जून महिनाको लागि सेवा सभाहरू
जून २ मा सुरु हुने हप्ता
गीत १८१ (१७)
८ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। आफ्नो देश र स्थानीय मण्डलीको फेब्रुअरी महिनाको रिपोर्टबारे टिप्पणी गर्नुहोस्।
१५ मि: “बढ़ता प्रयत्न गर।” प्रश्नोत्तर।—अप्रिल १५, १९९३, प्रहरीधरहरा-को (अंग्रेजी) पृष्ठ २८-३० पनि हेर्नुहोस्।
२२ मि: “परमेश्वरबाटको ज्ञानले थुप्रै प्रश्नको जवाफ दिन्छ।” यो भाषण सञ्चालन गर्ने भाइले जवानलगायत दुइ तीन जना प्रकाशकसित लेख छलफल गर्छन्। प्रश्नहरूको जवाफ दिन ज्ञान पुस्तक किन यत्तिको प्रभावकारी छ भनी जोड दिंदै अनुच्छेद १ मा टिप्पणी गर्नुहोस्। तयारी गरेको प्रदर्शन गर्नुहोस् अनि हरेक प्रदर्शनपछि अझ उन्नति गर्ने सुझाउहरू दिनुहोस्।
गीत २०० (२३) र समापन प्रार्थना।
जून ९ मा सुरु हुने हप्ता
गीत १८९ (४)
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: वर्षा यामबारे सम्झौटाहरू। भाषण अनि श्रोतागणसित छलफल। देशको विभिन्न भागमा अविरल वर्षाको कारण सामान्य जनजीवन नै अस्तव्यस्त हुन्छ। ईश्वरतान्त्रिक गतिविधिहरूलाई बेवास्ता नगरी कसरी कामकुरा व्यवस्थित गर्नसक्छौं? निम्न कुराहरू छलफल गर्नुहोस्: (१) सभाहरूमा नियमित तवरमा उपस्थित हुने। (२) सेवकाईमा नियमित तवरमा भाग लिन प्रबन्ध मिलाउने, महिनाको सुरु-सुरुमै भाग लिने अनि पछि मौसम खराब भएमा गाह्रो हुनेछैन। (३) वर्षाको लागि उपयुक्त वर्षादी अनि सुहाउँदो झोला पनि होऊन् ताकि पानीले हाम्रो बाइबल, साहित्य तथा पत्रिकाहरू नभिजोस्। (४) सम्भव भएमा सुहाउँदो इलाकाहरू छान्ने जस्तै, अग्ला भवनहरू वा पानीले जलमग्न नहुने इलाकाहरू। (५) ओत लागेर अनौपचारिक साक्षी दिन मिल्ने सार्वजनिक स्थल खोज्ने। (६) मण्डलीका गतिविधिहरू घट्न नदिन प्राचीनहरूले कामकुराहरू सुव्यवस्थित गर्ने।
२० मि: अरूलाई सिकाउनु—अत्यन्तै जरुरी। प्राचीनद्वारा भाषण। वार्षिक पुस्तक १९९७ को पृष्ठ ३३ मा दिइएको विश्वभरिको १९९६ सेवा रिपोर्ट पुनरावृत्ति गर्नुहोस्। मानिसहरू भेट्ने सबै ठाउँमा साक्षी दिन गरिएको जोडतोड प्रयासले फल फलाइरहेको छ। साहित्यहरू प्रस्तुत गरिएको ठाउँमा पुनः जान र मानिसहरूलाई सत्य सिकाउन अब अत्यन्तै जरुरी भएको छ। सार्वजनिक स्थलहरूमा मानिसहरूलाई भेट्दा पुनःभेट गर्न तिनीहरूको नाउँ र ठेगाना कौशलतापूर्वक सोध्नुहोस्। परमेश्वरको राज्यको बीउ रोपेर मात्र पुग्दैन, पानी पनि दिनुपर्छ। (१ कोरि. ३:६-८) असल माटोमा बीउ रोपेका छौं भने प्रभावकारी शिक्षण तरिकाले राज्यको अर्थ बुझ्न सजिलो हुन्छ। (मत्ती १३:२३) शिक्षण कार्यमा यथाशक्य निपुणतासाथ भाग लिनुपर्छ। (हिब्रू ५:१२क) जून १९९६ हाम्रो राज्य सेवकाई परिशिष्टको अनुच्छेद २५-६ बाट पनि केही बुँदाहरू समावेश गर्नुहोस्। चाहनुहुन्छ पुस्तिका वा ज्ञान पुस्तकबाट अध्ययन सुरु गर्न जोड दिनुहोस्।
गीत २०४ (२५) र समापन प्रार्थना।
जून १६ मा सुरु हुने हप्ता
गीत १९२ (२१)
१० मि: स्थानीय घोषणाहरू। ताजा पत्रिकाहरूबाट वार्तालाप सुरु गर्न चलाउन सकिने बुँदा बताउनुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: तपाईंको धर्म साँचो हो या झूटो हो, चिन्ने। प्राचीनले दुइ वा तीन योग्य प्रकाशकहरूसित डिसेम्बर २२, १९८९ को ब्यूँझनुहोस्!-को (अंग्रेजी) पृष्ठ १८ मा आधारित बुँदाबाट छलफल गर्छन्। सम्भवतः, बारम्बार निष्कपट मानिसहरूलाई भेटिन्छ। तथापि, तिनीहरू बाइबल अध्ययन गर्न राजी हुँदैनन्। सही ज्ञानअनुरूप चल्नु आवश्यक छ भनी तिनीहरूलाई सजग गराउन ब्यूँझनुहोस्!-को त्यस लेखका बुँदाहरू कसरी चलाउन सकिन्छ, छलफल गर्नुहोस्। ज्ञान पुस्तकको अध्याय ५: “परमेश्वरले कसको उपासना स्वीकार्नुहुन्छ?” का मुख्य बुँदाहरू बताउनुहोस्। अनुच्छेद २० पढ्नुहोस्। त्यस्ता मानिसहरूसित मायालु र निपुणतापूर्वक बाइबल अध्ययन गर्न र तिनीहरूलाई सभाहरू धाउन प्रोत्साहन दिन पुनःभेट गर्न सकिन्छ।
गीत २०१ (८) र समापन प्रार्थना।
जून २३ मा सुरु हुने हप्ता
गीत १९३ (१८)
१० मि: स्थानीय घोषणाहरू।
१५ मि: तिनीहरू हामीबारे के भन्दैछन्? वाच टावर प्रकाशन अनुक्रमणिका १९८६–१९९५, (अंग्रेजी) पृष्ठ ३४१-३ (वा अनुक्रमणिका १९८६-९० को पृष्ठ २६८-९) मा पाइने जानकारीमा आधारित भाषण। यहोवाका साक्षीहरूको आचरण र कार्यबारे “अन्य मानिसहरूका कथन”-बाट केही उल्लेखनीय टिप्पणीहरू छान्नुहोस्। हामीमा देखेका कुराहरूबाट मानिसहरू कसरी सकारात्मक ढंगमा प्रभावित भएका छन्, देखाउनुहोस्। असल आचरण कायम राख्न र हाम्रो कार्यमा लागिरहन यसले हामीलाई किन उत्प्रेरित गर्नुपर्ने हो, बुझाउनुहोस्। कुनै परिचित वा जिज्ञासु व्यक्तिले हामीबारे अझ जान्न चाहन्छ भने त्यस्ता सकारात्मक टिप्पणीहरू कसरी चलाउन सकिन्छ, औंल्याउनुहोस्।
२० मि: “आमाबाबु हो—आफ्ना बच्चाहरूलाई प्रचार गर्न प्रशिक्षण दिनुहोस्।” प्रश्नोत्तर। हाम्रो सेवकाई (अंग्रेजी) पुस्तकको पृष्ठ ९९-१०० मा “बच्चाहरूलाई मदत गर्ने” उपशीर्षक मुनि दिइएका निर्देशनहरू समावेश गर्नुहोस्।
गीत २११ (२२) र समापन प्रार्थना।
जून ३० मा सुरु हुने हप्ता
गीत १९७ (६)
१० मि: स्थानीय घोषणाहरू। जून महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन सबैलाई सम्झाउनुहोस्।
२० मि: “केटाकेटी हो—तपाईंहरूले के कस्ता आध्यात्मिक लक्ष्यहरू राख्नुभएको छ?” दुइ पिताहरूले लेख छलफल गर्छन्। भौतिक इच्छाहरूको पछि लाग्नुको साटो आध्यात्मिक आशिष्हरू ल्याउने ईश्वरतान्त्रिक लक्ष्यहरू राख्न आफ्ना बच्चाहरूलाई मदत दिनु किन अत्यावश्यक छ र कसरी दिन सकिन्छ, तिनीहरू छलफल गर्छन्।—हाम्रो सेवकाई (अंग्रेजी) पुस्तकको पृष्ठ ११६-१८ पनि हेर्नुहोस्।
१५ मि: जुलाई महिनामा प्रस्तुत गरिने साहित्यको लागि तयार गर्ने। स्थानीय इलाकामा चासो जगाउन सफल भएका एक दुइटा ठूला पुस्तिकाहरू छान्नुहोस् अनि प्रत्येक पुस्तिकाका उल्लेखनीय बुँदाहरू पुनरावृत्ति गर्नुहोस्। ती बुँदाहरू हाम्रो प्रस्तुतिमा कसरी समावेश गर्न सकिन्छ, केही सुझाउहरू दिनुहोस्। प्रस्तुत गरिएका साहित्यहरूको रेकर्ड राख्न, पुनःभेट गर्न र चासो जगाउन सबैलाई सम्झाउनुहोस्।
गीत १०९ (२) र समापन प्रार्थना।