दिन्छन्‌। तपाईंको इलाकामा भेट्टिने सामान्य अवरोध समावेश गर्नुहोस्‌ र त्यो सामना गर्ने तरिका छलफल गर्नुहोस्‌।

गीत १८७ (९३) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने