जुलाई महिनाका लागि सेवा सभाहरू
जुलाई १ मा सुरु हुने हप्ता
गीत ९० (३२)
१२ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट विशिष्ट घोषणाहरू। देश र स्थानीय मण्डलीका लागि अप्रिल महिनाको सेवा रिपोर्टबारे टिप्पणी गर्नुहोस्।
१५ मि: “दिन प्रतिदिन आफ्नो भाकल पूरा गर्ने।” प्रश्नोत्तर। भाकल पूरा गर्नु किन गम्भीर दायित्व हो भनेर प्रकाश पार्दै अन्तरदृष्टि (अंग्रेजी), खण्ड २, पृष्ठ ११६२, अनुच्छेद ६-७ बाट टिप्पणीहरू समावेश गर्नुहोस्।
१८ मि: “अरूको साँचो चिन्ता गरेर यहोवाको अनुसरण गर्नुहोस्।” (अनुच्छेद १-३) लेखको शीर्षकलाई प्रष्ट्याउन प्रथम अनुच्छेद चलाउनुहोस्। मण्डलीको स्टकमा हालै उपलब्ध पुस्तिकाहरूमध्ये कुन चाहिं तपाईंको क्षेत्रमा धेरै मात्रामा स्वीकारिन्छ, निर्णय गर्नुहोस्। ती कुन भाषाहरूमा उपलब्ध छन्, उल्लेख गर्नुहोस् र विभिन्न भाषाका ती पुस्तिकाहरू साथै लैजान सबैलाई प्रोत्साहन दिनुहोस्। त्यसपछि अनुच्छेद २-३ मात्र पुनरावृत्ति गर्नुहोस् र के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिका चलाएर कसरी प्रारम्भिक भेट र पुनःभेट गर्न सकिन्छ, देखाउनुहोस्। स्थानीय क्षेत्रको लागि अर्को पुस्तिका चलाएर प्रकाशकहरूले कसरी आफ्नै प्रस्तुतिहरू टक्राउन सक्छन्, देखाउनुहोस्।
गीत ११२ (५९) र समापन प्रार्थना।
जुलाई ८ मा सुरु हुने हप्ता
गीत ४३ (११)
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: “अरूको साँचो चिन्ता गरेर यहोवाको अनुसरण गर्नुहोस्।” (अनुच्छेद ४-५) अनुच्छेद ४-५ मात्र र तपाईंको प्रिय जनको मृत्यु हुँदा पुस्तिकाका केही विशेषताहरू छलफल गर्नुहोस्। त्यसपछि प्रारम्भिक भेट र पुनःभेटको लागि सुझावित प्रस्तुतिहरू प्रदर्शन गर्नुहोस्।
२० मि: “नियमित अग्रगामी सेवाको लागि थुप्रै भाइहरूको खाँचो छ।” प्रश्नोत्तर। समयले भ्याएमा, कसरी वित्तीय खाँचोहरू पूरा गर्ने, त्यसबारे प्रहरीधरहरा (अंग्रजी) सेप्टेम्बर १५, १९९३, पृष्ठ २८-३१ मा छलफल गरिएका सुझाउहरू पुनरावृत्ति गर्नुहोस्।
गीत १६ (१०१) र समापन प्रार्थना।
जुलाई १५ मा सुरु हुने हप्ता
गीत १६२ (८९)
१० मि: स्थानीय घोषणाहरू।
२० मि: “के तपाईंले सन्ध्याकालीन साक्षी दिने प्रयास गर्नुभएको छ?” श्रोतागणसित छलफल र केही अन्तरवार्ताहरू लिंदै भाषण। साँझपख स्थानीय क्षेत्रमा साक्षीकार्यको दौडान बटुलेका अनुभवहरू बताउनुहोस्। सन्ध्याकालीन साक्षीद्वारा प्राप्त सकारात्मक परिणामहरू देखाउँदै अनुभवहरू सुनाउनुहोस्। सेवाको लागि सभाहरूको स्थानीय साप्ताहिक सूचीबारे अवगत गराउनुहोस्
१५ मि: “अरूको साँचो चिन्ता गरेर यहोवाको अनुसरण गर्नुहोस्।” (अनुच्छेद ६-८) पुस्तिकाहरू प्रस्तुत गरिएका व्यक्तिहरूकहाँ तुरुन्तै फर्केर जाने प्रोत्साहन दिन लेखको अन्तिम अनुच्छेद प्रयोग गर्नुहोस्। अनुच्छेद ६-७ चलाएर कसरी प्रारम्भिक भेटमा जीवनको उद्देश्य पुस्तिका प्रस्तुत गर्ने र पुनःभेटमा ज्ञान पुस्तकको प्रथम अध्यायबाट कसरी अध्ययन थाल्ने, प्रदर्शन गर्नुहोस्। हाम्रो राज्य सेवकाई-मा दिइएका प्रस्तुतिहरूको नमुनाअनुसार अरू पुस्तिकाहरूका लागि प्रकाशकहरूले आफ्नै प्रस्तुतिहरू बनाउनसक्छन् भनेर स्मरण गराउनुहोस्।
गीत ६४ (३५) र समापन प्रार्थना।
जुलाई २२ मा सुरु हुने हप्ता
गीत १०८ (६९)
१० मि: स्थानीय घोषणाहरू। ढोका-ढोकामा प्रस्तुत गर्न सकिने चाखलाग्दा विशेषताहरूलाई औंल्याउँदै पत्रिकाहरूका नवीनतम अंकहरू संक्षिप्तमा पुनरावृत्ति गर्नुहोस्।
१५ मि: पूर्ण-समय सेवाको लक्ष्य राख्नुहोस्। एक प्राचीन र एक वा दुइ किशोरकिशोहरूसित प्रहरीधरहरा (अंग्रेजी) डिसेम्बर १५, १९८८, पृष्ठ २५-७ मा आधारित छलफल। जवानहरू उच्च माध्यामिक पाठशालाको शिक्षापछि के गर्नुपर्ला भनेर निर्णय गरिरहेका हुन्छन्। सांसारिक पेशाहरूद्वारा प्राप्त हुने भौतिक सुख सुविधाहरूप्रति तिनीहरूले चासो देखाउँछन्। यसो गर्नुभन्दा नियमित अग्रगामी सेवा गर्न उत्प्रेरित हुनु किन धेरै उत्तम हो, प्राचीनले असल कारणहरू देखाउँछन्। किशोरकिशोरीहरू राजी हुन्छन् तर नियमित अग्रगामी गर्न र भौतिक कुराहरूको खाँचो टार्न सकिएला के भनेर शंका गर्छन्। नियमित अग्रगामी सेवा थुप्रैलाई आनन्द दिने उपयुक्त, ग्रहणयोग्य लक्ष्य हो भनेर प्रहरीधरहरा-को लेखबाट प्राचीनले देखाउँदै अनुभवहरू बताउँछन्। छलफलको अन्तमा किशोरकिशोरीहरूले प्राचीनको टिप्पणीहरू र राज्य सेवामा पूर्णतया भाग लिने लक्ष्यलाई गम्भीरतापूर्वक ध्यान दिने तिनीहरूको संकल्पप्रति मूल्यांकन व्यक्त गर्छन्।
२० मि: “ज्ञान पुस्तक चलाएर कसरी चेला बनाउने।” जून १९९६, हाम्रो राज्य सेवकाई-को परिशिष्टांकबाट अनुच्छेद १२-१६ छलफल गर्दै भाषण। सञ्चालन भइरहेको बाइबल अध्ययनका दुइ प्रदर्शनहरू समावेश गर्नुहोस्। मुद्रित प्रश्नहरूको एकदमै सोझो जवाफ दिने मुख्य शब्द तथा वाक्यांशहरूलाई प्रकाश पार्दै वा कच तान्दै पाठ तयार गर्न विद्यार्थीलाई कसरी प्रशिक्षण दिने, त्यो पहिलो प्रदर्शनमा देखाइन्छ। दोस्रो प्रदर्शनमा चाहिं बाइबल विद्यार्थीलाई जनसभा र प्रहरीधरहरा अध्ययनमा उपस्थित हुने प्रोत्साहन दिन के भन्न सकिन्छ भनेर देखाइन्छ।
गीत ११६ (३७) र समापन प्रार्थना।
जुलाई २९ मा सुरु हुने हप्ता
गीत २१२ (११०)
१० मि: स्थानीय घोषणाहरू। “उपलब्ध साहित्यहरू” पुनरावृत्ति गर्नुहोस्।
२० मि: बाइबल अध्ययन प्राप्त गर्न कुन कुराले मदत दिन्छ? अध्ययन थाल्ने निकै फलदायी तरिकाहरू पुनरावृत्ति गर्दै प्राचीनले सफलतापूर्वक बाइबल अध्ययन सञ्चालन गरेका दुइ वा तीन व्यक्तिहरूसित छलफल गर्छन्: (१) मदतको लागि यहोवालाई प्रार्थना गर्नुहोस्। (२) चासो देखाउने व्यक्तिहरू भेट्टाउन नियमित तवरले सेवकाईको विभिन्न क्रियाकलापमा भाग लिनुहोस्। (३) इच्छुक व्यक्तिहरूको नाउँ लेख्नुहोस् र तुरुन्तै पुनःभेट गर्नुहोस्। (४) इच्छुक व्यक्तिहरूलाई भेट्दा सधैं अध्ययनको प्रस्ताव राख्नुहोस्। (प्रहरीधरहरा, फेब्रुअरी १५, १९९६, पृष्ठ २० मा “बाइबल अध्ययन सुरु गर्ने” उपशीर्षक हेर्नुहोस्।) (५) प्रहरीधरहरा (अंग्रेजी) अगस्त १, १९८४, पृष्ठ १३-१७ मा दिइएका चार सुझाउहरू चलाएर आफ्नो सिकाउने क्षमतालाई बढाउनुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू। वा प्राचीनले प्रहरीधरहरा जनवरी १५, १९९६, पृष्ठ २१-३ बाट “सान्त्वना अनि प्रोत्साहन—विभिन्न मोहडा भएको रत्न”-बारे भाषण दिनेछन्।
गीत १६५ (८१) र समापन प्रार्थना।