प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 अगस्त पृ. २
  • अगस्त महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९६
  • उपशीर्षकहरू
  • अगस्त ५ मा सुरु हुने हप्ता
  • अगस्त १२ मा सुरु हुने हप्ता
  • अगस्त १९ मा सुरु हुने हप्ता
  • अगस्त २६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९६
km96 अगस्त पृ. २

अगस्त महिनाका लागि सेवा सभाहरू

अगस्त ५ मा सुरु हुने हप्ता

गीत ५६ (३३)

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट विशिष्ट घोषणाहरू।

२० मि: “ढिलासुस्ती नगरी सुसमाचार घोषणा गर्ने।” भाषण तथा श्रोतागणसित छलफल। धर्मशास्त्रमा अन्तरदृष्टि (अंग्रेजी), खण्ड २, पृष्ठ ६७३, अनुच्छेद १ बाट टिप्पणीहरू समावेश गर्नुहोस्‌।

१५ मि: “पुस्तिकाहरूद्वारा परमेश्‍वरको राज्यको सुसमाचार उद्‌घोषणा गर्नुहोस्‌।” (अनुच्छेद १-५) प्रथम अनुच्छेदलाई भाषणको परिचयको रूपमा चलाउनुहोस्‌। सेवकाईमा हाम्रा समस्याहरू र पृथ्वीमा जीवन पुस्तिकाहरू प्रयोग गर्दा हुने लाभहरूबारे सकारात्मक टिप्पणीहरू गर्नुहोस्‌। ती पुस्तिकाहरू चलाएर प्रारम्भिक भेट र पुनःभेट कसरी गर्न सकिन्छ, राम्ररी तयारी गरेका चारवटा प्रदर्शनहरूद्वारा देखाउनुहोस्‌। एक जवान प्रकाशकले आफ्ना आमाबाबुको सहयोगद्वारा पृथ्वीमा जीवन पुस्तिका प्रस्तुत गरेको देखाउनुहोस्‌। प्रकाशकहरूले सुझावित प्रस्तुतिहरूलाई नमुनाको रूपमा लिएर अन्य पुस्तिकाहरू प्रस्तुत गर्न चाहलान्‌।

गीत १३६ (२८) र समापन प्रार्थना।

अगस्त १२ मा सुरु हुने हप्ता

गीत १९२ (१०३)

१५ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। डिसेम्बर १, १९९३, प्रहरीधरहरा पृष्ठ २९-३१ मा दिइएको “अरूहरूलाई बाँड्‌ने तरिकाहरू” उपशीर्षकबाट सकारात्मक टिप्पणीहरू समावेश गर्नुहोस्‌।

१५ मि: “पुस्तिकाहरूद्वारा परमेश्‍वरको राज्यको सुसमाचार उद्‌घोषणा गर्नुहोस्‌।” (अनुच्छेद ६-८) हेर! पुस्तिकाको विषयवस्तुबारे संक्षिप्तमा बताउनुहोस्‌। त्यसपछि प्रारम्भिक भेट र पुनःभेटको लागि सुझावित प्रस्तुतिहरू प्रदर्शन गर्नुहोस्‌। पुस्तिका प्रस्तुत गरेका ठाउँहरूमा फेरि जान सबैलाई प्रोत्साहन दिनुहोस्‌।

१५ मि: “सोसाइटीको विश्‍वव्यापी कार्यको लागि दिइएका चन्दाहरूले वृद्धिमा सहयोग पुऱ्‍याउँछ।” प्राचीनद्वारा जोशिलो भाषण। वार्षिकपुस्तक-मा (अंग्रेजी) दिइएका मुलुकहरूमा परमेश्‍वरको राज्यसम्बन्धी क्रियाकलापमा भएका प्रगतिहरूबारे केही तथ्यांकहरू समावेश गर्नुहोस्‌। भारतमा हुनै लागेको निर्माण कार्यको लागि र यसमा सबैले वित्तीय सहयोग गर्नसक्ने सुअवसरप्रति उत्साह बढाउनुहोस्‌।

गीत ९ (१९) र समापन प्रार्थना।

अगस्त १९ मा सुरु हुने हप्ता

गीत १७४ (५६)

१० मि: स्थानीय घोषणाहरू। प्रश्‍न पेटी पुनरावृत्ति गर्नुहोस्‌।

१५ मि: “प्रचार गर्न को योग्य छ?” प्राचीनले दुइ वा तीन जना प्रकाशकहरूसित यस लेख छलफल गर्छन्‌। परमेश्‍वरका सेवकहरूको हैसियतमा पूर्णतया सुसज्जित हुन हामीले सबैभन्दा उत्तम प्रशिक्षण पाइरहेको कुरामा जोड दिनुहोस्‌। हामीले प्रचार गर्दा अपुग महसुस गर्नुपर्ने कुनै कारण छैन।

२० मि: “ज्ञान पुस्तक चलाएर कसरी चेला बनाउने।” जून १९९६ हाम्रो राज्य सेवकाई-को परिशिष्टांक, अनुच्छेद १७-२६ बाट श्रोतागणसित छलफल। ज्ञान पुस्तकबाट अध्ययन सञ्चालन गरिरहेकाहरूका स्थानीय अनुभवहरू समावेश गर्न पहिले नै प्रबन्ध मिलाउनुहोस्‌। परिशिष्टांकमा दिइएका सल्लाहहरू कसरी लागू गरेका छन्‌ र यसद्वारा उन्‍नतशील गृह बाइबल अध्ययन सञ्चालन गर्न कसरी मदत पाएका छन्‌ भनेर तिनीहरूले सकारात्मक टिप्पणीहरू गर्नसक्छन्‌। परिशिष्टांक सुरक्षित राख्न र हरेक चोटि नयाँ अध्ययन सुरु गर्दा यसलाई व्यक्‍तिगत तवरमा पुनरावृत्ति गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत १८९ (९०) र समापन प्रार्थना।

अगस्त २६ मा सुरु हुने हप्ता

गीत १०४ (५७)

१० मि: स्थानीय घोषणाहरू। अधिवेशन मुख्यालयहरूका ठेगानाहरू भएको पेटीमा ध्यानाकर्षण गर्नुहोस्‌ र कम्तीमा एउटा जिल्ला अधिवेशनमा उपस्थित हुन अहिले नै प्रबन्धहरू मिलाउनुपर्ने आवश्‍यकताबारे उल्लेख गर्नुहोस्‌।

२० मि: तपाईंका छोराछोरीहरूका स्कूलको गतिविधिमा चासो लिने। प्राचीनद्वारा भाषण। यहोवाका साक्षीहरू र शिक्षा (अंग्रेजी) पुस्तिकाको पृष्ठ २-५ मा दिइएका जानकारीहरू पुनरावृत्ति गर्नुहोस्‌। सांसारिक कुराहरूका पछि लाग्नुको साटो हामीले आध्यात्मिक लक्ष्यहरूलाई प्राथमिकता दिनुको कारणबारे शिक्षकहरूलाई निपुणतासाथ कसरी बताउनसक्छौं, छलफल गर्नुहोस्‌। पृष्ठ ३१ को “निष्कर्ष”-मा दिइएका बुँदाहरू समावेश गर्नुहोस्‌। सेप्टेम्बर ८, १९८८ ब्यूँझनुहोस्‌!-को (अंग्रेजी) पृष्ठ ११ मा दिइएका सुझाउहरू लागू गर्न आमाबाबुहरूलाई प्रोत्साहन दिनुहोस्‌।

१५ मि: सेप्टेम्बर महिनामा प्रस्तुत गर्ने साहित्यबारे पुनरावृत्ति गर्नुहोस्‌। तपाईंको पारिवारिक जीवन सुखी बनाउने (अंग्रेजी) पुस्तक चलाउनेछौं। यो पुस्तक स्थानीय भाषामा उपलब्ध छैन भने पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ प्रस्तुत गर्न सकिन्छ। परिवार पुस्तक सबैलाई मन पर्ने खालको छ र यो प्रस्तुत गर्न छोटो परिचय भए पुग्छ। पृष्ठ ३ मा सूचीबद्ध अध्यायका चित्ताकर्षक शीर्षकहरूतिर ध्यानाकर्षण गराउन सकिन्छ। त्यस्तैगरि सधैंभरि बाँच्ने पुस्तक प्रस्तुत गर्दा अध्याय ११ को शीर्षक “परमेश्‍वरले दुष्टता रहिरहने अनुमति किन दिनु भएको?” देखाउनुहोस्‌ किनभने त्यहाँ प्रायः मानिसहरूले सोध्ने प्रश्‍न गरिएको छ, यस पुस्तकले धर्मशास्त्रीय जवाफ कसरी दिन्छ देखाउनुहोस्‌। एक योग्य प्रकाशकलाई यी दुवै पुस्तक प्रस्तुत गर्ने संक्षिप्त प्रदर्शन देखाउन लाउनुहोस्‌। उपयुक्‍त भएमा जीवन—यहाँ कसरी आयो? विकासवाद वा सृष्टिद्वारा? (अंग्रेजी) पुस्तक प्रस्तुत गर्न सकिन्छ। विद्यार्थीहरूलाई यो पुस्तक प्रस्तुत गर्न सजग हुनुहोस्‌।

गीत ११३ (६२) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने