घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू नोभेम्बर: राज्य समाचार न. ३५ को वितरणकार्य जारी रहनेछ। राज्य समाचार न. ३५ को स्टक वितरण गरिसके पश्चात् ज्ञान पुस्तक रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। डिसेम्बर: यी तीन पुस्तकहरूमध्ये कुनै एक चन्दास्वरूप रु. ४५.०० मा प्रस्तुत गर्न सकिन्छ: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ, (सानो साइजको रु. २५.००), बाइबलका कथाहरू भएको मेरो पुस्तक, (सानो साइजको रु. ३०.००) वा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। जुलाई महिनाको हाम्रो राज्य सेवकाई-मा सूचीबद्ध विशेष दरमा प्रस्तुत गरिने कुनै पनि पुस्तक रु. २.५० मा विकल्पको रूपमा प्रस्तुत गर्न सकिन्छ। जनवरी: सोसाइटीले अर्धमोल वा विशेष दरमा सूचीबद्ध गरेका कुनै पनि पुराना १९२ पृष्ठ भएका पुस्तकहरू प्रस्तुत गर्ने। स्थानीय भाषामा यी पुस्तकहरू उपलब्ध नभए ज्ञान वा पारिवारिक आनन्द पुस्तक रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। फेब्रुअरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ, पुस्तक चन्दास्वरूप रु. २५.०० मा (ठूलो साइजको रु. ४५.००) वा सोसाइटीले सूचीबद्ध गरेको कुनै पनि पुरानो १९२ पृष्ठे पुस्तक अर्धमोल वा विशेष पुस्तक दरमा प्रस्तुत गर्न सकिन्छ। स्थानीय भाषामा यस्ता किताबहरू उपलब्ध छैनन् भने, ज्ञान वा पारिवारिक आनन्द पुस्तकहरू रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ।
▪ नोभेम्बर १६ मा विशेष अभियान सिद्धिएपछि पनि राज्य समाचार न. ३५ अझै बाँकी रहेका मण्डलीहरूले प्रकाशकहरूलाई ढोका ढोकामा या जुनसुकै ठाउँमा पनि पर्चाहरूजस्तै प्रस्तुत गर्न प्रोत्साहन दिनसक्छन्। उपयुक्त भएमा, कोही पनि नभएको घरमा प्रकाशकहरूले एउटा राज्य समाचार बटुवाहरूले नदेख्नेगरि छोड्नसक्छन्। यस महत्त्वपूर्ण सन्देशका बाँकी सबै प्रतिहरू वितरण गर्ने प्रयास गर्नुपर्छ।
▪ जनवरी १९९८ को सुरुमा क्षेत्रीय निरीक्षकहरूले भ्रमणको दौडान “यहोवाको बचाउने शक्तिमा भरोसा गर्नुहोस्” विषयक जनभाषण र “परमेश्वरको भय राख्ने मण्डलीहरू—राम्रो आचरण कायम गर्नुहोस्” शीर्षक समापन सेवा भाषण दिनेछन्। तिनीहरूले बिहीबार (वा शुक्रबार) दिने प्रथम सेवा भाषणको शीर्षक छ: “परमेश्वरको सुवासित ज्ञान ‘सबै ठाउँमा’ फैलाउने।”