प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 अप्रिल पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९८
हाम्रो राज्य सेवकाई—१९९८
km98 अप्रिल पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू अप्रिल र मे: प्रहरीधरहरा वा ब्यूँझनुहोस्‌!-को ग्राहक बनाउने। अर्धमासिक प्रकाशनको एक वर्षको ग्राहक शुल्क दर रु. ९०.०० मात्र। मासिक प्रकाशन एक वर्षको र अर्धमासिक प्रकाशन छ महिनाको ग्राहक शुल्क दर रु. ४५.०० मात्र। मासिक प्रकाशनको छ महिने ग्राहक बन्‍ने सुविधा छैन। ग्राहक बन्‍न नमानेमा एक प्रति रु. ४.०० मा प्रस्तुत गर्नुपर्छ। कृपया ग्राहक बनाउँदा यो कुरा नबिर्सनुहोस्‌, पंजाबी र उर्दूबाहेक (यी दुई भाषामा मासिक मात्र छ), नेपाली र अन्य सबै भारतीय भाषाहरूमा अर्धमासिक प्रहरीधरहरा उपलब्ध छ। ब्यूँझनुहोस्‌! तामिल र मल्यालममा अर्धमासिक तर कन्‍नडा, गुजराती, तेलगु, नेपाली, मराठी र हिन्दीमा मासिक प्रकाशित हुन्छ। उर्दू, पंजाबी र बंगालीमा मण्डलीले वितरण गर्नको लागि त्रैमासिकमा ब्यूँझनुहोस्‌! उपलब्ध छ तर यी तीन भाषाहरूमा ग्राहक बन्‍ने सुविधा उपलब्ध छैन। जून: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चन्दास्वरूप रु. २०.०० मा। (अग्रगामीहरूलाई रु. १५.००) यो पुस्तक छैन भने अर्धमोल वा विशेष दरमा सूचीबद्ध गरिएका कुनै पनि पुराना १९२ पृष्ठे पुस्तकहरू प्रस्तुत गर्न सकिन्छ। जुलाई र अगस्त: चन्दास्वरूप रु. ६.०० मा कुनै पनि ३२ पृष्ठे पुस्तिका प्रस्तुत गर्न सकिन्छ।

▪ पाँचवटा शनिबार परेकोले धेरैका लागि मे महिना सहायक अग्रगामीको काम गर्न उपयुक्‍त समय हुनेछ।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

निराशहरूका लागि सान्त्वना, पर्चा न. २०—ओरिया

▪ पुनः उपलब्ध प्रकाशनहरू: के परमेश्‍वरले साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ?—उर्दू

त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ—उर्दू

प्रहरीधरहरा सजिल्द खण्ड, १९९४ —अंग्रेजी

प्रहरीधरहरा सजिल्द खण्ड, १९९५—अंग्रेजी

▪ उपलब्ध भिडियो क्यासेट:

बाइबल—तपाईंको जीवनमा यसको प्रभाव (खण्ड ३)—अंग्रेजी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने