सेप्टेम्बर महिनाका लागि सेवा सभाहरू
सेप्टेम्बर १ मा सुरु हुने हप्ता
गीत २६
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।
१५ मि: “बढ्ता महत्त्वपूर्ण कुरालाई पहिलो स्थान दिनुहोस्।” प्रश्नोत्तर। समय छ भने फेब्रुअरी २२, १९८७, ब्यूँझनुहोस्! (अंग्रेजी), पृष्ठ ८-९ को “सही ढंगमा प्राथमिकताहरू निर्धारण गर्ने”-बाट केही टिप्पणी गर्नुहोस्।
२० मि: “अरूसित पारिवारिक आनन्दको रहस्य बाँड्ने।” अनुच्छेद १ अनि ६-८ ढाक्दै भाषण दिनुहोस्। अनुच्छेद २-५ बाट प्रदर्शन गर्नुहोस्। चेला बनाउने र बाइबल अध्ययन थाल्ने लक्ष्य पूरा गर्ने अठोट हामीले गर्नुपर्छ भनी जोड दिनुहोस्।
गीत १०७ र समापन प्रार्थना।
सेप्टेम्बर ८ मा सुरु हुने हप्ता
गीत २७
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: “चेला बनाउने बाइबल अध्ययनहरू।” भाषण तथा सामूहिक छलफल। प्राचीन लेख पुनरावलोकन गर्छन्। त्यसपछि तिनी बाइबल अध्ययन सञ्चालन गर्ने अनुभवी प्रकाशकहरूसित “समर्पण र बप्तिस्माको लागि विद्यार्थीहरूलाई उत्प्रेरित गर्नुहोस्” (km-NP ६/९६, परिशिष्ट, अनु. २०-२) छलफल गर्छन्।
गीत १०९ र समापन प्रार्थना।
सेप्टेम्बर १५ मा सुरु हुने हप्ता
गीत ३०
१० मि: स्थानीय घोषणाहरू।
१५ मि: वार्तालाप कसरी थाल्ने। सेवकाईमा कत्तिको सफल वा असफल हुने हो, त्यो मानिसहरूलाई अर्थपूर्ण वार्तालाप गराउनसक्नुमा नै भर पर्छ। अरूको ध्यानाकर्षण गर्नसक्ने केही कुरा भन्नसक्यौं भने, साक्षी दिंदा आइपर्ने ठूलठूला तगारोहरूमध्ये एउटालाई हामीले पार गरेका हुनेछौं। श्रोतासित पाठशाला निर्देशन पुस्तक, (अंग्रेजी) पाठ १६, अनुच्छेद ११-१४ मा भएका केही महत्त्वपूर्ण सुझाउहरू छलफल गर्नुहोस्। (१) बटुवा, (२) बसमा यात्रा गरिरहेको यात्रु, (३) काउन्टरमा बस्ने व्यक्ति, (४) किनमेल गर्न आएका व्यक्तिलाई सवारी साधन बिसाउने ठाउँमा भेट्दा, (५) पार्कको बेन्चमा बसिरहेको मानिस र (६) टेलिफोन साक्षी दिंदा भेटिएको व्यक्तिसित वार्तालाप थाल्न दक्ष तथा प्रभावकारी प्रकाशकहरू कुरा गर्दा सुरुमा के भन्छन्, बताउन लाउनुहोस्।
२० मि: के तपाईं स्कूल (अंग्रेजी) पुस्तिका प्रयोग गर्दै हुनुहुन्छ? एक प्राचीनले केही आमाबाबु तथा छोराछोरीसित अक्टोबर १, १९८५, प्रहरीधरहरा, (अंग्रेजी) पृष्ठ ३०-१ बाट छलफल गर्छन्। स्कूल पुस्तिका प्रयोग गर्दा बटुलेका व्यक्तिगत अनुभवहरू ती आमाबाबु तथा छोराछोरी बताउँछन्।
गीत ११२ र समापन प्रार्थना।
सेप्टेम्बर २२ मा सुरु हुने हप्ता
गीत ३२
५ मि: स्थानीय घोषणाहरू।
२३ मि: “१९९७ ‘परमेश्वरको वचनमा विश्वास’ जिल्ला अधिवेशन।” (अनुच्छेद १-१६) प्रश्नोत्तर। अनुच्छेद १०, १२ र १५ पढ्नुहोस्। कोरीबाटी, आचरण तथा छोराछोरीलाई निगरानीमा राखेर हाम्रो मसीही मर्यादालाई होशियारीसाथ कायम राख्नु धर्मशास्त्रीय महत्त्वको कुरा हो भनेर जोड दिनुहोस्।
१७ मि: मण्डलीको १९९७ सेवा वर्षको रिपोर्ट पुनरावलोकन गर्नुहोस्। मार्च, अप्रिल र मे महिनाहरूमा मण्डलीले गरेको प्रयत्नको सेवा निरीक्षक सराहना गर्छन्। उन्नति गर्न सुझाउहरू दिन्छन्। नोभेम्बर, मे र अगस्त महिनाहरूमा पाँच पटक सप्ताहन्त पर्ने भएकोले त्यतिखेर अग्रगामी गर्न सकिन्छ कि भन्दै नयाँ सेवा वर्षको लागि केही व्यवहारिक लक्ष्यहरू बताउँछन्।
गीत ११३ र समापन प्रार्थना।
सेप्टेम्बर २९ मा सुरु हुने हप्ता
गीत ३७
१३ मि: स्थानीय घोषणाहरू। क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सबैलाई सम्झाउनुहोस्। आगामी हप्तादेखि मण्डली पुस्तक अध्ययनमा पारिवारिक आनन्द पुस्तक पढ्नेछौं भनेर बताउनुहोस्। अक्टोबरमा ग्राहक बन्ने प्रस्ताव राख्ने तयारीको सन्दर्भमा अक्टोबर १९९६ को हाम्रो राज्य सेवकाई, पृष्ठ ८ बाट ‘आफ्नो प्रचार इलाकाको विश्लेषण गर्नु,’ ‘पत्रिकाहरूसित परिचित हुनु,’ ‘परिचय तयार पार्नु,’ ‘घरधनीलाई सुहाउँदो प्रस्तुति गर्नु’ र ‘एकअर्कोलाई मदत गर्नु’ किन आवश्यक छन्, छलफल गर्नुहोस्।
२० मि: “१९९७ ‘परमेश्वरको वचनमा विश्वास’ जिल्ला अधिवेशन।” (अनुच्छेद १७-२२) प्रश्नोत्तर। अनुच्छेद १७ र उद्धरित शास्त्रपदहरू पढ्नुहोस्। विशेषगरि बस्ने ठाउँको सन्दर्भमा सुव्यवस्थित हुन तथा अरूको ख्याल राख्न जोड दिनुहोस्। “जिल्ला अधिवेशनका सम्झौटाहरू” छोटकरीमा पुनरावलोकन गर्दै भाषण टुंग्याउनुहोस्।
१२ मि: आफ्नो सेवकाई राम्रो पार्नुहोस्। श्रोतासित हाम्रो सेवकाई (अंग्रेजी) पुस्तकको पृष्ठ ८१-३ बाट छलफल गर्नुहोस्। मुख्य बुँदालाई जोड दिन यी प्रश्नहरू सोध्नुहोस्: (१) येशूको उदाहरण पछ्याएर हामी कसरी लाभान्वित हुन्छौं? (२) प्रचार गर्ने हाम्रो दायित्व कत्तिको महत्त्वपूर्ण छ? (३) यहोवालाई आफ्नो जीवन समर्पण गर्न हामीलाई कुन कुराले उत्प्रेरित गर्छ? (४) परमेश्वरको सेवा गर्ने मानिसको आचरण कस्तो हुनु आवश्यक छ? (५) येशूले प्रचार गर्नुभएको तरिकाबाट हामी के सिक्नसक्छौं?
गीत १२१ र समापन प्रार्थना।