जून महिनाका लागि सेवा सभाहरू
जून १ मा सुरु हुने हप्ता
गीत २२३
८ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।
१५ मि: “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित।” प्रश्नोत्तर। फेब्रुअरी १५, १९८९ प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ २२-४ बाट छोटो टिप्पणी गर्नुहोस्।
२२ मि: “ ‘सबै मानिसहरूलाई’ साक्षी दिने।” प्राचीन र अनुभवी प्रकाशकहरूको समूहले सुझावित प्रस्तुतिहरू छलफल गर्छन्। स्थानीय इलाकामा कस्ता धार्मिक विश्वास भएका मानिसहरू भेटिन्छन्, छोटकरीमा पुनरावलोकन गर्नुहोस्। अनि ती मानिसहरू भेट्दा कुराकानी सुरु गर्न हाम्रो दिमागमा किन कुनै न कुनै विषय हुनुपर्छ, बताउनुहोस्। एक दुइटा छोटो प्रदर्शन प्रस्तुत गर्नुहोस्।
गीत ११२ र समापन प्रार्थना।
जून ८ मा सुरु हुने हप्ता
गीत २०९
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: “मालिकको सम्पत्तिको देखभाल गर्ने।” परिशिष्टको विषयवस्तु ढाक्दै प्राचीनद्वारा भाषण।
२० मि: “सुम्पिएको काम पूरा गर्न सबैको सहयोग चाहिन्छ।” प्रश्नोत्तर। प्राचीनहरू आवश्यक काम पूरा गर्न इच्छुक स्वयंसेवकहरूमाथि किन निर्भर हुन्छन्, बताउनुहोस्। राज्यभवन सरसफाइ र स्याहारसम्भार गर्नु, अस्वस्थ र पाकाहरूलाई मदत गर्नु अनि प्रचार क्षेत्र ढाक्नुजस्ता स्थानीय आवश्यकताहरू पुनरावलोकन गर्नुहोस्। थुप्रै प्रकाशकहरूको स्वैच्छिक सहयोगप्रति कस्तो मूल्यांकन व्यक्त गरिन्छ, प्राचीनहरूलाई बताउन लगाउनुहोस्। हरेक व्यक्तिको प्रयास कत्तिको आवश्यक छ, बताउनुहोस्।
गीत १५३ र समापन प्रार्थना।
जून १५ मा सुरु हुने हप्ता
गीत ७
१० मि: स्थानीय घोषणाहरू। “प्रकाशक उधारो नीतिमा काँटछाँट” छलफल गर्नुहोस्।
२० मि: “प्रयत्न गरिरहनुहोस्।” जनवरी १५, १९८६ प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ १०-१४ मा आधारित भाषण। सेप्टेम्बर १ देखि नियमित अग्रगामी गर्ने प्रोत्साहन दिंदै नियमित अग्रगामी सेवाको महत्त्व छलफल गर्नुहोस्।
१५ मि: “असल आनीबानीद्वारा साक्षी दिने।” प्रश्नोत्तर। उदाहरणीय केही जवानहरूसँग अन्तरवार्ता लिनुहोस्। तिनीहरूको मसीही व्यवहारले अरू कसरी प्रभावित भएका छन्, तिनीहरूले बताउनेछन्। जनवरी १, १९९५ प्रहरीधरहरा, पृष्ठ २४-५ बाट एक दुइटा अनुभव बताउनुहोस्।
गीत १७० र समापन प्रार्थना।
जून २२ मा सुरु हुने हप्ता
गीत ६१
१० मि: स्थानीय घोषणाहरू। लेखा परीक्षण कहिले सकियो भनेर बताउनुहोस्।
१५ मि: पत्रिका रूट कसरी सुरु गर्ने। रूट सुरु गर्न आवश्यक कुराहरू बताउनुहोस्: पत्रिका वितरण गर्नुभएको रिकर्ड राख्नुहोस्, पुनःभेट गर्न दुई हप्ताभित्रमा नै गइहाल्नुहोस्, चासो जगाउन ताजा पत्रिकाबाट नयाँ नयाँ कुराहरू बताउनुहोस्। छिमेकी, सहकर्मी, ठूलठूला पसलका कर्मचारी, पेट्रोल पम्पका परिचारकहरू आदिसँग पत्रिका रूट सुरु गर्न सकिने सुझाउ दिनुहोस्। राम्रो चासो देखाउनेहरूलाई ग्राहक बनाउनुहोस्। एक वा दुई प्रकाशकलाई पत्रिका रूटबारे प्रोत्साहनजनक अनुभव बताउन लगाउनुहोस्।
२० मि: अग्रगामीहरू अरूलाई मदत गर्छन्। सेवा निरीक्षकद्वारा भाषण। तिनले व्यक्तिगत तवरमा अग्रगामीहरूले अरूलाई मदत गर्ने प्रबन्धहरू पुनरावलोकन गर्छन्। विगतमा अरूलाई मदत दिने कार्यक्रम कसरी सुरु गरियो, बुझाउनुहोस्। ( jv १००; km ८/७९ १, ३) गत तीन वर्षमा बप्तिस्मा लिने दस लाखभन्दा बढी नयाँ व्यक्तिहरूलाई प्रशिक्षणको आवश्यकता छ। अग्रगामी सेवा स्कूलमा उपस्थित भएका नियमित र विशेष अग्रगामीहरूको अनुभव तथा प्रशिक्षण “अग्रगामीहरू अरूलाई मदत गर्छन्” भन्ने कार्यक्रमद्वारा प्रयोगमा ल्याइएको छ। प्रत्येक अग्रगामीको लक्ष्य वर्षमा दुई प्रकाशकलाई क्षेत्र सेवकाईमा अझ दक्ष बनाउनु र सेवकाईमा बढीभन्दा बढी भाग लिनसक्ने बनाउनु हो। यसरी मदत पाउनेहरू सशंकित हुनुपर्दैन; तिनीहरूलाई मायालु तथा दयालु प्रोत्साहन दिइन्छ। यो नयाँ कार्यक्रमले हजारौंलाई अझ प्रभावशाली सेवक बनाउनेछ।
गीत २०७ र समापन प्रार्थना।
जून २९ मा सुरु हुने हप्ता
गीत ११४
१० मि: घोषणाहरू। सबैलाई जून महिनाको क्षेत्र सेवकाईको रिपोर्ट खसाल्न सम्झाउनुहोस्। जुलाई महिनामा प्रस्तुत गरिने साहित्यहरू छलफलगर्नुहोस्।
१५ मि: स्थानीय आवश्यकता वा के म सुस्त भएको छु? प्राचीनद्वारा डिसेम्बर १५, १९८७ प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ १८-१९, अनुच्छेद १४-१६ मा आधारित भाषण। वर्षौंदेखि गुणात्मक तथा संख्यात्मक रूपमा पवित्र सेवा गर्दै आएकाहरूलाई प्रोत्साहन दिनुहोस्।
२० मि: हामी सबैले अनौपचारिक साक्षी दिनसक्छौं। अक्टोबर १५, १९८७ प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ २२-७ मा आधारित भाषण र श्रोतागणसित छलफल। जागिर, परिवार वा व्यक्तिगत जिम्मेवारीहरूमा नै आफ्नो सारा समय खर्च गर्नुपर्नेहरूले कसरी अरूलाई सुसमाचार सुनाउन हरेक दिन मौका पाउनसक्छन्, औंल्याउनुहोस्। स्थानीय केही अनुभवहरू बताउनुहोस्।
गीत ७६ र समापन प्रार्थना।