प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 जून पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९७
हाम्रो राज्य सेवकाई—१९९७
km97 जून पृ. ३

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू जून: चन्दास्वरूप रु. २०.०० मा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक प्रस्तुत गर्ने। गृह बाइबल अध्ययन सुरु गर्न ध्यानकेन्द्रित गर्नुहोस्‌। जुलाई र अगस्त: निम्न ३२ पृष्ठ भएका पुस्तिकामध्ये कुनै पनि चन्दास्वरूप रु. ६.०० मा प्रस्तुत गर्न सकिन्छ: के तपाईंले त्रिएकमा विश्‍वास गर्नुपर्ने हो? (अंग्रेजी), के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रिय जनको मृत्यु हुँदा (अंग्रेजी), त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, सधैंभरि रहिरहने ईश्‍वरीय नाउँ (अंग्रेजी), हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? र “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु।” सेप्टेम्बर: चन्दास्वरूप रु. २०.०० मा पारिवारिक आनन्दको रहस्य पुस्तक प्रस्तुत गर्ने।

▪ प्रकाशकहरूले व्यक्‍तिगत तवरमा गरेको साहित्य अर्डर सोसाइटीले स्वीकार्दैन। अतः, मण्डलीको अध्यक्षले प्रत्येक महिना मण्डलीले सोसाइटीलाई साहित्य अर्डर गर्नुअघि व्यक्‍तिविशेषका कुनै साहित्यहरू अर्डर गर्नुपरेको छ भने साहित्य हेर्ने भाइसित सम्पर्क राख्न घोषणा गर्नसक्छन्‌। कृपया कुन चाहिं साहित्य विशेष अर्डरमा पर्छ, त्यो पनि ध्यानमा राख्नुहोस्‌।

▪ जुलाई महिनादेखि परिभ्रमण निरीक्षकहरूले “यहोवाको प्रशंसा गर्न शिक्षा चलाउनुहोस्‌” भन्‍ने विषयमा जनभाषण दिनेछन्‌ अनि भ्रमणको अन्तिम भाषणको विषय चाहिं “दृश्‍य संगठनसँगसँगै हिंड्‌नुहोस्‌” हुनेछ। बिहीबार (वा शुक्रबार) दिइने पहिलो सेवा भाषणको विषय हो: “साहसी हुनुहोस्‌ अनि प्रचार गर्नुहोस्‌!”

▪ मण्डली निरीक्षक वा उनले खटाएको कसैले जून १ मा वा त्यसको तत्कालैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरी सकेपछि मण्डलीमा घोषणा गर्नुहोस्‌।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

यहोवाका साक्षीहरू तथा शिक्षा—तामिल, मल्यालम

सन्‌ १९९५ मा अंग्रेजी भाषामा विमोचन भएको यो पुस्तिका भारतीय भाषामा पहिलो पटक उपलब्ध भएको हो। सबै आमाबाबुलाई आ-आफ्नो बच्चाहरूसित यो पुस्तिका अध्ययन गर्न तथा स्कूलका शिक्षकहरूलाई पनि दिन हामी प्रोत्साहन दिन्छौं। बच्चाहरूले पनि सधैं आफूसित यसका प्रतिहरू स्कूलमा लग्नसक्छन्‌ अनि धेरैभन्दा धेरै शिक्षकहरूलाई टक्राउनसक्छन्‌।

हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित (१९९७ संशोधित)—मल्यालम

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने