प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 मे पृ. २
  • मे महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९८
  • उपशीर्षकहरू
  • मे ४ मा सुरु हुने हप्ता
  • मे ११ मा सुरु हुने हप्ता
  • मे १८ मा सुरु हुने हप्ता
  • मे २५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९८
km98 मे पृ. २

मे महिनाका लागि सेवा सभाहरू

मे ४ मा सुरु हुने हप्ता

गीत १०

८ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: “यहोवाको आत्मा हामीसित छ।” प्रश्‍नोत्तर। अनुच्छेद ३ छलफल गर्नुहुँदा वार्षिक पुस्तक १९९८ बाट (अंग्रेजी) उपयुक्‍त उद्धरणहरू समावेश गर्नुहोस्‌।

२२ मि: “मानिसहरूको चासोसित ठ्याक्क मिल्ने लेखहरू छान्‍नुहोस्‌।” उक्‍त लेखका मुख्य बुँदाहरू पुनरावृत्ति गर्नुहोस्‌। पुराना अंकहरू राम्रै अवस्थामा छन्‌ भने त्यही तरिकाले नै प्रस्तुत गर्न सकिन्छ भनेर बताउनुहोस्‌। कुन कुन लेखहरू चलाउँदा राम्रो परिणाम भएको छ, सो बताउन प्रकाशकहरूलाई निम्ताउनुहोस्‌। अनुच्छेद ७ बाट प्रस्तुति प्रदर्शन गर्नुहोस्‌।

गीत २१२ र समापन प्रार्थना।

मे ११ मा सुरु हुने हप्ता

गीत १९७

८ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१२ मि: “ग्रीष्मकालमा के गर्ने योजना छ?” प्राचीनले दुई वा तीन प्रकाशकहरूसित ग्रीष्म महिनाको योजनाबारे छलफल गर्छन्‌। तिनीहरूले बिदा मनाउन जाँदा अनि साथी तथा आफन्तहरूसित भेटघाट गर्दा क्षेत्र सेवाको क्रियाकलापमा अझ बढी भाग लिन र पछि अधिवेशनमा उपस्थित हुन बनाइएका प्रबन्धहरू पुनरावलोकन गर्छन्‌। सबै जना व्यक्‍तिगत अध्ययन, सभाहरू वा क्षेत्र सेवाको बेवास्ता नगर्ने कुरामा सहमत हुन्छन्‌ अनि ईश्‍वरतान्त्रिक तालिकालाई कायम राख्न बनाएको योजनाबारे बताउँछन्‌।

२५ मि: “अझ धेरै बाइबल अध्ययन चाहियो।” सेवा निरीक्षकद्वारा भाषण र श्रोतागणसित छलफल। स्थानीय बाइबल अध्ययन क्रियाकलापको पुनरावलोकन। मण्डलीले उन्‍नति गरेको पक्षको सराहना गर्नुहोस्‌। पारिवारिक अध्ययनलगायत बाइबल अध्ययन थाल्न र संचालन गर्न अझ अरू के गर्न सकिन्छ, बताउनुहोस्‌। पारिवारिक अध्ययन राम्ररी संचालन गर्ने आमाबाबुसित अन्तरवार्ता लिएर अनुच्छेद ५ स्पष्ट पार्नुहोस्‌। अनुच्छेद ८ पढ्‌नुहोस्‌ र सूचीबद्ध आठवटा बुँदाहरूलाई जोड दिनुहोस्‌। अनुच्छेद १३ केलाउँदा प्रभावशाली अध्ययन संचालन गर्ने प्रकाशकलाई अनावश्‍यक ढिलासुस्ती नगरी अध्ययन सामग्री सिध्याउन तिनलाई कसरी सम्भव भएको छ, बताउन लगाउनुहोस्‌। स्थानीय क्षेत्रमा उल्लेखनीय परिणाम ल्याएको राम्रो अनुभव समावेश गर्नुहोस्‌।

गीत ४८ र समापन प्रार्थना।

मे १८ मा सुरु हुने हप्ता

गीत १४१

८ मि: स्थानीय घोषणाहरू।

२२ मि: “के तपाईंको ‘शरीरमा एक किसिमको छेस्को’ छ?” प्रश्‍नोत्तर। नोभेम्बर १५, १९८७ प्रहरीधरहरा (अंग्रेजी), “पाठकहरूका प्रश्‍नहरू” पृष्ठ २९ बाट टिप्पणी गर्नुहोस्‌।

१५ मि: प्रश्‍न पेटी। पहिलो प्रश्‍नको उत्तरको स्थानीय प्रयोग बताउनुहोस्‌। संवेदनशील क्षेत्रमा समझशक्‍ति र कौशलता चलाउनुहोस्‌ भनेर छलफल गर्नुहोस्‌। दोस्रो प्रश्‍न छलफल गर्दा दुःखकष्ट झेलिरहेका विश्‍वभरिका भाइहरूको ख्याल राख्न प्रोत्साहन दिंदै सोसाइटीका प्रकाशनहरूबाट अनुभवहरू चलाउनुहोस्‌।

गीत १३९ र समापन प्रार्थना।

मे २५ मा सुरु हुने हप्ता

गीत १३७

१० मि: स्थानीय घोषणाहरू।

१५ मि: स्थानीय आवश्‍यकता।

२० मि: म मण्डलीका सभाहरूलाई किन अमूल्य ठान्छु। प्राचीनले मण्डलीका नियमित सभा धाउने विवाहित जोडी, एक पाको व्यक्‍ति र एक किशोर वा किशोरीको समूहसित छलफल गर्छन्‌। तिनीहरू सधैं सभा धाउनुको कारणबारे यसरी बताउँछन्‌: दैनिक समस्याहरू सामना गर्न र आध्यात्मिक तवरमा सशक्‍त हुन मदत दिने असल संगति, ईश्‍वरीय निर्देशन, मनासिब सुझाउ पाइने भएकोले। सभाहरू नियमित धाउँदा हामी सबै कसरी आशिषित्‌ हुन्छौं भनेर तिनीहरू टिप्पणी गर्छन्‌।

गीत २२२ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने