प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 नोभेम्बर पृ. ३
  • कलर प्रेसहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कलर प्रेसहरू
  • हाम्रो राज्य सेवकाई—१९९७
हाम्रो राज्य सेवकाई—१९९७
km97 नोभेम्बर पृ. ३

कलर प्रेसहरू

जुलाई २, १९९७ मा हामीले सबैलाई पठाएको पत्रको प्रत्युत्तर दिनुभएकोमा तपाईंहरू सबैलाई धन्यवाद टक्राउन चाहन्छौं। हामी दुइवटा कलर प्रेसहरू जडान गरेर रंगीन प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! छाप्न लागिरहेछौं भनेर त्यस पत्र मार्फत एउटा शुभ समाचार दिएका थियौं। अब ती प्रेसहरू भारतमा आजभोलि नै आइपुग्ने आशा गरिएको छ। ती प्रेसहरूलाई ल्याएर जोरजार गरी उचित स्थानमा राख्न एउटा प्रेसको रु. ७० लाख तिर्नुपर्ने अनुमान गरिएको छ।

हाम्रो पत्र पाएपछि थुप्रै मण्डली तथा व्यक्‍तिविशेषले ती प्रेसहरूको खर्च बेहोर्न प्रहरीदुर्ग प्रकाशन सोसाइटीलाई उदारचित्तले चन्दा पठाए। कतिपयले अझै पठाइरहेका छन्‌ जसको लागि हामी साँच्चै कृतज्ञ छौं। यस विशेष परियोजनामा योगदान पुऱ्‍याउन अवसरको ढोका अझै खुल्ला छ अनि तपाईंहरूले त्यसरी नै सहयोग गरिरहनुहुन्छ भनी हामी आशा गर्छौं। मण्डली तथा व्यक्‍तिविशेषले सोसाइटीलाई सोझै चन्दा पठाउन वा सोसाइटीमा ब्याजरहित धरौटी राख्न चाहन्छ भने जुलाई २, १९९७ को हाम्रो पत्र हेर्नुहोस्‌ र त्यहाँ दिइएको निर्देशनअनुसार गर्नुहोस्‌।

हामी प्रार्थना गर्छौं, यसरी सत्यका आनन्ददायी शब्दहरूले भरिएका हाम्रा पत्रिकाहरूलाई रंगीनमा छाप्दा क्षेत्रमा लाभकारी प्रभाव पर्नेछन्‌ र ती पत्रिकाहरू अनन्त जीवनप्रति सही झुकाउ राख्ने मानिसहरूका लागि अझ आकर्षक हुनेछन्‌।—हितो. २५:११; उप. १२:१०; प्रेरि. १३:४८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने