सन् १९९५ का लागि ईश्वरतान्त्रिक सेवकाई पाठशालाको तालिका
निर्देशन
सन् १९९५ को दौडान ईश्वरतान्त्रिक सेवकाई पाठशालाको प्रबन्ध निम्नानुसार हुनेछ।
पाठ्यपुस्तक: भाषणहरूका लागि द न्यु वर्ल्ड ट्रान्सलेशन [bi12], युनाइटेड इन वर्शिप अफ दी ओन्ली ट्रु गड, “अल स्क्रिप्चर इज इन्स्पायर्ड अफ गड एण्ड बेनेफिशियल” (१९९० संस्करण) [si], आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष [gt], र न्यु वर्ल्ड ट्रान्सलेशन मा दिइएको “बाइबल टपिक्स फर डिस्कशन” [*td] लाई आधार मानिनेछ।
गीत, प्रार्थना तथा स्वागत टिप्पणीहरूद्वारा पाठशाला सुरु भएपछि यसप्रकार कार्यक्रम अघि बढ्नेछ:
भाषण न. १: पन्ध्र मिनेट। युनाइटेड इन वर्शिप अफ दी ओन्ली ट्रु गड अथवा “अल स्क्रिप्चर इज इन्सपायर्ड अफ गड एण्ड बेनेफिशियल” मा आधारित यो भाषण प्राचीन वा सहायक सेवकले दिनेछ। दसदेखि १२ मिनेटसम्म निर्देशन भाषण दिएपछि पुस्तकको मुद्रित प्रश्नहरू चलाउँदै ३-५ मिनेट मौखिक पुनरावृत्ति गरेर यो भाग पूरा गर्नुपर्छ। भाषणको उद्देश्य विषयवस्तुलाई ढाक्ने मात्र नभइ मण्डलीलाई सबैभन्दा मदतकारी हुने बुँदालाई जोड दिंदै छलफल गरिएका कुराहरूको व्यवहारिकता माथि ध्यान केन्द्रित गराउनु हो। दिइएको शीर्षकलाई चलाउनुहोस्। भाषणको विषयवस्तुबाट पूर्णतया लाभ उठाउन सबैलाई राम्ररी अग्रिम तयारी गर्न प्रोत्साहित गरिन्छ।
यस भाषण दिन नियुक्त गरिएको भाइले निर्धारित समयभित्र भाषण सिध्याउनुपर्छ। आवश्यक परेमा अथवा वक्ताले अग्रिम अनुरोध गरेमा व्यक्तिगत सल्लाह दिन सकिन्छ।
बाइबल पढाइका विशेषताहरू: छ मिनेट। पाठशाला निरीक्षक वा कुनै प्राचीन वा स्थानीय आवश्यकताअनुसार विषयवस्तुलाई प्रभावकारी ढङ्गमा प्रस्तुत गर्नसक्ने सहायक सेवकले यो भाग सँभाल्नुपर्छ। यो भाषण निर्धारित पढाइको सारांश मात्र हुनुहुँदैन। निर्धारित अध्यायहरूको साधारण रूपरेखा बताउन आधादेखि एक मिनेट मात्र लिनुहोस्। यस भाषणको मुख्य उद्देश्य बाइबलमा दिइएको जानकारी किन र कसरी लाभदायी छ भनेर श्रोतागणलाई बुझाउनु हो। त्यसपछि पाठशाला निरीक्षकले विद्यार्थीहरूलाई आ-आफ्नो कक्षाकोठामा पठाउनेछन्।
भाषण न. २: पाँच मिनेट। यो भाषण कुनै भाइद्वारा गरिने निर्धारित भागको बाइबल पढाइ हो। यो प्रबन्ध मुख्य पाठशालाका साथै अन्य कोठामा सञ्चालित कक्षाहरूमा लागू हुनेछ। पढ्नु पर्ने भाग प्रायजसो छोटो हुने हुँदा विद्यार्थीले भाषणको सुरुआत र अन्तमा संक्षिप्त टिप्पणीहरू दिन सक्छन्। त्यस्ता टिप्पणीहरूमा ऐतिहासिक पृष्ठभूमि, भविष्यसूचक अथवा सैद्धान्तिक महत्त्व र सिद्धान्तहरूको उपयोग समावेश गर्न सकिन्छ। दिइएका सबै पदहरूलाई बीचमा कतै नरोकी पढ्नुपर्छ। तर पढ्नु पर्ने पदहरू क्रमानुसार छैनन् भने कहाँदेखि पढ्नु पर्ने हो, त्यसको उल्लेख विद्यार्थीले अवश्य गर्नसक्छन्।
भाषण न. ३: पाँच मिनेट। यो भाषण बहिनीहरूले दिनेछन्। यस भाषणको विषयवस्तु आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष वा न्यु वर्ल्ड ट्रान्सलेशन मा दिइएको “बाइबल टपिक्स फर डिसकशन” मा आधारित हुनेछ। यो भाषण दिने विद्यार्थी साक्षर हुनुपर्छ। विद्यार्थीले उभिएर वा बसेर नै भाषण दिनसक्छन्। पाठशाला निरीक्षकले एक जना सहायक नियुक्त गर्नेछन् तर थप सहायकहरूको प्रयोग गर्न पनि सकिन्छ। यो भाषण दिने बहिनीहरूले व्यवहारिक भूमिकामा र अझ विशेषगरि क्षेत्र सेवकाई वा अनौपचारिक प्रचारलाई आधार बनाएर शीर्षक र विषयवस्तु तयार पार्नु आवश्यक छ। तर भूमिकाभन्दा विषयवस्तुलाई प्रभावकारी ढङ्गमा प्रयोग गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ।
भाषण न. ४: पाँच मिनेट। न्यु वर्ल्ड ट्रान्सलेशन मा दिइएको “बाइबल टपिक्स फर डिस्कशन” मा आधारित यो भाषण भाइ वा बहिनीले दिनेछन्। यो भाग कुनै भाइलाई दिइएको छ भने तिनले सारा श्रोतागणलाई सम्बोधन गर्दै भाषण दिनुपर्छ। राज्य भवनमा उपस्थित श्रोतालाई ध्यानमा राखेर भाइले यो भाषण तयार गर्नु बेस हुनेछ। यसो गर्दा साँच्चै नै सुन्नेहरूका लागि भाषण जानकारीमूलक र लाभकारी साबित हुनेछ। यो भाषण कुनै बहिनीलाई दिइएको छ भने, तिनले भाषण न. ३ का लागि दिइएको सल्लाहअनुरूप प्रस्तुत गर्नुपर्छ।
सल्लाह तथा टिप्पणी: प्रत्येक विद्यार्थीले भाषण दिएपछि पाठशाला निरीक्षकले खास सल्लाह दिनेछ। तर त्यो वाक्कौशल सल्लाह सूचीमा उल्लिखित सल्लाहको क्रमानुसार हुनुपर्छ भन्ने छैन। बरु तिनले ती क्षेत्रहरूमा विशेष ध्यान दिनुपर्छ जहाँ विद्यार्थीले उन्नति गर्नु आवश्यक छ। विद्यार्थी “G” [राम्रो] पाउन योग्य छ र वाक्कौसलको अरू कुनै बुँदामा “I” [उन्नति] वा “W” [फेरि मेहनत गर्नुहोस्] चिह्न लगाइएको छैन भने अर्को पटक भाषण दिंदा विद्यार्थीले वाक्कौशलको जुन बुँदामाथि काम गर्नेछ त्यसै बुँदाको “G,” “I,” “W” चिह्न लगाउने पेटीमा गोलाकार कोर्नुपर्छ। त्यसै साँझ तिनले विद्यार्थीलाई सल्लाह दिनेछन् र अर्को ईश्वरतान्त्रिक पाठशाला दत्तकार्य पर्चीमा (S-89) त्यसको उल्लेख गर्नेछन्। भाषण दिने व्यक्तिहरू भवनको अगाडि राखिएका कुर्सीहरूमा बस्नु पर्छ। यसो गर्दा समयको बचत हुनुको साथै पाठशाला निरीक्षकले प्रत्येक विद्यार्थीलाई सोझै हेरेर सल्लाह दिनसक्छन्। मौखिक सल्लाह दिएपछि समयले भ्याएमा विद्यार्थीले छुटाएका जानकारीमूलक अनि व्यवहारिक बुँदाहरूमाथि सल्लाहकारले टिप्पणी दिनसक्छन्। प्रत्येक विद्यार्थी भाषणपश्चात् सल्लाह दिन अनि संक्षेपमा थप टिप्पणीहरू गर्न जम्माजम्मी दुई मिनेट मात्र लिन सकिन्छ। बाइबल पढाइका विशेषताहरूको प्रस्तुति आशा गरे जस्तो नभएमा व्यक्तिगत सल्लाह दिन सकिन्छ।
भाषणहरूको तयारी: आफ्नो भाषण तयारी गर्नुअघि आफूले काम गर्नु पर्ने वाक्कौशलको गुणबारे विद्यार्थीले स्कूल गाइडबुक बाट राम्ररी पढ्नुपर्छ। दोस्रो भाषण दिने विद्यार्थीहरूले आफूले पढ्नु पर्ने बाइबलको भागसित सम्बन्धित उपयुक्त विषय रोज्नु बेस हुनेछ। अरू भाषणहरूलाई चाहिं मुद्रित तालिकामा दिइएको शीर्षकअनुसार नै तयार गर्नुपर्छ।
समय: कुनै पनि भाषण अथवा सल्लाहकारको सल्लाह र टिप्पणी तोकिएको समयभन्दा लामो हुनु हुँदैन। भाषण न. २, ३ र ४ हरूले तोकिएभन्दा बढी समय लिन थालेमा शिष्टतापूर्वक बीचैमा रोक्नुपर्छ। रोक्ने सङ्केत दिन खटाइएको व्यक्तिले तुरुन्तै रोकिहाल्नुपर्छ। पहिलो भाषण र बाइबल पढाइका विशेषताहरू प्रस्तुत गर्ने भाइहरूले बढी समय लिएमा व्यक्तिगत सल्लाह दिनुपर्छ। सबैले होशियारीपूर्वक आफ्नो समयको ख्याल राख्नुपर्छ। गीत र प्रार्थना बाहेक बाँकि सम्पूर्ण कार्यक्रम ४५ मिनेटको हुनेछ।
लिखित पुनरावृत्ति: समय समयमा लिखित पुनरावृत्ति गरिनेछ। यसको लागि तयारी गर्दा तोकिएको विषयवस्तुको पुनरावृत्ति अनि तालिकाअनुसार दिइएको बाइबल पढाइलाई पूरा गर्नुहोस्। पच्चीस मिनेटको यस पुनरावृत्तिमा बाइबल मात्र चलाउन सकिन्छ। बाँकि रहेको समय प्रश्नोत्तर छलफलमा प्रयोग गरिनेछ। प्रत्येक विद्यार्थीले आफै उत्तरपत्र जाँच गर्नेछन्। पाठशाला निरीक्षकले स्रोताहरूसित पुनरावृत्तिका लागि दिइएको प्रश्नहरू छलफल गर्नेछन् र अलिक गाह्रो प्रश्नहरूमाथि बढी ध्यान दिएर सबैलाई राम्ररी जवाफ बुझ्न मदत गर्नेछन्। कारणवश स्थानीय कारणहरूले गर्दा आवश्यक देखिएमा लिखित पुनरावृत्तिलाई तालिकामा तोकिएको समयभन्दा एक हप्ता पछाडि सार्न सकिन्छ।
ठूला मण्डलीहरू: पचास वा सोभन्दा बढी विद्यार्थीहरू हुने मण्डलीहरूले विद्यार्थीहरूलाई अन्य सल्लाहकारहरू समक्ष तोकिएको भाषण दिन थप समूहहरूको प्रबन्ध गर्न सक्छन्। बप्तिस्मा नलिएको तर मसीही सिद्धान्तअनुरूप जीवन बिताउने व्यक्तिहरू पनि पाठशालामा भर्ना भएर अवश्य भाषण दिनसक्छन्।
गयल हुनेहरू: मण्डलीका सबैले हरेक हप्ता उपस्थित भएर, आफूलाई दिइएको भाषणहरूको तयारी गरेर अनि प्रश्नोत्तर कार्यक्रममा भाग लिएर यस पाठशालाप्रति मूल्याङ्कन व्यक्त गर्नसक्छन्। सबै विद्यार्थीहरूले आफूलाई दिइएको भाषणलाई इमानदारीपूर्वक दिनेछन् भनी हामी आशा गर्छौं। तालिकाअनुसार उपस्थित हुनुपर्ने विद्यार्थी अनुपस्थित भएमा अरू कसैले स्वेच्छापूर्वक सो भाषण दिन सक्छन्। कम समयमा तयारी गर्नुपरेको हुँदा तिनले आफ्नो क्षमताअनुसार सो भाषण दिनसक्छन्। अथवा सुहाउँदो मात्रामा श्रोतागणसित प्रश्नोत्तर गरेर पाठशाला निरीक्षकले सो विषयवस्तु प्रस्तुत गर्नसक्छन्।
तालिका
*td – न्यु वर्ल्ड ट्रान्सलेशन मा दिइएको “बाइबल टपिक्स फर डिस्कशन”
जनवरी २ बाइबल पढाइ: भजनसंग्रह ११९:११३-१७६
गीत न. १२७
न. १: ठूलो भीडको चिनारी (uw पृ. १०३-४ अनु. १-४)
न. २: भजनसंग्रह ११९:१६१-१७६
न. ३: येशूलाई किन “त्यो मानिस” भनिएको (gt अध्य. १२३)
न. ४: *td 32A मानिसको भाग्य पहिले नै लेखिएको हुँदैन
जनवरी ९ बाइबल पढाइ: भजनसंग्रह १२० देखि १३०
गीत न. २६
न. १: अरू भेडाले प्रकट गर्नुपर्ने गुणहरू (uw पृ. १०५ अनु. ५)
न. २: भजनसंग्रह १२२:१–१२३:४
न. ३: पिलातस किन येशूसँग डराए (gt अध्य. १२४)
न. ४: *td 33A येशूको मानव जीवन सबैको छुडौतीको मोल हो
जनवरी १६ बाइबल पढाइ: भजनसंग्रह १३१ देखि १३६
गीत न. १२९
न. १: ठूलो भीड किन महासङ्कष्टेदखि बच्छ (uw पृ. १०६-९ अनु. ६-१३)
न. २: भजनसंग्रह १३२:१-१८
न. ३: मानवजातिप्रति येशूको प्रेमका प्रमाणहरू (gt अध्य. १२५)
न. ४: *td 33B येशूले छुडौतीको मोल किन तिर्न सक्नु हुन्छ
जनवरी २३ बाइबल पढाइ: भजनसंग्रह १३७ देखि १४०
गीत न. २०५
न. १: पृथ्वीमा आज किन कम राज्य उत्तराधिकारीहरू छन् (uw पृ. ११०-१२ अनु. १-७)
न. २: भजनसंग्रह १३७:१–१३८:८
न. ३: येशू अन्तसम्मै कसरी उदाहरणीय हुनुहुन्थ्यो (gt अध्य. १२६)
न. ४: *td 34A एकमात्र साँचो धर्मलाई कसरी चिन्ने
जनवरी ३० बाइबल पढाइ: भजनसंग्रह १४१ देखि १४५
गीत न. १६५
न. १: भजनसंग्रह—किन लाभदायी—भाग १ (si पृ. १०४-५ अनु. २३-७)
न. २: भजनसंग्रह १४४:१-१५
न. ३: येशूको चिहान र त्यो चिहान रित्तो हुनु हाम्रो निम्ति चासोको कुरा किन हो (gt अध्य. १२७)
न. ४: *td 34B झूटा शिक्षाहरूको निन्दा गर्नु के गलत कुरा हो?
फेब्रुअरी ६ बाइबल पढाइ: भजनसंग्रह १४६ देखि १५०
गीत न. १०२
न. १: भजनसंग्रह—किन लाभदायी—भाग २ (si पृ. १०५-६ अनु. २८-३२)
न. २: भजनसंग्रह १४८:१-१४
न. ३: येशूको पुनरुत्थानको आनन्द (gt अध्य. १२८)
न. ४: *td 34C कहिले धर्म परिवर्तन गर्दा परमेश्वरले अनुमोदन दिनु हुन्छ
फेब्रुअरी १३ बाइबल पढाइ: हितोपदेश १ र २
गीत न. १८५
न. १: हितोपदेशको परिचय—भाग १ (si पृ. १०६-७ अनु. १-५)
न. २: हितोपदेश २:१-१९
न. ३: पुनरुत्थानमाथिको विश्वासलाई कसरी सुदृढ पारिन्छ (gt अध्य. १२९)
न. ४: *td 34D के परमेश्वरलाई सबै धर्म असल लाग्छ?
फेब्रुअरी २० बाइबल पढाइ: हितोपदेश ३ र ४
गीत न. २००
न. १: हितोपदेशको परिचय—भाग २ (si पृ. १०७-८ अनु. ६-११)
न. २: हितोपदेश ३:१-१८
न. ३: प्रेम कसरी देखाउने भनेर येशू बताउनु हुन्छ (gt अध्य. १३०)
न. ४: *td 35A मृत्युबाट कसलाई बिउँताइनेछ?
फेब्रुअरी २७ बाइबल पढाइ: हितोपदेश ५ र ६
गीत न. ११
न. १: आफू आध्यात्मिक पुत्रहरू हुन् भनी तिनीहरूले कसरी थाह पाउँछन्? (uw पृ. ११२-१६ अनु. ८-१४)
न. २: हितोपदेश ६:१-१९
न. ३: आफ्ना चेलाहरूलाई येशूले कसरी सुदृढ पार्नुहुन्छ (gt अध्य. १३१)
न. ४: *td 35B मृतकहरूको पुनरुत्थान कहाँ हुन्छ?
मार्च ६ बाइबल पढाइ: हितोपदेश ७ र ८
गीत न. १०५
न. १: यहोवाको दृश्य सङ्गठनको चिनारी (uw पृ. ११७-२० अनु. १-७)
न. २: हितोपदेश ८:२२-३६
न. ३: परमेश्वरको दाहिने हातमा बस्नुभएर येशूले के गर्नुहुन्छ (gt अध्य. १३२)
न. ४: *td 36A ख्रीष्टको पुनरागमन अदृश्य छ
मार्च १३ बाइबल पढाइ: हितोपदेश ९ र १०
गीत न. २२४
न. १: परिचालक निकायको शास्त्रीय भूमिका (uw पृ. १२०-२२ अनु. ८-१२)
न. २: हितोपदेश १०:१६-३२
न. ३: येशू किन आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान पुरुष हुनुहुन्छ (gt अध्य. १३३)
न. ४: *td 36B लौकिक घटनाहरूद्वारा ख्रीष्टको पुनरागमन थाहा लागिन्छ
मार्च २० बाइबल पढाइ: हितोपदेश ११ र १२
गीत न. ३८
न. १: परमेश्वरको सङ्गठनप्रति हाम्रो मूल्याङ्कन विश्लेषण गर्ने (uw पृ. १२३-४ अनु. १३, १४)
न. २: हितोपदेश ११:१-१४
न. ३: किन सबैले महान पुरुष पुस्तक पढ्नुपर्छ (gt पुस्तकको भूमिकालाई तयारी गर्नुहोस्)
न. ४: *td 37A मसीहीहरूले किन विश्राम दिन मान्नु आवश्यक छैन
मार्च २७ बाइबल पढाइ: हितोपदेश १३ र १४
गीत न. १३९
न. १: सल्लाह किन सुन्ने? (uw पृ. १२५-७ अनु. १-४)
न. २: हितोपदेश १४:१-१६
न. ३: *td 37B विश्राम दिनको नियम मसीहीहरूलाई दिइएको थिएन
न. ४: *td 37C परमेश्वरको विश्राम दिन कहिले सुरु र अन्त हुन्छ
अप्रिल ३ बाइबल पढाइ: हितोपदेश १५ र १६
गीत न. ५९
न. १: सल्लाह स्वीकार्नेहरूको उदाहरण अनुकरण गर्नुहोस् (uw पृ. १२७-८ अनु. ५, ६)
न. २: हितोपदेश १५:१-१६
न. ३: *td 38A परमेश्वरले ख्रीष्टद्वारा मात्र छुटकारा दिनुहुन्छ
न. ४: *td 38B “एक पटक बचियो भने सधैं बचिन्छ” भन्ने सिद्धान्तको शास्त्रीय आधार छैन
अप्रिल १० बाइबल पढाइ: हितोपदेश १७ र १८
गीत न. १६३
न. १: अमूल्य गुणहरूको खेती गर्नुहोस् (uw पृ. १२८-३१ अनु. ७-१४)
न. २: हितोपदेश १८:१-१५
न. ३: *td 38C “सर्वव्यापी छुटकारा” को शास्त्रीय आधार छैन
न. ४: *td 39A पाप के हो
अप्रिल १७ बाइबल पढाइ: हितोपदेश १९ र २०
गीत न. ३५
न. १: प्रेमले साँचो मसीहीको चिनारी दिन्छ (uw पृ. १३२-३ अनु. १-५)
न. २: हितोपदेश १९:८-२३
न. ३: *td 39B किन सबै मानवजातिले आदमको पापको दुःख भोग्छन्
न. ४: *td 39C निषेधित फल के थियो?
अप्रिल २४ लिखित पुनरावृत्ति। सम्पूर्ण भजनसंग्रह ११९:११३ देखि हितोपदेश २० सम्म
गीत न. ६
मे १ बाइबल पढाइ: हितोपदेश २१ र २२
गीत न. ९५
न. १: समस्या खडा हुँदा के गर्ने (uw पृ. १३४ अनु. ६-९)
न. २: हितोपदेश २२:१-१६
न. ३: *td 39D पवित्र आत्मा विरुद्धको पाप के हो?
न. ४: *td 40A प्राण के हो?
मे ८ बाइबल पढाइ: हितोपदेश २३ र २४
गीत न. ४६
न. १: शास्त्रीय आधारमा समस्याहरू समाधान गर्नुहोस् (uw पृ. १३५-८ अनु. १०-१७)
न. २: हितोपदेश २४:१-१६
न. ३: *td 40B प्राण र आत्मा कसरी भिन्न छ?
न. ४: *td 41A पवित्र आत्मा के हो?
मे १५ बाइबल पढाइ: हितोपदेश २५ र २६
गीत न. १४५
न. १: घरमा ईश्वरीय भक्तिको अभ्यास गर्नुहोस् (uw पृ. १३९-४१ अनु. १-५)
न. २: हितोपदेश २५:१-१३
न. ३: *td 41B मानिस र पशुको जीवन शक्तिलाई आत्मा भनिन्छ
न. ४: *td 41C हामी किन सबै प्रकारका प्रेतवाददेखि अलग बस्नुपर्छ
मे २२ बाइबल पढाइ: हितोपदेश २७ र २८
गीत न. ८४
न. १: हितोपदेश—किन लाभदायी—भाग १ (si पृ. १०९-१० अनु. १९-२८)
न. २: हितोपदेश २८:१-१४
न. ३: *td 42A यहोवा किन त्रिएकको भाग हुन सक्नुहुन्न
न. ४: *td 42B पिता र पुत्र बराबर हुनुहुन्न
मे २९ बाइबल पढाइ: हितोपदेश २९ देखि ३१
गीत न. ५०
न. १: हितोपदेश—किन लाभदायी—भाग २ (si पृ. ११०-११ अनु. २९-३८)
न. २: हितोपदेश ३१:१०-३१
न. ३: *td 42C परमेश्वर र ख्रीष्ट कसरी एक हुनुहुन्छ
न. ४: *td 42D पवित्र आत्मा व्यक्ति होइन
जून ५ बाइबल पढाइ: उपदेशक १ देखि ३
गीत न. ४१
न. १: उपदेशकको परिचय (si पृ. ११२-१३ अनु. १-८)
न. २: उपदेशक ३:१-९, १८-२२
न. ३: *td 43A संसारको दुःख-कष्टका लागि परमेश्वर जिम्मेवार हुनुहुन्न
न. ४: *td 43B परमेश्वरले दुष्टतालाई किन अनुमति दिनुभएको छ
जून १२ बाइबल पढाइ: उपदेशक ४ देखि ६
गीत न. ६२
न. १: परमेश्वरको पारिवारिक प्रबन्धमा आफ्नो भूमिका निभाउनुहोस् (uw पृ. १४२-४ अनु. ६-१३)
न. २: उपदेशक ५:१-८, १८-२०
न. ३: *td 43C परमेश्वरले ठूलो दया देखाउनु हुन्छ
न. ४: *td 43D परमेश्वरको राज्य एक मात्र समाधान हो
जून १९ बाइबल पढाइ: उपदेशक ७ देखि ९
गीत न. १६२
न. १: हामी मोशाको नियमको अधीनमा किन छैनौं भन्ने शास्त्रीय कारणहरू (uw पृ. १४६-८ अनु. १-६)
न. २: उपदेशक ७:१-१२
न. ३: *td 44A सबै साँचो मसीहीहरूले सत्यको साक्षी दिनुपर्छ
न. ४: *td 44B हामी मानिसहरूको घरमा किन बारम्बार गइरहन्छौं
जून २६ बाइबल पढाइ: उपदेशक १० देखि १२
गीत न. १३३
न. १: उपदेशक—किन लाभदायी (si पृ. ११४ अनु. १५-१९)
न. २: उपदेशक १२:१-१४
न. ३: *td 44C साक्षी कार्यले हामीलाई रक्तदोषबाट मुक्त गर्छ
न. ४: *td 1A पितृ उपासना किन व्यर्थ छ
जुलाई ३ बाइबल पढाइ: श्रेष्ठगीत १ देखि ४
गीत न. १६८
न. १: श्रेष्ठगीतको परिचय (si पृ. ११५ अनु. १-४)
न. २: श्रेष्ठ गीत २:१-१४
न. ३: *td 1B हामीले मानिसहरूको आदर गरे पनि उपासना परमेश्वरको मात्र गर्छौं
न. ४: *td 2A दुष्टता नाश गर्ने परमेश्वरको युद्ध
जुलाई १० बाइबल पढाइ: श्रेष्ठगीत ५ देखि ८
गीत न. १५२
न. १: श्रेष्ठगीत—किन लाभदायी (si पृ. ११७ अनु. १६-१८)
न. २: श्रेष्ठगीत ८:१-१४
न. ३: *td 2B आरमागेडोन परमेश्वरको प्रेमको विरुद्धमा छैन
न. ४: *td 3A बप्तिस्मा मसीही आवश्यकता हो
जुलाई १७ बाइबल पढाइ: यशैया १ देखि ३
गीत न. १८०
न. १: यशैयाको परिचय (si पृ. ११८-१९ अनु. १-८)
न. २: यशैया १:१-१३
न. ३: *td 3B बप्तिस्माले पाप धुँदैन
न. ४: *td 4A बाइबल, परमेश्वरको प्रेरित वचन हो
जुलाई २४ बाइबल पढाइ: यशैया ४ देखि ७
गीत न. १४४
न. १: क्षमा र छुटकाराको लागि विश्वास अपरिहार्य छ (uw पृ. १४८-५० अनु. ७-१०)
न. २: यशैया ६:१-१३
न. ३: *td 4B बाइबल हाम्रो समयको व्यवहारिक मार्ग निर्देशक हो
न. ४: *td 4C बाइबलले सबै राष्ट्र र जातिका मानिसहरूबीच शान्ति ल्याउँछ
जुलाई ३१ बाइबल पढाइ: यशैया ८ देखि १०
गीत न. १४०
न. १: व्यवस्था सिक्दा हुने फाइदाहरू (uw पृ. १५०-१ अनु. ११-१३; पृ. १५३ अनु. १४)
न. २: यशैया ९:१-१२
न. ३: *td 5A रक्तक्षेपणले परमेश्वरको नियम भङ्ग गर्छ
न. ४: *td 5B परमेश्वरको आज्ञा मान्नु अत्यावश्यक छ
अगस्त ७ बाइबल पढाइ: यशैया ११ देखि १३ सम्म
गीत न. ४४
न. १: मोशाको नियमका आधारभूत सिद्धान्तहरू: “परमेश्वरप्रतिको जिम्मेवारीहरू” (uw पृ. १५२)
न. २: यशैया ११:१-१०
न. ३: *td 6A अन्यजातिको समय १९१४ मा अन्त भयो
न. ४: *td 7A साँचो मसीही चर्चको चिनारी
अगस्त १४ बाइबल पढाइ: यशैया १४ देखि १७
गीत न. १७०
न. १: मोशाको नियमका आधारभूत सिद्धान्तहरू: “निषेधित धार्मिक रीतिरिवाजहरू” (uw पृ. १५२)
न. २: यशैया १४:३-२०
न. ३: *td 7B साँचो मसीही चर्च ख्रीष्टमाथि बनिएको छ
न. ४: *td 8A सृष्टिको वर्णन प्रमाणित विज्ञानसित सहमत छ
अगस्त २१ बाइबल पढाइ: यशैया १८ देखि २२
गीत न. १७५
न. १: मोशाको नियमका आधारभूत सिद्धान्तहरू: “विवाह तथा पारिवारिक जीवन” (uw पृ. १५२)
न. २: यशैया २१:१-१७
न. ३: *td 8B सृष्टिको दिन २४-घण्टे दिन थिएन
न. ४: *td 9A येशूको मृत्यु क्रूसमा नभइ बदनामीको काठमा भएको थियो
अगस्त २८ लिखित पुनरावृत्ति। सम्पूर्ण हितोपदेश २१ देखि यशैया २२ सम्म
गीत न. २०४
सेप्टेम्बर ४ बाइबल पढाइ: यशैया २३ देखि २६
गीत न. १०६
न. १: मोशाको नियमका आधारभूत सिद्धान्तहरू: “अरू व्यक्तिहरूसित सम्बन्धित कर्तव्यहरू” (uw पृ. १५२)
न. २: यशैया २५:१-१२
न. ३: *td 9B क्रूसको उपासना गर्नु किन मूर्तिपूजा हो
न. ४: *td 10A मानिस किन मर्छ
सेप्टेम्बर ११. बाइबल पढाइ: यशैया २७ देखि २९
गीत न. २७
न. १: जीवन र रगत पवित्र छन् (uw पृ. १५४-६ अनु. १-६)
न. २: यशैया २८:१-१३
न. ३: *td 10B मृत व्यक्तिहरू अचेत छन् र तिनीहरूलाई केही थाहा हुँदैन
न. ४: *td 10C मृत व्यक्तिसित कुरा गर्नु किन असम्भव छ
सेप्टेम्बर १८ बाइबल पढाइ: यशैया ३० देखि ३३
गीत न. १६०
न. १: उपचार कार्यमा रगतको प्रयोग अनि मसीहीको जिम्मेवारी (uw पृ. १५६-६० अनु. ७-१२)
न. २: यशैया ३२:१-८, १६-२०
न. ३: *td 11A दियाबलको साँच्चै नै अस्तित्व छन. ४: *td 11B दियाबलले यस रीतिरिवाजमाथि शासन गर्छ
सेप्टेम्बर २५ बाइबल पढाइ: यशैया ३४ देखि ३७
गीत न. १४६
न. १: साँचो मसीहीहरू यस संसारका होइनन् (uw पृ. १६१-३ अनु. १-६)
न. २: यशैया ३५:१-१०
न. ३: *td 11C शैतानसँग सामेल हुने स्वर्गदूतहरूले आफैलाई प्रेत बनाए
न. ४: *td 12A पृथ्वीका लागि परमेश्वरको उद्देश्य
अक्टोबर २ बाइबल पढाइ: यशैया ३८ देखि ४०
गीत न. १४३
न. १: संसारको भाग नहुन मसीहीहरूले के गर्नुपर्छ (uw पृ. १६३-८ अनु. ७-१६)
न. २: यशैया ४०:१२-२६
न. ३: *td 12B पृथ्वी सधैं आबाद रहनेछ
न. ४: *td 13A झूटा अगमवक्ताहरू कसरी चिन्ने
अक्टोबर ९ बाइबल पढाइ: यशैया ४१ देखि ४३
गीत न. ९२
न. १: निभर्यतासाथ निरन्तर परमेश्वरको वचन बोल्नुहोस् (uw पृ. १६९-७१ अनु. १-७)
न. २: यशैया ४३:१-१५
न. ३: *td 14A आध्यात्मिक निवारणका चिरकालीन फाइदाहरू छन्
न. ४: *td 14B परमेश्वरको राज्यले स्थायी शारीरिक निवारण ल्याउनेछ
अक्टोबर १६ बाइबल पढाइ: यशैया ४४ देखि ४६
गीत न. १६६
न. १: प्रेरितहरूको उदाहरणबाट लाभ उठाउने (uw पृ. १७२ अनु. ८)
न. २: यशैया ४६:१-१३
न. ३: *td 14C आधुनिक आस्था निवारणमा ईश्वरीय अनुमोदनको प्रमाण छैन
न. ४: *td 14D विभिन्न भाषाहरू बोल्ने शक्तिले आफ्नो उद्देश्य पूरा गऱ्यो
अक्टोबर २३ बाइबल पढाइ: यशैया ४७ देखि ४९
गीत न. ५६
न. १: निर्भय र विवेकसाथ प्रचार गर्ने (uw पृ. १७३-५ अनु. ९-१३)
न. २: यशैया ४८:१-११, १६-१९
न. ३: *td 15A स्वर्गमा १,४४,००० मात्र जान्छन्
न. ४: *td 16A नरकमा कोही पनि सताइँदैनन्
अक्टोबर ३० बाइबल पढाइ: यशैया ५० देखि ५३
गीत न. १३२
न. १: यहोवाको दिन नजिकै छ भनी मनमा राख्नुहोस् (uw पृ. १७६-७ अनु. १-४)
न. २: यशैया ५२:१-१५
न. ३: *td 16B आगो विनाशको चिह्न हो
न. ४: *td 16C धनी मानिस र लाजरसको दृष्टान्तमा कुनै शाब्दिक आगो छैन
नोभेम्बर ६ बाइबल पढाइ: यशैया ५४ देखि ५७
गीत न. १८७
न. १: चिह्न पूरा गर्ने घटनाहरूप्रति सजग हुने (uw पृ. १७८-९ अनु. ५, ६)
न. २: यशैया ५५:१-१३
न. ३: *td 17A प्रारम्भिक मसीहीहरूले जन्मोत्सव वा क्रिसमस मान्दैनथे
न. ४: *td 18A मूर्तिपूजाले परमेश्वरको बदनाम गर्छ
नोभेम्बर १३ बाइबल पढाइ: यशैया ५८ देखि ६२
गीत न. १०७
न. १: महान विभाजन कार्य—अन्त नजिकै छ भन्ने प्रमाण हो (uw पृ. १७९-८३ अनु. ७-१४)
न. २: यशैया ६०:४-१७
न. ३: *td 18B मूर्तिपूजा इस्राएलको निम्ति पासो बन्यो
न. ४: *td 18C यहोवाले तिरस्कार गर्नुहुने उपासना
नोभेम्बर २० बाइबल पढाइ: यशैया ६३ देखि ६६
गीत न. ७७
न. १: यशैया—किन लाभदायी (si पृ. १२३ अनु. ३४-९)
न. २: यशैया ६५:११-२५
न. ३: *td 19A अन्तरविश्वासलाई परमेश्वर अनुमोदन गर्नुहुन्न
न. ४: *td 19B परमेश्वर ऐकान्तिक भक्ति चाहनु हुन्छ
नोभेम्बर २७ बाइबल पढाइ: यर्मिया १ देखि ३
गीत न. ७०
न. १: यर्मियाको परिचय (si पृ. १२४ अनु. १-५)
न. २: यर्मिया १:४-१९
न. ३: *td 20A साँचो मसीहीहरूले परमेश्वरको नाउँ जान्नु अनि प्रयोग गर्नुपर्छ
न. ४: *td 20B बाइबल र सृष्टिले परमेश्वरको अस्तित्वको प्रमाण दिन्छ
डिसेम्बर ४ बाइबल पढाइ: यर्मिया ४ देखि ६
गीत न. ९७
न. १: यहोवाको बुद्धिमतापूर्ण र प्रेमपूर्ण उद्देश्य (uw पृ. १८४-५ अनु. १-५)
न. २: यर्मिया ५:१-१४
न. ३: *td 20C यहोवाका अद्भुत गुणहरू
न. ४: *td 20D सबैले एउटै परमेश्वरको सेवा गरिरहेका छैनन्
डिसेम्बर ११ बाइबल पढाइ: यर्मिया ७ देखि ९
गीत न. १५८
न. १: यहोवाले आफ्ना जनहरूलाई एकत्र पार्नुहुन्छ (uw पृ. १८६-७ अनु. ६-९)
न. २: यर्मिया ९:१२-२६
न. ३: *td 21A यहोवाका साक्षीहरूको सुरुआत
न. ४: *td 22A येशू परमेश्वरको पुत्र अनि नियुक्त राजा हुनुहुन्छ
डिसेम्बर १८ बाइबल पढाइ: यर्मिया १० देखि १२
गीत न. २२२
न. १: मानव सृष्टि स्वतन्त्र हुनेछ (uw पृ. १८८-९१ अनु. १०-१७)
न. २: यर्मिया १०:६-१५, २२-२५
न. ३: *td 22B हामीले येशूमाथि किन विश्वास गर्नैपर्छ
न. ४: *td 22C ख्रीष्टमाथिको विश्वास काम सहितको हुनैपर्छ
डिसेम्बर २५ लिखित पुनरावृत्ति। सम्पूर्ण यशैया २३ देखि यर्मिया १२ सम्म
गीत न. ३४