प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 अक्टोबर पृ. २
  • अक्टोबर महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
  • उपशीर्षकहरू
  • अक्टोबर ३ मा सुरु हुने हप्ता
  • अक्टोबर १० मा सुरु हुने हप्ता
  • अक्टोबर १७ मा सुरु हुने हप्ता
  • अक्टोबर २४ मा सुरु हुने हप्ता
  • अक्टोबर ३१ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९४
km94 अक्टोबर पृ. २

अक्टोबर महिनाका लागि सेवा सभाहरू

याद गर्नुपर्ने कुरा: हाम्रो राज्य सेवकाई ले हर हप्ता र सम्मेलन अवधिमा समेत सेवा सभाको तालिका बनाउने काम कायम राख्नेछ। आफूलाई खटाइएको “ईश्‍वरीय भय” जिल्ला सम्मेलन धाउन र त्यसपछिको हप्तामा सम्मेलन कार्यक्रमका मुख्य बुँदाहरूको ३० मिनेट पुनरावृत्ति गर्न मण्डलीहरूले आवश्‍यक काँटछाँट गर्नसक्छन्‌। उल्लेखनीय बुँदाहरूमाथि ध्यान केन्द्रित गर्न सक्ने दुई वा तीन योग्य भाइहरूलाई जिल्ला सम्मेलनको कार्यक्रम प्रत्येक दिनअनुसार पुनरावृत्ति गर्न जिम्मेवारी सुम्पिन सकिन्छ। राम्ररी तयार पारिएको यस्तो पुनरावृत्तिले व्यक्‍तिगत जीवन र क्षेत्र सेवकाईमा प्रयोग गर्नका लागि मुख्य बुँदाहरू सम्झन मण्डलीलाई मदत गर्नेछ। श्रोताहरूले दिने टिप्पणी तथा अनुभवहरू छोटो र स्पष्ट हुनुपर्छ।

अक्टोबर ३ मा सुरु हुने हप्ता

गीत २०३ (४३)

१० मि:स्थानीय घोषणाहरूका साथै हाम्रो राज्य सेवकाई बाट उपयुक्‍त घोषणाहरू।

१७ मि:“समय अहिले नै हो।” प्रश्‍नोत्तर। नोभेम्बर १९९३ हाम्रो राज्य सेवकाई को पृष्ठ ४ र ५ मा दिइएको “आध्यात्मिक लक्ष्यहरूको पिछा गर्नुहोस्‌” भन्‍ने उपशीर्षकका टिप्पणीहरू पनि समावेश गर्नुहोस्‌।

१८ मि:“अक्टोबर महिनामा ग्राहक बनाउन सजग हुनुहोस्‌।” श्रोतागणसित छलफल। वार्तालाप सुरु गर्न पत्रिकाहरूको प्रयोग कसरी गर्ने भनी देखाउन राम्ररी तयार गरिएको दुइटा प्रदर्शनी देखाउनुहोस्‌। प्रत्येक ढोकामा मानिसहरूलाई ग्राहक बन्‍न आग्रह गर्नुपर्ने महत्त्वमाथि जोड दिनुहोस्‌। घरधनीले ग्राहक बन्‍न अस्वीकार गरेमा एक-एक प्रति पत्रिकाहरू प्रस्तुत गर्नुपर्ने आवश्‍यकतामाथि जोड दिनुहोस्‌ र त्यस्ता घरधनीहरूका लागि प्रबन्ध गरिएको पत्रिका रूट सुरु गर्न अनि त्यसलाई कायम राख्न प्रोत्साहित गर्नुहोस्‌।

गीत २१२ (११०) र समापन प्रार्थना।

अक्टोबर १० मा सुरु हुने हप्ता

गीत १०४ (५७)

१० मि:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट र छ भने चन्दा प्राप्त भएको रसिद।

१५ मि:“आमाबाबु हो—समर्थन दिनुहोस्‌!” प्राचीनद्वारा अगस्त ८, १९९४, अवेक! को प्रथम तीन लेखहरूमा आधारित भाषण। विषयवस्तुको स्थानीय उपयोग बताउनुहोस्‌। स्कूलका शिक्षक अथवा अधिकारीहरूसँग कुरा गर्नुपरेको आमा या बाबुको संक्षिप्त अन्तर्वार्ता लिनुहोस्‌। आमाबाबुले कसरी आफ्ना छोराछोरीहरूलाई समर्थन गर्न सक्छन्‌ भनी जोड दिनुहोस्‌।

२० मि:स्कूलमा मसीही चालचलन। तीन वा चार किशोर-किशोरीहरू र प्राचीनबीचको छलफल। बाइबलका सिद्धान्तहरूप्रति आदरको सम्झौता गर्न हाम्रा जवानहरूले स्कूलमा विभिन्‍न दबाबहरूको सामना गर्छन्‌। धेरैजसो दबाब पढाइसित प्रत्यक्ष सम्बन्धित नभएका क्रियाकलापहरूबाट आउँछ। खेलकुद, विपरीत लिङ्‌गको व्यक्‍तिसित घुमफिर गर्न जाने र अन्य सामाजिक जमघटहरूले खतराहरू ल्याउन सक्छन्‌। स्कूल पुस्तिकाको पृष्ठ २२-५ चलाएर प्राचीनले किशोर-किशोरीहरूसित “अतिरिक्‍त क्रियाकलाप” बारे छलफल गर्छन्‌। आफूले त्यस्ता क्रियाकलापहरूमा भाग लिन दबाबहरूको सामना गर्नु परेको कुरा किशोर-किशोरीहरूले बताउँछन्‌ र प्राप्त सल्लाहको मूल्याङ्‌कन गर्छन्‌।

गीत १०८ (६९) र समापन प्रार्थना।

अक्टोबर १७ मा सुरु हुने हप्ता

गीत १९४ (१०५)

७ मि:स्थानीय घोषणाहरू।

१८ मि:भलाइ गर्नमा हरेस नखाऔं। प्राचीनद्वारा भाषण। आध्यात्मिक थकानले यहोवाको सेवामा पाएको आनन्द र जोशलाई कम पार्नसक्छ। जनवरी १५, १९८६, वाचटावर को पृष्ठ १९ मा दिइएको (पेटीका) सुझावहरू चलाउँदै हाम्रो आध्यात्मिक बललाई पुनः ताजा बनाउने केही तरिकाहरूको पुनरावृत्ति गर्नुहोस्‌। मण्डलीका क्रियाकलापहरूलाई पूर्ण हृदयले समर्थन गर्न जोड दिनुहोस्‌।

२० मि:“चासो देखाउनेहरूलाई प्रेमपूर्वक मदत गर्नुहोस्‌।” श्रोतागणसित छलफल। सुझावित प्रस्तुतिहरूमा आधारित दुइटा प्रदर्शनीहरूको प्रबन्ध मिलाउनुहोस्‌। उपयुक्‍त भएमा पहिलो भेटमा एक वा दुई प्रति पत्रिका मात्र स्वीकार्ने घरधनीलाई पुनःभेट गर्दा तिनलाई ग्राहक बन्‍न आग्रह गर्न सकिन्छ भनेर उल्लेख गर्नुहोस्‌। बाइबल अध्ययन सुरु गर्ने लक्ष्य मनमा राख्न श्रोताहरूलाई प्रोत्साहित गर्नुहोस्‌।

गीत १५६ (११८) र समापन प्रार्थना।

अक्टोबर २४ मा सुरु हुने हप्ता

गीत १४१ (६४)

१२ मि:स्थानीय घोषणाहरू। “प्रकाश चरमोत्कर्ष पुस्तक फेरि अध्ययन गर्ने” लेखको पुनरावृत्ति गर्नुहोस्‌। पहिले नै अध्ययन गरेर नियमित तवरले सभा धाउनु पर्ने आवश्‍यकताबारे सबैलाई सम्झाउनुहोस्‌। हाम्रो मण्डली पुस्तक अध्ययन तालिका अब संसारभरि व्याप्त हाम्रा धेरैजसो भाइहरूको तालिकासँग मिल्दोजुल्दो छ भन्‍ने तथ्यमाथि ध्यानाकर्षण गर्नुहोस्‌।

१५ मि:के तपाईंको स्थायी अर्डर छ? प्रहरीधरहरा र अवेक! राज्य समाचार फैलाउने ठूलो सहायक पत्रिकाहरू हुन्‌। हामीले हर मौकामा ती प्रस्तुत गर्नुपर्छ। हरेक प्रकाशकले “प्रत्येक अङ्‌कको आफूलाई चाहिने प्रति तोकेर पत्रिकाको निश्‍चित माग गर्नुपर्छ” भनेर अप्रिल १९८४ को हाम्रो राज्य सेवकाई, पृष्ठ ५, अनु. १८ ले सुझाव दिएको थियो। अन्यथा अरूलाई दिन आफूसित कुनै नयाँ अङ्‌कहरू नहुँदा पर्चा र पुस्तिकाहरूमाथि भर पर्नु पर्ने हुन्छ। परिवारको प्रत्येक सदस्यको स्थायी अर्डर भएमा बेस हुनेछ। आफ्नो अर्डर पत्रिका काउन्टरमा दिनुहोस्‌। त्यसपछि हर हप्ता पत्रिका लिन नभुल्नुहोस्‌। स्थायी अर्डर दिंदा हुने फाइदाहरू उल्लेख गर्नुहोस्‌।

१८ मि:“निरन्तर स्तुतिका बलिदानहरू चढाएर—पहिले राज्यको खोजी गर्नुहोस्‌।” प्रश्‍नोत्तर। व्यक्‍तिगत तवरमा हामीले राख्न सक्ने केही फाइदाजनक लक्ष्यहरू उल्लेख गर्नुहोस्‌। अरूलाई अझ धेरै गर्न हामीले मदत दिन सक्ने तरिकाहरू छलफल गर्नुहोस्‌।

गीत १७१ (५९) र समापन प्रार्थना।

अक्टोबर ३१ मा सुरु हुने हप्ता

गीत १६९ (२८)

१२ मि:स्थानीय घोषणाहरू। नोभेम्बर र डिसेम्बर महिनामा सरकारी बिदाहरू हुने भएकोले सबैलाई सहायक अग्रगामी गर्नेबारे सोच्न प्रोत्साहित गर्नुहोस्‌। सहायक अग्रगामी गर्न यथेष्ट समय कसरी निकाल्न सकिन्छ भनेर केही सुझावहरू दिनुहोस्‌।

१५ मि:स्थानीय आवश्‍यकताहरू। अथवा मे १५, १९९४, वाचटावर, पृष्ठ २१-३ का अर्धमासिक संस्करणहरूमा पाइने “के तपाईं धैर्य धारण गर्न सक्नुहुन्छ?” भन्‍ने लेखबाट प्राचीनद्वारा भाषण।

१८ मि:नोभेम्बर महिनाको प्रस्तुतिका लागि तयार हुनुहोस्‌। हामीले भेटेका मानिसहरूसित बाइबलको कुनै ज्ञान छैन तर बाइबल पढ्‌न वा त्यसबारे अझै धेरै सिक्न इच्छुक छन्‌ भने तिनीहरूलाई न्यु वर्ल्ड ट्रान्सलेशन दिनुपर्छ। किनभने यो बाइबल उपयुक्‍त, पढ्‌न सजिलो, आधुनिक अङ्‌ग्रेजीमा हुनुका साथै त्यसमा सन्दर्भ सामग्रीहरू र अध्ययन सहायकहरू पनि छन्‌। बाइबल हुनेहरूलाई हामीले न्यु वर्ल्ड ट्रान्सलेशन किन अरूभन्दा उत्तम छ भनेर देखाउनुपर्छ। यसका लागि “अल स्क्रिप्चर इज इन्सपायर्ड अफ गड एण्ड बेनेफिशियल” (पृष्ठ ३२७-८, अनु. १-६) पुस्तक देखाउनुहोस्‌। यहोवाको नाउँ किन प्रयोग गरिएको भनी बताउनु हुँदै आधुनिक भाषा प्रयोग गर्दा हुने फाइदाहरूका केही उदाहरणहरू दिनुहोस्‌। तुरुन्तै परिचित शास्त्रपदहरू पत्ता लगाउन प्रयोग गर्न सकिने “बाइबलका शब्दहरूको अनुक्रमणिका” र बाइबलपछाडि दिइएको यस्तै अन्य मदतकारी विशेषताहरू देखाउनुहोस्‌। “बाइबलका पुस्तकहरूको तालिका” ले कुन पुस्तक कसले, कहाँ, कतिबेला लेखे र कति समयावधि त्यसले ढाक्यो भनेर देखाउँछ। त्यसपछि रीजनिङ्‌ग पुस्तक (पृष्ठ ५९ “बाइबलको भविष्यवाणीले विश्‍व परिस्थितिको अर्थ बताउँछ” उपशीर्षक) देखाएर कसरी यूहन्‍ना १७:३ र भजनसंग्रह ३७:१०, ११, २९ मा आधारित शास्त्रीय छलफल सुरु गर्न सकिन्छ भनेर छलफल गर्नुहोस्‌। स्थानीय इलाकामा न्यु वर्ल्ड ट्रान्सलेशन र द बाइबल—गड्‌स वर्ड अर म्यान्स? पुस्तक कसरी प्रस्तुत गर्न सकिन्छ भनी देखाउन दक्ष प्रकाशकलाई प्रदर्शनी गर्न लगाउनुहोस्‌। दोस्रो प्रदर्शनीमा, प्रकाशकले मण्डलीमा उपलब्ध एक वा एकभन्दा बढी पुस्तिकाहरू अथवा १९२ पन्‍ने पुस्तक प्रस्तुत गर्नुपर्छ।

गीत १३६ (६१) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने