प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 अप्रिल पृ. १
  • समय बदलिसकेको छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समय बदलिसकेको छ
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • हामीले घोषणा नगरी नहुने सन्देश
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • परमेश्‍वरको राज्यबारे प्रचार गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • “जसले कल्याणको शुभ समाचार ल्याउँछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • के तपाईंले सही धर्म भेट्टाउनु भएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 अप्रिल पृ. १

समय बदलिसकेको छ

१ “यस संसारको रूप बितेर जाँदैछ” भनी बाइबलले हामीलाई बताउँछ। (१ कोरि. ७:३१) यो आज कति सत्य साबित भएको छ! हामीले आफ्नै जीवनकालमा समेत मानव समाजका हरेक स्तरका मानिसहरूको सोचाइ तथा आचरणमा आमूल परिवर्तनहरू देखिसकेका छौं। तिनीहरूलाई परमेश्‍वरको राज्य समाचार सुनाउन सफल हुने हो भने हाम्रा प्रस्तुतिहरू बदलिंदो समयानुसार हुनैपर्छ। मानिसहरूलाई चासो लाग्ने र तिनीहरूको हृदयसम्म पुग्ने ढंगमा हामी सुसमाचार प्रस्तुत गर्न चाहन्छौं।

२ वर्षौंअघि धेरै मुलुकहरूमा साक्षी कार्य बेग्लै हुन्थ्यो किनभने प्रायजसो मानिसहरूले शान्तिमय जीवन बिताउँथे र सुरक्षित महसुस गर्थे। तिनीहरूको जीवनमा धर्मले पवित्र स्थान ओगट्‌थ्यो। गैरमसीहीहरूले समेत बाइबलको उच्च सम्मान गर्थे। त्यति बेला साक्षी दिनु भनेको प्रायजसो धर्मसिद्धान्तसम्बन्धी विवादहरूलाई खण्डन गर्नु हुन्थ्यो। आजकल, मानिसहरूको जीवन गन्जागोलमा छ। धर्मको प्रायजसो गिल्ला गरिन्छ। थोरैले मात्र बाइबलमा विश्‍वास राख्छन्‌। धेरैले हाम्रो समाचारको विरोध गर्छन्‌। अनि केही मानिसहरूले परमेश्‍वरमाथि विश्‍वास राख्थे तर त्यसलाई विकासवादको सिद्धान्तले पूर्णतया भताभुंग पारेको छ।

३ एक परिभ्रमण निरीक्षकले यस्तो अवलोकन गरे: “अहिले मानिसहरूका जीवनमा यति धेरै समस्या तथा कठिनाइहरू छन्‌, तिनीहरूलाई जीवन कसरी बिताउने भनेर हामीले सिकाउनुपर्छ जस्तो देखिन्छ।” मानिसहरूका हालको चासो स्वाभाविकतः आफू, आफ्नो परिवार र आफ्ना चिन्ताहरूमा केन्द्रित हुन्छन्‌। तिनीहरू एकसाथ भेला हुँदा धेरैजसो यस्तै विषयहरूबारे कुरा गर्छन्‌। साक्षीकार्यमा भाग लिंदा हामीले यी कुराहरू बिर्सनु हुँदैन।

४ भविष्यको लागि एक मात्र निश्‍चित आशा परमेश्‍वरको राज्य हो: अधिकांश मानिसहरूले मानव सरकारमा त्यत्तिको विश्‍वास गर्दैनन्‌। तिनीहरूलाई आफ्नो जीवनकालमा उत्तम संसार देख्न पाइएला जस्तो लाग्दैन। झूटो धर्मले तिनीहरूलाई आशाको कुनै आधार दिन सकेको छैन। त्यसैकारण परमेश्‍वरको राज्यबारे सुसमाचार सुन्‍नु नै मानवजातिको सबैभन्दा ठूलो आवश्‍यकता हो। मानवजातिले भोग्नु परेको सबै समस्याहरूका समाधान यसले अन्ततः कसरी प्रदान गर्नेछ भनेर देखाउनुहोस्‌।

५ डोऱ्‍याइको एक मात्र भरपर्दो स्रोत बाइबल हो: मानव बुद्धि र सांसारिक दर्शनहरूमा भर पर्ने नेताहरूले आजका अधिकांश मानिसहरूलाई गलत बाटोमा लगेका छन्‌। “आफ्नो मार्ग ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन” भनेर मानिसहरूले अझै बुझेका छैनन्‌। (यर्मि. १०:२३) तिनीहरूले सिक्नसक्ने सबैभन्दा मूल्यवान्‌ पाठ हो, आफ्नो ‘सारा भरोसा यहोवामा राख्नुपर्छ र आफ्नै समझ-शक्‍तिमा भरोसा गर्नु हुँदैन।’ (हितो. ३:५) समय बदलिसकेको भए तापनि बाइबल यथावत्‌ छ। यसर्थ, हामीले सेवकाईमा परमेश्‍वरको वचन यथासम्भव प्रस्तुत गर्नुपर्छ र यसको ईश्‍वरप्रेरित मार्गनिर्देशन बुझ्न अरूलाई सिकाउनुपर्छ। (२ तिमो. ३:१६, १७) त्यो उद्देश्‍य पूरा गर्न हाम्रा प्रस्तुतिहरूमा, तिनीहरूका प्रश्‍नहरूको जवाफ दिन, अध्ययन गर्न अनि त्यसको व्यवहारिक बुद्धि लागू गर्न आग्रह गर्दा बाइबलको महत्त्वलाई तर्कपूर्ण ढंगमा मानिसहरूसमक्ष राख्नुपर्छ।

६ आजको बदलिंदो समयमा समेत सेवकाईमा हाम्रो उद्देश्‍य बदलिएको छैन। हामीले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नुपर्छ, परमेश्‍वरको वचनमा विश्‍वस्तता बढाउनुपर्छ र हामीसित बाइबल अध्ययन गर्नुको खाँचो बुझ्न अरूलाई मदत दिनुपर्छ। हामी अरूलाई साक्षी दिंदा जे भन्छौं, त्यो तिनीहरूको वर्तमान आवश्‍यकतासित सम्बन्धित हुनुपर्छ। यसो गरेर हामी अरूलाई सुसमाचार बाँड्‌नसक्छौं र अझ धेरै मानिसलाई हात पार्नसक्छौं।—१ कोरि. ९:१९, २३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने