प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 अक्टोबर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९४
km94 अक्टोबर पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू

अक्टोबर: अवेक! अथवा प्रहरीधरहरा को ग्राहक बनाउने। अर्धमासिक संस्करणहरूका लागि वार्षिक ग्राहक शुल्क दर रु. ६०.००। मासिक संस्करणहरूका लागि वार्षिक ग्राहक र अर्धमासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक शुल्क दर रु. ३०.००। मासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक सुविधा छैन। कृपया याद गर्नुहोस्‌: कन्‍नडा, तामिल, तेलगू, मराठी र मल्यालम भाषाहरूमा अर्धमासिक वाचटावर को ग्राहक बन्‍न सकिन्छ; उर्दू, गुजराती, बङ्‌गाली, नेपाली र हिन्दी भाषाहरूमा मासिक पत्रिकाको ग्राहक बन्‍न सकिन्छ। त्यस्तैगरि तामिल र मल्यालम भाषाहरूमा अर्धमासिक अवेक! को ग्राहक बन्‍न सकिन्छ; कन्‍नडा, गुजराती र तेलगू भाषाहरूमा मासिक पत्रिकाको ग्राहक बन्‍न सकिन्छ। वितरणका लागि बङ्‌गाली, मराठी, नेपाली र हिन्दी भाषाहरूमा त्रैमासिक रूपमा मण्डलीहरूमा अवेक! पत्रिका उपलब्ध छ तर यी चार भाषाहरूमा व्यक्‍तिगत ग्राहक सुविधा भने उपलब्ध छैन।

नोभेम्बर: न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स र द बाइबल—गड्‌स वर्ड अर म्यान्स? पुस्तक एकसाथमा। अङ्‌ग्रेजी बाहेक अन्य भाषाहरूमा स्कूल पुस्तिका बाहेक अन्य कुनै पुस्तिका वा कुनै पनि १९२ पृष्ठ भएको पुस्तक प्रस्तुत गर्न सकिन्छ।

डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चन्दास्वरूप रु. ४०.०० मा। स्टकमा छैन वा परिस्थितिवश अरू कुनै पुस्तक प्रस्तुत गर्नुपरेमा माइ बुक अफ बाइबल स्टोरिज अथवा तपाईं सधैंभरि पार्थिव प्रमोदवनमा बाँच्न सक्नु हुन्छ त्यति नै चन्दामा प्रस्तुत गर्न सक्नुहुन्छ (सानो साइजको सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक, रु. २०.०० मात्र)।

जनवरी: १९२ पृष्ठ भएको कुनै पनि पुरानो पुस्तकको विशेष प्रस्तुति प्रति गोटा छ रुपैया चन्दामा।

◼ मण्डलीसँग सम्बन्धित सबै व्यक्‍तिले वाचटावर र अवेक! को नयाँ र नविकरण गरेका ग्राहक पुर्जीहरू सोसाइटीलाई सोझै नपठाई मण्डली मार्फत पठाउनुपर्छ।

◼ हाम्रो राज्य सेवकाई मा भएको परिशिष्टाङ्‌क “१९९५ का लागि ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको तालिका” हो। तालिका हेर्न १९९५ सालभरि त्यसलाई राख्नुपर्छ। सन्‌ १९९४ को तालिकामा फेब्रुअरी २०, १९९५ सम्मका लागि विषयवस्तु दिइएको भए तापनि १९९५ को तालिका जनवरी २, १९९५ देखि सुरु भएको तपाईंले पाउनु हुनेछ। यसरी केही अंश ढाक्नुको कारण, दशकौंदेखि चलिआए जस्तैगरि दुई महिना पछाडिदेखि सुरु गर्नुको सट्टा अब हामी जनवरी १९९५ देखि ब्रुकलिनको मुख्य तालिकाअनुसार चल्नेछौं। फलस्वरुप १९९४ को तालिकामा फेब्रुअरी २० को हप्तामा हुने लिखित पुनरावृत्ति लगायत जनवरी र फेब्रुअरीका लागि दिइएको तालिका प्रयोगमा ल्याइने छैनन्‌। त्यसमा भएका विषयवस्तुका बुँदाहरूलाई आउँदो सभाहरूमा प्रस्तुत गर्न जे जस्तो गर्न सकिन्छ, त्यो पाठशाला निरीक्षकले गर्ने नै छन्‌ तर जनवरी २, १९९५ देखि सबै मण्डलीहरूले १९९४ तालिकालाई छाडेर यस पत्रिकामा दिइएको १९९५ तालिकालाई प्रयोगमा ल्याउन थाल्नुपर्छ। अबदेखि गत वर्षहरूमाझैं मार्चदेखि फेब्रुअरीसम्म नभइ जनवरी देखि डिसेम्बरसम्म पाठशालाको तालिका चल्नेछ। संसारका हाम्रा अधिकांश भाइहरूले चलाउने पाठशालाको जस्तै तालिका १९९५ देखि प्रयोगमा ल्याउन पाएकोमा हामी औधी खुशी छौं।

◼ बिल्लाको प्लास्टिक होल्डरको अर्डर गर्ने सम्बन्धमा कृपया अप्रिल १९९४ हाम्रो राज्य सेवकाई को अन्तिम घोषणा पुनरावृत्ति गर्नुहोस्‌।

◼ ठूलो गीति पुस्तकको मूल्य प्रकाशकहरूका लागि रु. ६०.०० र अग्रगामीहरूका लागि रु. ४५.०० मात्र।

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

कन्‍नडा, गुजराती, मराठी र हिन्दी: जेहोभाज्‌ विट्‌नेसेज्‌ इन द ट्‌वेन्टीयथ सेन्च्युरी।

◼ पुनः उपलब्ध प्रकाशनहरू:

अङ्‌ग्रेजी: न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स—नियमित साइजमा (bi12), सिङ्‌ग प्रेजेज टु जेहोभा—ठूलो साइजमा; कन्‍नडा: अ सिक्योर फ्युचर—हाउ यु क्यान फाइण्ड इट; फ्रम कुरुक्षेत्र टु आरमागेडोन—एण्ड योर सर्भाइभल, मुक्‍ति तर्फ लैजाने ईश्‍वरीय सत्यको मार्ग; नेपाली: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!; बङ्‌गाली: फ्रम कुरुक्षेत्र टु आरमागेडोन—एण्ड योर सर्भाइभल, के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?; हिन्दी: अ सिक्योर फ्युचर—हाउ यु क्यान फाइण्ड इट।

◼ स्टकमा नभएका प्रकाशनहरू:

अङ्‌ग्रेजी: हाउ टु फाइण्ड द रोड टु पारडाइज (पर्चा); जेहोभाज्‌ विट्‌नेसेज्‌—प्रोक्लेमर्स अफ गड्‌स किङ्‌गडम; गुजराती: के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?, “दिस गुड न्युज अफ द किङ्‌गडम”; तामिल: मेकिङ्‌ग योर फ्यामलि लाइफ ह्‍याप्पि; मल्यालम: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?; हिन्दी: हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ?, “दिस गुड न्युज अफ द किङ्‌गडम”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने