प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 जून पृ. २
  • जून महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९६
  • उपशीर्षकहरू
  • जून ३ मा सुरु हुने हप्ता
  • जून १० मा सुरु हुने हप्ता
  • जून १७ मा सुरु हुने हप्ता
  • जून २४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९६
km96 जून पृ. २

जून महिनाका लागि सेवा सभाहरू

जून ३ मा सुरु हुने हप्ता

गीत १८१ (१०५)

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट उपयुक्‍त घोषणाहरू। देश र स्थानीय मण्डली दुवैको मासिक सेवा रिपोर्टबारे टिप्पणी गर्नुहोस्‌।

१५ मि: “तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌।” प्रश्‍नोत्तर। सेप्टेम्बर १५, १९९१, प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ १३ को पेटीमा दिइएको विश्‍वासका प्रमाणहरू पुनरावलोकन गर्नुहोस्‌। वर्षौंदेखि परमेश्‍वरको राज्यसम्बन्धी क्रियाकलापमा लागिरहन कुन कुराले मदत पुऱ्‍याएको छ भनेर एक वा दुइ प्रकाशकहरूसित अन्तरवार्ता लिनुहोस्‌।

२० मि: “अनन्त जीवनतर्फ डोऱ्‍याउने ज्ञान फैलाउने।” (अनुच्छेद १-३) अनुच्छेद १ छलफल गर्नुहोस्‌। (जनवरी १५, १९९६, प्रहरीधरहरा, पृष्ठ १२-१३, अनुच्छेद ११-१२ बाट टिप्पणीहरू समावेश गर्नुहोस्‌।) हाम्रो राज्य सेवकाई-को पछिल्लो पृष्ठमा पुनःभेटको लागि हामीलाई अझ राम्ररी तयारी गर्न मदत दिने हेतुले नयाँ ढाँचा तयार गरिएको छ भनेर बताउनुहोस्‌। घर-घरको सेवकाईपछि धेरै दिन पर्खनुको साटो एक वा दुइ दिनभित्रै पुनःभेट गर्नु बुद्धिमत्तापूर्ण हुन्छ। त्यसैले हामी घर-घरको प्रचारकार्य तथा पुनःभेट दुवैको लागि सेवा सभामा दिइएका सुझावित प्रस्तुतिहरूलाई चलाउँछौं। अनुच्छेद २ र ३ लाई संक्षिप्तमा पुनरावलोकन गरेपछि ती दुवैको प्रस्तुतिको प्रदर्शन गर्नुहोस्‌। प्रथम प्रस्तुतिमा विश्‍वव्यापी कार्यको लागि कसरी चन्दा दिन सकिन्छ भन्‍नेबारे संक्षिप्त टिप्पणी समावेश गर्नुहोस्‌। लेखका बाँकी दुइ प्रस्तुतिहरू आउँदो दुइटा सेवा सभामा छलफल गरिनेछन्‌।

गीत १४३ (७६) र समापन प्रार्थना।

जून १० मा सुरु हुने हप्ता

गीत ६३ (३२) 

५ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१० मि: “‘प्रतिदिन’ यहोवालाई धन्यको भन्‍नुहोस्‌।” प्रश्‍नोत्तर। सहायक अग्रगामी तथा नियमित अग्रगामी कार्यको लागि सकारात्मक प्रोत्साहन दिनुहोस्‌।

१० मि: “अनन्त जीवनतर्फ डोऱ्‍याउने ज्ञान फैलाउने।” (अनुच्छेद ४-५) छोटो परिचयपछि अनुच्छेद ४ र ५ मा प्रारम्भिक भेट र पुनःभेटको लागि दिइएका प्रस्तुतिहरू प्रदर्शन गर्नुहोस्‌। ज्ञान पुस्तक प्रस्तुत गरेका सबै ठाउँमा तुरुन्तै पुनःभेट गर्न प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्‌।

२० मि: “ज्ञान पुस्तक चलाएर कसरी चेला बनाउने।” सुरुमा अनुच्छेद १-२ मा आधारित टिप्पणीहरू गर्नुहोस्‌। अनुच्छेद ३-११ सम्म प्रश्‍नोत्तर। परिशिष्टांकको बाँकी भाग जुलाई र अगस्तको सेवा सभाहरूमा छलफल गरिनेछ भनेर बताउनुहोस्‌। यस परिशिष्टांकको जतन गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत ९२ (५१) र समापन प्रार्थना।

जून १७ मा सुरु हुने हप्ता

गीत १५७ (७३) 

१० मि: स्थानीय घोषणाहरू।

१५ मि: “मित्रैलो वार्तालापले हृदय छुनसक्छ।” प्रश्‍नोत्तर। मित्रैलो हुँदा प्राप्त असल प्रतिक्रियाका प्रोत्साहनदायी अनुभवहरू बताउन एक वा दुइ प्रकाशकलाई निम्त्याउनुहोस्‌।

२० मि: “अनन्त जीवनतर्फ डोऱ्‍याउने ज्ञान फैलाउने।” (अनुच्छेद ६-७) पुनःभेटको लक्ष्य राख्न जोड दिनुहोस्‌: रुचि जगाउनुहोस्‌, अध्ययन थाल्नुहोस्‌, फेरि भेट्‌ने निश्‍चित प्रबन्ध मिलाउनुहोस्‌। अनुच्छेद ६ र ७ बाट संक्षिप्तमा टिप्पणीहरू पुनरावलोकन गरिसकेपछि अध्ययन कसरी थाल्ने भनेर प्रत्येक प्रस्तुतिको प्रदर्शन गर्नुहोस्‌। जनवरी १५, १९९६, प्रहरीधरहरा, पृष्ठ १४, अनुच्छेद १७ पढ्‌नुहोस्‌।

गीत २११ (६६) र समापन प्रार्थना।

जून २४ मा सुरु हुने हप्ता

गीत ६ (४)

५ मि: स्थानीय घोषणाहरू।

८ मि: क्षेत्र सेवकाईमा छोराछोरीहरूलाई प्रशिक्षण दिने। प्राचीनद्वारा भाषण। कलिलै उमेरदेखि हाम्रा छोराछोरीहरू हामी सँगसँगै सेवामा सक्रिय हुनुपर्छ। अहिले तिनीहरूले प्राप्त गरेका प्रशिक्षण र अनुभवहरूले पछि तिनीहरूको विश्‍वास र जोशको लागि बलियो आधार खडा गर्नेछन्‌। तिनीहरूले सेवकाईलाई गम्भीरतापूर्वक लिनु र सही आचरण खेती गर्नु महत्त्वपूर्ण छ। छोराछोरीले हुल्याहा मिजास त्याग्नैपर्छ। सेवाको समयमा खेल्नु हुँदैन। तिनीहरूले वयस्कहरूसित सेवकाईको काम गर्नु बेस हो। तिनीहरूलाई तिनीहरूको योग्यताअनुसार प्रस्तुतिहरू चलाउन मदत दिनुपर्छ। (अगस्त १, १९८८, प्रहरीधरहरा [अंग्रेजी], पृष्ठ १५, अनुच्छेद २० हेर्नुहोस्‌।) तिनीहरूको रेखदेख गर्नु आमाबाबुको जिम्मेवारी हो। आमाबाबुले छोराछोरीलाई रेखदेख गर्ने व्यक्‍तिबिना सभाहरूमा पठाउनु हुँदैन। छोराछोरीले राम्रो काम गर्दा सराहना गर्नुहोस्‌।

१२ मि: स्थानीय आवश्‍यकताहरू। (वा जनवरी १, १९९६, प्रहरीधरहरा, पृष्ठ २९-३१, “सत्य वचनलाई ठीकसँग प्रयोग गर्ने” लेखमा आधारित भाषण दिनुहोस्‌।)

२० मि: “तिनीहरूलाई पुनः सेवा गर्न मदत दिनुहोस्‌।” प्राचीनद्वारा भाषण र छलफल। अगस्त १, १९९२, प्रहरीधरहरा, (अंग्रेजी) लेख “मतिर फर्क र म तिमीहरूतिर फर्कनेछु” चलाएर निष्क्रियहरूलाई प्रोत्साहन दिने सुझाउ दिनुहोस्‌। केही मुख्य बुँदाहरू उल्लेख गर्नुहोस्‌।

गीत ७१ (९६) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने