अप्रिल महिनाका लागि सेवा सभाहरू
अप्रिल १ मा सुरु हुने हप्ता
गीत १३२ (७०)
१० मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्त घोषणाहरू। गत महिनादेखि पत्रिका तथा ग्राहक दरहरूमा भएको वृद्धिबारे प्रकाशकहरूलाई सम्झाउनुहोस्। तपाईंकहाँ सम्पन्न स्मरणार्थ उत्सवको कुनै उल्लेखनीय पक्ष उल्लेख गर्नुहोस्।
२० मि: “अप्रिलमा ‘सुकर्ममा जोशिलो’ हुनुहोस्!” सेवा निरीक्षकद्वारा अनुच्छेद १-१० को प्रश्नोत्तर छलफल। वर्णन गर्नुहोस् (१) अप्रिलमा विस्तृत क्षेत्र सेवकाईको लागि स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, (२) भाग लिन सबैलाई कसरी मदत दिन सकिन्छ र (३) नयाँ व्यक्तिहरू तथा केटाकेटीहरूलाई कसरी समावेश गर्न सकिन्छ।
१५ मि: “सही मनोवृत्ति भएकाहरूलाई खोज्नुहोस्।” सुझावित प्रस्तुतिहरू पुनरावलोकन गर्नुहोस् र त्यसपछि त्यो कसरी प्रयोग गर्न सकिन्छ भनेर दुइटा प्रदर्शन देखाउनुहोस्। समयले भ्याएमा पत्रिकाहरू प्रस्तुत गर्ने सन्दर्भमा हाम्रो राज्य सेवकाई, जनवरी १९९६, पृष्ठ ५ का केही सुझाउहरू बताउनुहोस्।
गीत २० (५५) र समापन प्रार्थना।
अप्रिल ८ मा सुरु हुने हप्ता
गीत ७२ (५८)
१५ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। चन्दा मूल्यांकनसम्बन्धी सोसाइटीबाट प्राप्त पत्रको उल्लेख गर्नुहोस्। स्मरणार्थ उत्सवमा उपस्थित भएका नयाँ व्यक्तिहरूलाई थप आध्यात्मिक प्रगति गर्न हामीले मदत दिन सकिने व्यवहारिक तरिकाहरूबारे छलफल गर्नुहोस्। प्रहरीधरहरा (अंग्रेजी), अप्रिल १, १९९१, पृष्ठ ९-१२ पुनरावलोकन गर्नुहोस्।
१५ मि: “दिन-रात पवित्र सेवा चढाउनुहोस्।” प्रश्नोत्तर। अनुच्छेद ५ र ६ पढ्नुहोस्।
१५ मि: “अप्रिलमा ‘सुकर्ममा जोशिलो’ हुनुहोस्!” अनुच्छेद ११-१५ को प्रश्नोत्तर छलफल। सबैलाई आफ्नो व्यक्तिगत परिस्थिति केलाउन र क्षेत्र सेवकाईमा सहभागिता बढाउने तरिकाहरू खोज्न प्रोत्साहन दिनुहोस्।
गीत ११३ (६२) र समापन प्रार्थना।
अप्रिल १५ मा सुरु हुने हप्ता
गीत १३३ (६८)
१० मि: स्थानीय घोषणाहरू। अप्रिल २१ को विशेष जनभाषणबारे श्रोतागणलाई सम्झाउनुहोस्, जसको शीर्षक हो, “यस टेढो पुस्ताबीच निष्खोट रहनु।” सबैलाई उपस्थित हुने मदत दिन थप प्रयास गर्न प्रोत्साहन दिनुहोस्।
१५ : “समय बदलिसकेको छ।” प्रश्नोत्तर। मानिसका सबैभन्दा महत्त्वपूर्ण आवश्यकताहरूसित सुहाउँदो ढंगमा परमेश्वरको राज्य समाचार प्रस्तुत गर्न जोड दिनुहोस्। जनवरी १, १९९४, प्रहरीधरहरा, पृष्ठ १८-१९ मा उल्लेख गरिएअनुसार आज धेरै मानिसहरूलाई पिरोलिरहेको पारिवारिक तथा सामाजिक विषयहरूबारे बताउनुहोस्।
२० मि: “विश्वास सुनाइबाट . . . आउँछ।” ज्ञान पुस्तकबाट बाइबल अध्ययन गर्न चासो जगाउने पत्रिकाहरू कसरी प्रस्तुत गर्न सकिन्छ, छलफल गर्नुहोस्। दुइ तीनवटा प्रस्तुतिहरू प्रदर्शन गर्नुहोस्।
गीत २०४ (१०९) र समापन प्रार्थना।
अप्रिल २२ मा सुरु हुने हप्ता
गीत ६ (४)
१५ मि: स्थानीय घोषणाहरू। गत सप्ताहन्त दिइएको विशेष भाषणका मुख्य बुँदाहरू पुनरावलोकन गर्नुहोस्। यो सल्लाहले जिज्ञासुहरूलाई साँचो उपासनाको लागि दृढ अडान लिन कसरी उत्प्रेरित गर्नुपर्ने हो, छलफल गर्नुहोस्। साथै, “सही ज्ञानमा बढ्दै जानुहोस्” विषयमा ध्यानाकर्षण गर्नुहोस् र मण्डली पुस्तक अध्ययनमा नियमित तवरले उपस्थित हुनुपर्ने महत्त्वलाई जोड दिनुहोस्।
१२ मि: प्रश्न पेटी। प्राचीनद्वारा भाषण। सभा सञ्चालन गर्ने भाइहरूले व्यक्तिविशेषको पहिलो नाउँ मात्र बोलाएर असाध्यै अनौपचारिक किन हुनु हुँदैन भनेर बुझाउनुहोस्।
१८ मि: सेप्टेम्बर १५, १९९५, प्रहरीधरहरा-को पृष्ठ २०-३, “अतीतका ईश्वरभीरु परिवारहरू—हाम्रो समयका लागि नमुना” विषयमा प्राचीन र सेवकाई सेवकबीच छलफल। स्थानीय तवरमा परिवारहरूको लाभ हुने व्यवहारिक उपयोग बताउनुहोस्।
गीत १४३ (७६) र समापन प्रार्थना।
अप्रिल २९ मा सुरु हुने हप्ता
गीत १४४ (७८)
१२ मि: स्थानीय घोषणाहरू। केहीले यहोवाका साक्षीहरूलाई “गुट” वा “पन्थ” भन्छन् जसले गर्दा हाम्रो क्रियाकलाप र लक्ष्यबारे अरू भ्रममा पर्छन्। तर्क (अंग्रेजी) पुस्तक, पृष्ठ २०२ चलाएर यस आरोपलाई कसरी खण्डन गर्न सकिन्छ, बुझाउनुहोस्।
१५ मि: हाम्रो इलाकामा पूर्णतया प्रचार गर्ने। सेवा निरीक्षकद्वारा भाषण। छरिएका वा टाढाका इलाकाहरूमा विरलै प्रचार गरिएको हुनसक्छ। केही प्रकाशकहरूले भने धनी वा कट्टरपन्थी धार्मिक समुदाय भएका इलाकाहरूमा जानाजानी प्रचार गर्दैनन्। व्यापार क्षेत्रहरू वास्ता नगरिएको हुनसक्छ। हाल कुनै खास इलाकामा प्रचार गर्ने खाँचो भए तापनि केही प्रकाशकहरूले आफूलाई व्यक्तिगत तवरमा मन पर्ने इलाकाहरूमा प्रचार गर्न निवेदन गर्लान्। प्रचार नगरिएका इलाकाहरूमा प्रचार गर्ने प्रयास गरेर सहयोग पुऱ्याउन सबैलाई प्रोत्साहन दिनुहोस्। प्रायजसो, गर्मी महिनाहरूमा टाढा टाढाका ग्रामीण इलाकाहरूमा प्रचार गर्ने राम्रो मौका पाइन्छ। शायद, त्यहाँ प्रचार गर्न गाडी समूहको प्रबन्ध गर्न सकिन्छ। इलाकाको नक्सा फिर्ता गर्नुअघि घरमा नभएकाहरूलगायत इलाकामा सम्पूर्णतया प्रचार भएको छ कि छैन पक्का गर्नुहोस्। इलाकामा सम्पूर्णतया प्रचार गर्न कसरी सबैले मदत गर्नसक्छन् भनी देखाउन अन्य व्यवहारिक सुझाउहरू दिनुहोस्।
१८ मि: मे महिनामा प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को (अंग्रेजी) ग्राहक बन्ने प्रस्ताव राख्नुहोस्। प्रथम भेटमा ग्राहक बन्न अस्वीकार गरेमा दुइ चार प्रति पत्रिकाहरू प्रस्तुत गर्नुहोस् र उपयुक्त भए पुनःभेटमा ग्राहक बन्ने प्रस्ताव फेरि राख्नुहोस्। पत्रिकाहरूप्रति घनधनीको रुचि छ तर कुनै कारणवश ग्राहक बन्न मान्दैनन् भने पत्रिका रूट सुरु गर्ने उद्देश्य राखेर तिनको रिकर्ड राख्नुहोस्। जनसाधारणलाई परमेश्वरको राज्य समाचार सुनाउने सबैभन्दा प्रभावशाली तरिकाको रूपमा पत्रिका वितरणको व्यापक लाभमाथि जोड दिनुहोस्। क्षेत्र सेवकाईमा जाँदा आफूसित यथेष्ट पत्रिका छ कि छैन पक्का गर्नुहोस्। हरेक अवसरमा त्यो प्रस्तुत गर्नुहोस्। व्यक्तिगत तवरमा साप्ताहिक पत्रिका दिन छुटाएर पनि वितरण संख्या वृद्धि गर्न सकिन्छ। पत्रिका चलाएर पसल-पसल वा सडक साक्षीकार्य गर्नु पनि फलदायी हुन्छ। चासो देखाएका ठाउँहरूमा ज्ञान पुस्तकद्वारा गृह बाइबल अध्ययन सुरु गर्ने उद्देश्य राखेर पुनःभेट गर्नुहोस्। हाम्रो राज्य सेवकाई, जनवरी १९९६, पृष्ठ ३, अनुच्छेद ३-५ का एक दुइटा प्रस्तुतिहरू प्रयोग गरेर ताजा अंकहरू वितरण गरेको छोटो प्रदर्शन देखाउनुहोस्।
गीत १९५ (१०५) र समापन प्रार्थना।