प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 अप्रिल पृ. १
  • लाखौं थपिंदैछन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लाखौं थपिंदैछन्‌
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • थप प्रगति तर्फ सकारात्मक गतिविधि
    हाम्रो राज्य सेवकाई—१९९२
  • आध्यात्मिक प्रगति गरिरहनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • हामी सबैले नयाँ चेला बनाउन मदत गर्न सक्छौं
    हाम्रो राज्य सेवकाई—२००७
  • यहोवाको सेवाको लागि आध्यात्मिक तवरमा बलियो रहनु होस्‌, स्वच्छ बस्नु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 अप्रिल पृ. १

लाखौं थपिंदैछन्‌

१ प्रथम शताब्दीमा जस्तै वर्तमान समयमा पनि उल्लेखनीय ढंगले मसीही मण्डलीको विस्तार भइरहेको छ। (प्रेरि. २:४१; ४:४) गत वर्ष विश्‍वभरि ३,६६,५७९ नयाँ चेलाहरूले बप्तिस्मा लिए। सरदर हिसाबअनुसार यो दिनको १,००० भन्दा धेरै हुन्छ! गत तीन वर्षभित्र दश लाखभन्दा बढीले बप्तिस्मा लिएका छन्‌। निस्सन्देह, यहोवाले लाखौं विश्‍वासीहरू थपिरहनुभएको छ।—प्रेरित ५:१४.

२ मसीही जीवनशैलीको अनुभव नभएका थुप्रैलाई विश्‍वासमा बलिया भएकाहरूको सहयोग र प्रशिक्षण चाहिन्छ। (रोमी १५:१) प्रथम शताब्दीका मसीहीहरूबीच यस्ताहरू पनि थिए जो बप्तिस्मा लिएको धेरै वर्षपछि पनि “सिद्धतातर्फ” बढ्‌न सकेका थिएनन्‌। (हिब्रू ५:१२; ६:१) त्यसैकारण, मसीहीहरूले आध्यात्मिक उन्‍नति गर्नुपर्ने क्षेत्रहरूबारे पावलले हिब्रूहरूलाई लेखेको पत्रमा प्रकाश पारे। ती क्षेत्रहरू के हुन्‌ र चाहिएको मदत कसरी दिन सकिन्छ?

३ अध्ययन गर्न असल बानी बसाल्ने: पावलको निर्देशनअनुरूप असल विद्यार्थी हुनको लागि सक्रियतासाथ सिक्नु, सिकेको पाठ पुनरावृत्ति गर्नु र यहोवाको संगठनले प्रबन्ध गरेको “खँदिलो खानेकुरा” प्रयोग गर्नुपर्छ। (हिब्रू ५:१३, १४; अगस्त १, १९९३, प्रहरीधरहरा, पृष्ठ २०-२४ हेर्नुहोस्‌।) नयाँ विश्‍वासीहरूलाई आध्यात्मिक वार्तालापमा समावेश गराएर अनि व्यक्‍तिगत अध्ययनद्वारा तपाईंले सिक्नुभएको बहुमूल्य रत्नतुल्य सत्य बाँडेर तिनीहरूलाई अध्ययन गर्ने असल बानी बसाल्ने प्रेरणा दिन सक्नुहुन्छ। सम्भव भएमा कहिलेकाहीं नयाँ व्यक्‍तिलाई तपाईंको व्यक्‍तिगत वा पारिवारिक अध्ययनमा बस्ने निमन्त्रणा दिन सक्नुहुन्छ।

४ सभाहरू नियमित धाउने: मसीही सभाहरूमा भेला हुनू भनेर पावलले उल्लेख गरेको “बानी” धेरैले गुमाइरहेको कुरा चिन्ता गर्नुपर्ने अर्को विषय हो र त्यसलाई त्याग्न तपाईंको विश्‍वसनीय उदाहरण र प्रोत्साहनदायी मायालु बोलीले मण्डलीका नयाँ सदस्यहरूलाई मदत दिनेछ। (हिब्रू १०:२४, २५) मण्डलीका सभाहरू तिनीहरूको आध्यात्मिकताको लागि नभई नहुने कुरा हो भनेर तिनीहरूलाई बुझ्ने मदत दिनुहोस्‌। अग्रसर भई तिनीहरूलाई भातृत्वको हैसियतमा ग्रहण गरिएको महसुस गराउनुहोस्‌।

५ विश्‍वस्त भई यहोवालाई पुकार्ने: शारीरिक कमजोरी तथा खराब व्यक्‍तित्वलाई पन्छाउन हामीले आफ्ना भित्री विचारहरू र अति गम्भीर चिन्ताहरू व्यक्‍त गर्दै यहोवालाई प्रार्थना गर्नैपर्छ। पावलले आग्रह गरेझैं यहोवामा भर पर्दा डराउनु पर्दैन भनेर नयाँ व्यक्‍तिहरूले सिक्नैपर्छ। (हिब्रू ४:१५, १६; १०:२२) यस सन्दर्भमा तपाईंले आफ्ना अनुभवहरू बताउँदा यहोवाले हाम्रो अन्तरबिन्ती सुन्‍नुहुन्छ भनेर नयाँ व्यक्‍तिहरू विश्‍वस्त हुनेछन्‌।

६ सेवकाईको लागि तालिका मिलाउने: हामीले “निरन्तर स्तुतिको बलिदान परमेश्‍वरलाई” चढाउँदा हाम्रो आध्यात्मिकता बलियो हुन्छ भनेर पनि पावलले देखाए। (हिब्रू १३:१५) के तपाईं नयाँ प्रकाशकहरूलाई आफ्नो साप्ताहिक क्षेत्र सेवकाईमा सामेल हुने निमन्त्रणा दिन सक्नुहुन्छ? सम्भव भएमा तपाईं दुइले प्रस्तुतिहरू तयार पार्न सक्नुहुन्छ वा नयाँ व्यक्‍तिले अहिलेसम्म प्रयास नगरेको सेवकाईको कुनै पक्षमा विचार गर्न सक्नुहुन्छ।

७ लाखौं थपिनु एकदमै हर्षको कुरा हो। मण्डलीमा नयाँ सदस्यहरूलाई प्रशिक्षण र अर्ती दिनमा आफू बढ्‌दै जाँदा ‘आत्माको उद्धार’ गर्नको लागि चाहिने बलियो विश्‍वास खेती गर्न तिनीहरूले मदत पाउनेछन्‌।—हिब्रू ३:१२, १३; १०:३९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने