प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 अगस्त पृ. १
  • स्कूलमा मसीही आचरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्कूलमा मसीही आचरण
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको सेवाको लागि आध्यात्मिक तवरमा बलियो रहनु होस्‌, स्वच्छ बस्नु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
  • मसीही युवक-युवतीहरू विश्‍वासमा दह्रो हुनु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • तपाईँको विश्‍वास कत्तिको बलियो हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • के तपाईं सुसमाचारमा साँच्चै विश्‍वास गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 अगस्त पृ. १

स्कूलमा मसीही आचरण

१ तपाईं स्कूलमा अध्ययनरत मसीही जवान हुनुहुन्छ भने आफ्नो निष्ठा कायम राख्न तपाईंसित बलियो विश्‍वास हुनुपर्छ। तपाईंले आफ्नो विश्‍वासको परीक्षा हुने खराब संगत र परिस्थितिहरू सामना गर्नुपर्छ। तपाईंले पत्रुसको सल्लाह पालन गर्नु महत्त्वपूर्ण छ। तिनी यसो भन्छन्‌, “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र . . . तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌।” (१ पत्रु. २:१२) यस चुनौती सामना गर्न तपाईंमा साहस र संकल्प हुनुपर्छ।

२ स्कूलमा वा बाहिर जहाँसुकै होस्‌, तपाईंले विवाहपूर्व यौन सम्बन्ध, छाडा बोली, घूम्रपान तथा लागू पदार्थको दुर्व्यसनजस्ता खराब प्रभावहरू सामना गर्नुपर्छ। तपाईंको असल आचरणलाई भ्रष्ट पार्नसक्ने प्रलोभनहरू तपाईंले हरेक दिन सामना गर्नुहुन्छ। ती परीक्षाहरू सहन तपाईंले वयस्कहरूले जस्तै “विश्‍वासको निम्ति उत्कटसाथ कम्मर” कस्नुपर्छ।—यहू. ३; जुलाई १५, १९९१, वाचटावर, पृष्ठ २३-६ हेर्नुहोस्‌।

३ स्कूलमा देशभक्‍तिका उत्सव तथा सांसारिक बिदाहरू हुन्छन्‌। के तपाईं आफ्नो स्कूलमा मनाइने राष्ट्रिय तथा धार्मिक बिदाहरूबारे अवगत हुनुहुन्छ? चुनौतीपूर्ण परिस्थिति खडा भयो भने के तपाईं “असल विवेक” राख्न सक्नुहुन्छ? त्यसो गर्दा तपाईंको “जीवनको असल चाल-चलनलाई निन्दा गर्नेहरू त्यसैमा शर्माउन परोस्‌।”—१ पत्रु. ३:१६.

४ तपाईं स्कूलका खेलकुद वा अतिरिक्‍त क्रियाकलापहरूद्वारा प्रलोभित हुन सक्नुहुन्छ। हेर्दा रमाइलो देखिने ती क्रियाकलापहरूले तपाईंको विश्‍वासलाई सम्झौता गर्न लगाउनसक्छ भनेर सतर्क हुनुपर्छ। तपाईंले त्यस्ता साथीहरू छान्‍नुपर्छ जससित “आपसमा” प्रोत्साहनको आदानप्रदान गर्न सकिन्छ। त्यसो गर्दा अरूको विश्‍वासले आफू पनि सुदृढ हुन्छ।—रोमी १:१२.

५ यहोवाको मदत पाएर तपाईंले सहन सक्नुहुन्छ: शैतानले निरन्तर तपाईंको विश्‍वासको परीक्षा गरिरहन्छ। तपाईंले सामना गर्ने परीक्षाहरू कठोर हुनसक्छन्‌ तर त्यसका परिणामहरू विचार गर्ने हो भने ती सामना गर्न योग्यका छन्‌। (१ पत्रु. १:६, ७) तपाईं एक्लैले सफलतापूर्वक सहन सक्नुहुन्‍न। अतः तपाईंले मदतको निम्ति यहोवालाई पुकार्नुपर्छ। येशूले आफ्ना चेलाहरूलाई यसप्रकार आग्रह गर्नुभयो: “जागा रह, र प्रार्थना गर, र परीक्षामा नपर।” (मत्ती २६:४१) अनुशासन र आत्मसंयम अत्यावश्‍यक छन्‌।—१ कोरि. ९:२७.

६ तपाईं आफ्नो आचरणको लागि यहोवाप्रति जवाफदेही हुनुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌। (उप. ११:९) तपाईंले गर्नुहुने कामहरू अरूले नदेखे तापनि यहोवाले त्यो जान्‍नुहुन्छ र उहाँले त्यसैअनुसार न्याय गर्नुहुनेछ। (हिब्रू ४:१३) उहाँलाई खुशी तुल्याउने निष्कपट इच्छाले ‘डर र कम्पसाथ आफ्नो मुक्‍तिको काम पूरा गर्न’ प्रेरित गर्नुपर्ने हो। (फिलि. २:१२) दिनहुँ परमेश्‍वरको वचन पढ्‌नु निकै मदतकारी हुन्छ। यो अत्युत्तम सल्लाह र अनुकरणीय असल उदाहरणहरूले भरपूर छ।—हिब्रू १२:१-३.

७ आमाबाबु हो, तपाईंहरूले महत्त्वपूर्ण भूमिका खेल्नुहुन्छ। तपाईंहरूले आफ्ना छोराछोरीहरूलाई सुपरिवेक्षण गर्नु, तिनीहरूले भोग्ने समस्याहरूबारे सजग हुनु र आवश्‍यक भएमा मदत दिनु खाँचो छ। के तपाईंको आफ्ना छोराछोरीहरूसित राम्रो सम्बन्ध छ? के तपाईंले तिनीहरूको मनमा परमेश्‍वरका व्यवस्था तथा सिद्धान्तहरूप्रति मूल्यांकनसहितको समझ राख्नुभएको छ? दबाब तथा प्रलोभनहरू सामना गर्दा के तपाईंका छोराछोरीहरू दृढ रहन्छन्‌ वा सजिलै हिम्मत हार्छन्‌? के तिनीहरू आफ्ना साथीभाइहरूभन्दा भिन्‍न हुनुपरेकोमा निरुत्साहित हुन्छन्‌? आमाबाबुहरूको हैसियतमा तिनीहरूलाई मदत दिने जिम्मेवारी तपाईंको हो। (व्यव. ६:६, ७) तपाईंले आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्नुभएको छ भने तिनीहरूलाई विश्‍वासको लडन्तमा विजयी हुन मदत दिन सक्नुहुन्छ।—हितो. २२:६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने