प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 अगस्त पृ. २
  • अगस्त महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
  • उपशीर्षकहरू
  • अगस्त १ मा सुरु हुने हप्ता
  • अगस्त ८ मा सुरु हुने हप्ता
  • अगस्त १५ मा सुरु हुने हप्ता
  • अगस्त २२ मा सुरु हुने हप्ता
  • अगस्त २९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९४
km94 अगस्त पृ. २

अगस्त महिनाका लागि सेवा सभाहरू

अगस्त १ मा सुरु हुने हप्ता

गीत १५९ (६७)

१५ मि.:स्थानीय घोषणाहरू र हाम्र राज्य वकाई बाट उपयुक्‍त घोषणाहरू। यस सप्ताहन्त क्षेत्र सेवकाईमा नयाँ पत्रिकाहरूबाट प्रकाश पार्न सकिने वार्तालापीय बुँदाहरू प्रदर्शन गरेर देखाउनुहोस्‌।

१५ मि.:“सकारात्मक मनोवृत्ति राख्नुहोस्‌।” प्रश्‍नोत्तर। प्रचार गरिने इलाकामा मानिसहरूले देखाएको भावशून्यता अथवा विरोधको बावजूद सकारात्मक मनोवृत्ति कसरी राख्न सकेका छन्‌ भनी बताउन अग्रगामी अथवा पुरानो प्रकाशकको अन्तर्वार्ता लिनुहोस्‌।

१६ मि.:“ठूला पुस्तिकाहरू—सेवकाईको निम्ति मूल्यवान औजारहरू।” श्रोतागणसित छलफल गर्नुहोस्‌। सुझावित प्रस्तुतिहरूको दुई वटा राम्ररी तयार गरिएको प्रदर्शनको प्रबन्ध गर्नुहोस्‌। अगस्त महिनामा प्रस्तुत गरिने केही ठूला पुस्तिकाहरू देखाउनुहोस्‌। यस हप्ता सेवकाईमा प्रयोग गर्न पुस्तिकाहरू लिन श्रोतागणलाई सम्झाउनुहोस्‌।

गीत १४२ (९३) र समापन प्रार्थना।

अगस्त ८ मा सुरु हुने हप्ता

गीत २१६ (४९)

१० मि.:स्थानीय घोषणाहरू। ईश्‍वरतान्त्रिक समाचार।

१५ मि.:“आफ्ना भाइहरूलाई राम्ररी चिन्‍नुहोस्‌।” प्रश्‍नोत्तर। अनुच्छेद ६ मा दिइएका सुझावहरू प्रयोग गर्दा अरूसित राम्ररी परिचित हुन कसरी मदत पाए भनी छोटो अनुभवहरू बताउन श्रोतागणलाई निम्त्याउनुहोस्‌।

२० मि.:अझ बढी अनौपचारिक साक्षी दिने। यस क्रियाकलापमा आफ्नो सहभागिता कसरी बढाउन सकिन्छ भनी तीन या चार जना प्रकाशकहरू छलफल गर्छन्‌। वाचटावर अक्टोबर १५, १९८७ पृष्ठ २२-७ चलाएर अरूले के गरेका छन्‌ भनी पुनरावलोकन गर्छन्‌ र यस कार्य अझ बढी कसरी गर्ने भनी तिनीहरू कुरा गर्छन्‌। सेवकाईको यस क्षेत्रमा कसरी भाग लिन सकिन्छ भनेर विचार गर्न सभापतिले श्रोतागणलाई प्रोत्साहन दिन्छन्‌।

गीत १८२ (९७) र समापन प्रार्थना।

अगस्त १५ मा सुरु हुने हप्ता

गीत १६६ (९०)

५ मि.:लेखा रिपोर्ट र चन्दा मूल्याङ्‌कन अभिव्यक्‍ति लगायत स्थानीय घोषणाहरू।

१५ मि.:“पुनःभेटहरूमा चासो खेती गर्ने।” श्रोतागणसित छलफल गर्नुहोस्‌। प्रस्तुतिहरूलाई पुनःभेट गर्न कसरी प्रयोग गर्न सकिन्छ भनी देखाउन दुई वटा ३ मिनेट लामो प्रदर्शनीहरू समावेश गर्नुहोस्‌। बाइबल अध्ययनहरू सुरु गर्ने प्रयासलाई प्रोत्साहन दिनुहोस्‌।

२५ मि.:“शिष्ट तालिकाअनुसार प्रगतिशील भएर हिंड्‌नुहोस्‌।” प्रश्‍नोत्तर।

गीत ९६ (१३) समापन प्रार्थना।

अगस्त २२ मा सुरु हुने हप्ता

गीत २१८ (१९)

१० मि.:स्थानीय घोषणाहरू।

२० मि.:म परमेश्‍वरसित कसरी नजिक हुन सक्छु? प्रदर्शनी। आमाबाबुले किशोरावस्थाका छोराछोरीसित यङ्‌ग पिपल आस्क पुस्तकको ३९ अध्याय छलफल गर्छन्‌। पृष्ठ ३१५-१८ मा “परमेश्‍वरसित तपाईंको मित्रता खुल्लमखुल्ला घोषणा गर्नुहोस्‌” भन्‍ने उपशीर्षक छलफल गर्नुहोस्‌। घर-घर जाँदा अप्ठ्यारो महसुस हुने र सभाहरू एकनासे अनि चाँडचाँडो हुने गुनासो छोराछोरीले गर्छन्‌। यहोवासित राम्रो सम्बन्ध कायम राख्ने हो भने यी क्रियाकलापहरू आवश्‍यक छन्‌ भनी शास्त्रीय सिद्धान्तहरू देखाउँदै आमाबाबुले मायालु ढङ्‌गमा तिनीहरूसित तर्क गर्छन्‌।

१५ मि.:स्थानीय आवश्‍यकताहरू अथवा द वाचटावर को अङ्‌ग्रेजी संस्करण जुलाई १, १९९१ को पृष्ठ २८-३० मा “सारा समय सुसमाचारका लागि बिताउनु” लेखमा आधारित भाषण दिनुहोस्‌। त्यही लेख द वाचटावर को जातीय मासिक संस्करणहरूमा अप्रिल १, १९९२ को पृष्ठ ३० मा प्रकाशित भएको थियो।

गीत १८४ (३६) र समापन प्रार्थना।

अगस्त २९ मा सुरु हुने हप्ता

गीत १९९ (१०५)

१३ मि.:स्थानीय घोषणाहरू। सप्ताहन्तको लागि क्षेत्र सेवकाईको प्रबन्धबारे प्रकाश पार्नुहोस्‌। गर्मी महिनामा सहायक अग्रगामी गर्न अथवा आफ्नो क्रियाकलाप बढाउन सफल भएका एक या दुई जना प्रकाशकहरूको अन्तर्वार्ता लिनुहोस्‌। अनुभव गरेको आनन्द बताउनुहोस्‌।

१५ मि.:“के तपाईं अग्रगामीहरूको दलमा पुनः भर्ती हुन सक्नुहुन्छ?” श्रोतागणसित छलफल गर्नुहोस्‌। कसै कसैले अग्रगामी सेवामा कसरी पुनः सामेल हुन सके अथवा यस अवसरको फाइदा उठाउन परिवारले एक जना सदस्यलाई कसरी मदत गरे भनी देखाउन स्थानीय अनुभवहरू समावेश गर्नुहोस्‌।

१७ मि.:सेप्टेम्बर महिनामा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रस्तुत गर्नुहोस्‌। सेप्टेम्बर महिनामा जोशिलो भएर यो पुस्तक वितरण गर्ने र अध्ययनहरू सुरु गर्ने प्रयास गर्न प्रोत्साहन दिनुहोस्‌। सन्‌ १९८२ मा यो पुस्तक विमोचन भएको थियो र त्यतिबेलादेखि नै बाइबल अध्ययनहरू सञ्चालन गर्न यसलाई प्राथमिक औजारको रूपमा प्रयोग गरिंदै आएको छ। जिल्ला सम्मेलनमा विमोचन गरिएका प्रतिहरूमा यो समाचार थियो: “हामीसित भएको आशा अरूलाई बाँड्‌न चाहिने जति कुरा यसै नयाँ पुस्तकमा छ। . . . यहोवालाई आफ्नो जीवन समर्पण गर्न र स्वीकारयोग्य ढङ्‌गमा उहाँको सेवा गर्न नयाँ व्यक्‍तिहरूले थाहा पाउनु पर्ने सबै महत्त्वपूर्ण बाइबलका सच्चाइहरू यसै पुस्तकमा छन्‌।” परिणामले देखाएअनुसार सन्‌ १९८३ मा प्रकाशकहरूको सङ्‌ख्या २६,५२,३२३ बाट बढेर सन्‌ १९९३ मा प्रकाशकहरूको सङ्‌ख्या ४७,०९,८८९ पुग्यो। यो पुस्तक अध्ययन गरेर सत्य कसरी सिके अथवा अरूलाई मदत दिन यो पुस्तक कसरी चलाए भनी बताउन श्रोतागणलाई निम्त्याउनुहोस्‌। समयले भ्याएमा यो पुस्तक प्रस्तुत गर्दा प्रकाश पार्न सकिने अन्य बुँदाहरू देखाउनुहोस्‌।

गीत १६१ (११०) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने