ईश्वरतान्त्रिक सेवकाई पाठशालाको पुनरावृत्ति
ईश्वरतान्त्रिक सेवकाई पाठशालामा जनवरी ५ देखि अप्रिल २०, १९९८ सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावृत्ति। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरूलाई लेख्नका लागि एउटा छुट्टै कागजको प्रयोग गर्नुहोस्।
[सूचना: लिखित पुनरावृत्तिमा कुनै पनि प्रश्नको उत्तर दिन बाइबलको मात्र प्रयोग गर्न सकिन्छ। प्रश्नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेदको उल्लेख नगरिएको हुनसक्छ।]
निम्नलिखित बयानहरू सही वा गलत हुन्, उत्तर दिनुहोस्:
१. प्रेरित १५:२९ मा “तपाईंको भलो होस्” भन्नुको अर्थ ‘रगत वा व्यभिचारबाट अलग रहनाले तपाईंको स्वास्थ्य राम्रो हुनेछ’ भनी प्रतिज्ञा गरिएको हो। [साप्ताहिक बाइबल पढाइ; w-NP९२ ४/१ पृ. २५ अनु. ७ पादटिप्पणी हेर्नुहोस्।]
२. कोरिन्थका मसीहीहरूको आध्यात्मिक हितबारे गहिरो चिन्ता भएको हुँदा प्रेरित पावल आफ्नो दोस्रो मिसनरी यात्राको दौडान तिनीहरूलाई पहिलो पत्र लेख्न उत्प्रेरित भए। [ si पृ. २१० अनु. ३]
३. मिश्रीहरूले फिरऊनलाई चीलको जस्तै टाउको भएको देवता होरसको अवतार मान्थे। [ w-NP९६ १/१५ पृ. २४ अनु. १]
४. प्रेरित ८:९-२४ मा रेकर्ड गरिएको घटनामा उल्लिखित अंग्रेजी शब्द “शिमोनी[ले]” जादूगरीलाई संकेत गर्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९१ १/१ पृ. १२ अनु. ८ हेर्नुहोस्।]
५. रोमी ८:६, ७ मा “शरीर” शब्दले हामी असिद्ध मानिसहरूको वंशानुगत पापपूर्ण झुकाउहरूसहितको पतित अवस्थालाई संकेत गर्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९२ १/१ पृ. २३ अनु. ४ हेर्नुहोस्।]
६. यहोवाले पछि खुशीसाथ आफ्ना थुप्रै उपासकहरूले चढाएका अन्न र अन्य फलफूलहरूको भेटी स्वीकार्नुभएकोले स्पष्टतः कयिनको हृदयमा केही खराबी थियो। (उत्प. ४:३-५) [ w-NP९६ ६/१५ पृ. ४ अनु. ८]
७. हामी मसीहीहरूले बाइबलको नैतिक तथा आध्यात्मिक स्तरहरू लागू गर्दा यहोवाको वचनद्वारा शुद्ध पारिन्छौं र यहोवा परमेश्वरले घृणा गर्नुहुने सबै रीतिथितिहरूदेखि ‘पखालिन्छौं।’ (१ कोरि. ६:९-११) [ w-NP९६ १/१ पृ. ३० अनु. ४]
८. कोरिन्थमा पावल स्वयंले स्तिफनसको परिवारका सदस्यहरूलाई बप्तिस्मा दिएका थिए। [ w-NP९६ ६/१५ पृ. २९ अनु. २]
९. प्रेरित २०:२० मा “घर-घर” भन्ने अभिव्यक्तिले सँगी विश्वासीहरूको घरमा गोठालोरूपी भेटघाट गर्ने कुरालाई मात्रै संकेत गर्छ किनभने प्रसंगअनुसार पावलले मण्डलीका प्राचीनहरूलाई सम्बोधन गरिरहेका थिए। [साप्ताहिक बाइबल पढाइ; w-NP९२ २/१ पृ. २२ अनु. ५ हेर्नुहोस्।]
१०. परमेश्वरसँग प्रार्थनाद्वारा मदत माग्दै हामीले आध्यात्मिक कुराहरूको मोल गर्न आफ्नो हृदयलाई प्रशिक्षण दियौं भने “शरीरमा मन लगाउन[देखिन्]” अलग्ग रहनेछौं। (रोमी ८:६, ७) [साप्ताहिक बाइबल पढाइ; w-NP९२ १/१ पृ. २३ अनु. ५ हेर्नुहोस्।]
निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
११. परमेश्वरको वचन आफूसित हुँदैमा र व्यक्तिगत अध्ययन गर्दैमा जीवनतर्फ डोऱ्याउने सही ज्ञान पाइँदैन भनेर प्रेरित पुस्तकको कुन विवरणले देखाउँछ? [साप्ताहिक बाइबल पढाइ, w९१ ९/१ पृ. १९ अनु. १६ हेर्नुहोस्।]
१२. हाम्रा आध्यात्मिक भाइहरूको आलोचनात्मक न्याय नगर्न हामीलाई कुन कुराले रोक्नुपर्छ? [ w-NP९६ ३/१५ पृ. २२ अनु. ५]
१३. प्रेरित ११:२६ मा किन नयाँ विश्व अनुवादले (अंग्रेजी) “ईश्वरीय कृपाद्वारा मसीही भनिएका” भन्ने अभिव्यक्ति चलाउँछ जबकि अन्य अनुवादहरूले “ईश्वरीय कृपा[बारे]” संकेतसम्म गर्दैनन्? [साप्ताहिक बाइबल पढाइ; w९० ६/१ पृ. १९ अनु. १९ हेर्नुहोस्।]
१४. मसीही पत्नीलाई पतिको गहिरो आदर गर्न कुन कुराले मदत गर्नेछ? (एफि. ५:३३) [ w-NP९६ ३/१ पृ. २१ अनु. ५]
१५. प्रेरित १७:११ मा कस्तो प्रकारको व्यक्तिगत अध्ययन गर्न प्रोत्साहन दिइएको छ? [ si पृ. २०५ अनु. ३८]
१६. रोमका मसीहीहरूलाई लेखेको पत्रमा पावलले यहूदी तथा गैरयहूदीहरूको सन्दर्भमा के सुस्पष्ट पारे? [ si पृ. २०६ अनु. २]
१७. रोमी १२:२ अनुसार परमेश्वरको वचनको शक्तिद्वारा मसीहीहरूको व्यक्तित्व कुन हदसम्म परिवर्तन हुनसक्छ? [साप्ताहिक बाइबल पढाइ; w९० ४/१ पृ. १६ अनु. ३ हेर्नुहोस्।]
१८. पावलले रोमी ११:२५ NW मा उल्लेख गरेका “पवित्र रहस्य” के हो? [साप्ताहिक बाइबल पढाइ; w८३ ८/१५ पृ. १६ अनु. १६ हेर्नुहोस्।]
१९. मसीही मण्डलीले गलत काम गर्ने अपश्चात्तापीहरूलाई बहिष्कार गर्नु किन युक्तिसंगत छ? (१ कोरि. ५:११, १३) [साप्ताहिक बाइबल पढाइ; g-NP९६ १०/८ पृ.२६ अनु. २-३]
२०. झरिलो कोइला विरोधीको टाउकोमा खन्याइदिएर कसरी खराबीलाई जित्न सकिन्छ? (रोमी १२:२०, २१) [साप्ताहिक बाइबल पढाइ; g८६ १/२२ पृ. ६ अनु. ५ हेर्नुहोस्।]
तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्:
२१. फिलिपले एथियोपियाका नपुंसकलाई _______________ को भविष्यवाणी कसरी पूर्ति भयो भनी बुझाए र ज्योति पाएपछि तिनले _______________ लिन पाऊँ भनेर नम्रतापूर्वक आग्रह गरे। (प्रेरि. ८:२८-३५) [ si पृ. २०४ अनु. ३३]
२२. _______________ विषयमा विवाद चल्दा _______________ आफ्नो निर्णयमा जोड दिंदै यसो भने: “यसैसँग अगमवक्ताका वचन पनि मिल्छन्, जस्तो लेखिएको छ।” (प्रेरि. १५:१५-१८) [साप्ताहिक बाइबल पढाइ; si पृ. २०४ अनु. ३३ हेर्नुहोस्।]
२३. _______________ ‘अरूलाई आफूभन्दा श्रेष्ठ ठान्न’ मदत गर्छ भने _______________ “सहनशील” हुन मदत दिन्छ। (फिलि. २:३; २ तिमो. २:२४, २५) [ w-NP९६ ५/१५ पृ. २१ अनु. ५]
२४. रोमी अध्याय ११ मा पावलले दिएका लाक्षणिक भद्राक्ष रूखको उदाहरणअनुसार इस्राएलको १२ कुल अब्राहाम र इसहाक मार्फत निस्किएझैं _______________ १२ लाक्षणिक कुल पनि _______________ र _______________ मार्फत निस्कियो। [साप्ताहिक बाइबल पढाइ; w८३ ८/१५ पृ. १६ अनु. १५ हेर्नुहोस्।]
२५. यहोवाले जसरी ______________ उजाडस्थानमा इस्राएलीहरूलाई सँभाल्नुभयो त्यसरी नै उहाँले हामीलाई ______________ यस संसारमा सँभाल्न सक्नुहुन्छ। [ w-NP९६ ८/१५ पृ. ७ अनु. १-२]
निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्नुहोस्:
२६. प्रेरित अध्याय १७ मा उल्लिखित पावलको जनभाषणमा तिनले जीवित परमेश्वरको (सार्वभौमिकता; धार्मिकता; प्रेम) कुशलतापूर्वक स्पष्ट पारे। [साप्ताहिक बाइबल पढाइ; si पृ. २०४ अनु. ३७ हेर्नुहोस्।]
२७. (पावल; पत्रुस; लूका) ले (बिरिया; मेसिडोनिया; यरूशलेम) का मानिसहरूको हार्दिक प्रशंसा गरे किनभने तिनीहरूले लगनशील भई धर्मशास्त्रको जाँच गरे। (प्रेरि. १७:११) [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ५/१ पृ. १४ अनु. ३ हेर्नुहोस्।]
२८. रोमी १:२५ मा उल्लिखित झूटले (मूर्तिपूजा; अशुद्ध यौन प्रचलनहरू; झूटो बोल्ने बानी) लाई संकेत गर्छ। [साप्ताहिक बाइबल पढाइ; w९१ ११/१५ पृ. ६ अनु. ६ हेर्नुहोस्।]
२९. वास्तवमा, कामकुराहरू बिग्रनुमा (मानिसहरू; परमेश्वर र ख्रीष्ट; शैतान र प्रेतहरू) जिम्मेवार छन्। [ w-NP९६ ९/१ पृ. ५ अनु. ३]
३०. पावलले सा.यु. (५२; ५५; ५६) तिर (रोम; एफिसस; कोरिन्थ) बाट कोरिन्थहरूलाई पहिलो पत्र लेखेका थिए। [ si पृ. २१० अनु. ३]
निम्नलिखित बाइबल पदहरूलाई तल दिइएका बयानहरूसित जोडा मिलाउनुहोस्:
हितो. १७:२७; उप. ९:११; मत्ती १०:१६; प्रेरि. १०:३४, ३५; २ कोरि. ४:१८
३१. यहोवाको सेवकहरूको हैसियतमा हामीले सबै जनजातीय समूहहरूप्रति उहाँको जस्तै दृष्टिकोण राख्नुपर्छ। [साप्ताहिक बाइबल पढाइ; w८८ ५/१५ पृ. १६ अनु. ६ हेर्नुहोस्।]
३२. वर्तमान कठिन परिस्थितिलाई विचार नगरी मसीही जीवनको आनन्ददायी नतिजामा ध्यान केन्द्रित गर्नुपर्छ। [ w-NP९६ २/१५ पृ. २७ अनु. ३-४]
३३. समझ-शक्ति र भ्रातृ प्रेमले चित्त दुखाउने कुराहरू प्याच्च नबोल्न मदत गर्नेछ। [ w-NP९६ ५/१५ पृ. २२ अनु. ७]
३४. सतावटको सामना गर्दा साँचो मसीहीहरू राज्य सुसमाचार अरूलाई घोषणा गर्न चनाखो तथा सोझो हुनुपर्छ। [ w-NP९६ ७/१५ पृ. २२ अनु. ४]
३५. दुर्घटना हुँदा सृष्टिकर्ताको हात छ भन्नु वा कुनै प्रकारको दुर्घटनामा पर्दा त्यसलाई सृष्टिकर्ताले दिनुभएको सजाय भन्ठान्नु पटक्कै मिल्दैन। [ w-NP९६ ९/१ पृ. ५ अनु. ४]