अगस्त महिनाका लागि सेवा सभाहरू
अगस्त ३ मा सुरु हुने हप्ता
गीत २१६
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। देशभरिको र स्थानीय मण्डलीको अप्रिल महिनाको क्षेत्र सेवकाई रिपोर्टबारे टिप्पणी गर्नुहोस्।
१५ मि: “के अगस्त उत्कृष्ट महिना साबित हुनेछ?” प्रश्नोत्तर। अगस्तमा र नयाँ सेवा वर्षको प्रत्येक महिना सेवकाईमा भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्।
२० मि: “मानिसहरूको मन अनि हृदय तान्न पुस्तिकाहरू चलाउनुहोस्।” श्रोतागणसित छलफल। मानिसहरूलाई महत्त्वपूर्ण धर्मशास्त्रीय जानकारी अवगत गराउन वर्षौंको दौडान प्रकाशित भएका पुस्तिकाहरूको छोटकरीमा पुनरावलोकन गर्नुहोस्। (वाच टावर प्रकाशन अनुक्रमणिका १९८६-१९९५, पृष्ठ ६५२-३ हेर्नुहोस्।) ताजा पुस्तिकाहरूको विशेषता प्रकाश पार्नुहोस् र ती प्राप्त गर्न को को इच्छुक हुनसक्छन्, छलफल गर्नुहोस्। एक/दुइटा प्रदर्शनहरू गर्नुहोस् र पुस्तिकाको लागि लाग्ने चन्दा बताउन नबिर्सनुहोस्।
गीत १९१ र समापन प्रार्थना।
अगस्त १० मा सुरु हुने हप्ता
गीत १२७
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। सम्पूर्ण प्रकाशकहरूले अगस्त महिना क्षेत्र सेवकाईमा भाग लिने लक्ष्य राख्नेबारे बताउनुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: “केटाकेटीहरू हो—स्कूलमा सिक्नुभएका कुराहरूको फाइदा उठाउनुहोस्।” प्रश्नोत्तर। अप्रिल ८, १९९२, ब्यूँझनुहोस्! (अंग्रेजी), पृष्ठ १७-१९ र जून १, १९९२, प्रहरीधरहरा, पृष्ठ २५-७ बाट उपयुक्त टिप्पणी समावेश गर्नुहोस्।
गीत ३७ र समापन प्रार्थना।
अगस्त १७ मा सुरु हुने हप्ता
गीत १६३
१० मि: स्थानीय घोषणाहरू। सडक, पार्क, वा अन्त कतै साक्षी दिइएकाहरूको चासो जगाइराख्न तिनीहरूको नाउँ तथा ठेगाना कसरी लिन सकिएला छोटकरीमा टिप्पणी गर्न लगाउनुहोस्।
३५ मि: “चेला बनाउने अबिलम्बी कार्यलाई प्रगतिको भाव लिएर हेर्ने।” प्रश्नोत्तर। अनुच्छेद ५, १० र ११ पढ्नुहोस्। स्थानीय इलाकामा बाइबल अध्ययन कार्य कसरी प्रगति हुँदैछ, पुनरावलोकन गर्नुहोस्। अध्ययन सञ्चालकहरू सबैलाई आ-आफ्नो शिक्षण कला तिखार्न जून १९९६, हाम्रो राज्य सेवकाई-को परिशिष्ट फेरि पढ्ने प्रोत्साहन दिनुहोस्। उक्त परिशिष्टको अनुच्छेद ५ र २५ विचार गर्नुहोस्।
गीत १०८ र समापन प्रार्थना।
अगस्त २४ मा सुरु हुने हप्ता
गीत २१३
१२ मि: स्थानीय घोषणाहरू। जुलाई १९९८, हाम्रो राज्य सेवकाई-को “बीस हजार!” शीर्षक पेटी उल्लेख गर्नुहोस्। अगस्त महिना सिद्धिन अब एक हप्ता मात्र बाँकी भएकोले महिना सिद्धिनुअगावै सबैलाई सेवकाईमा भाग लिन प्रोत्साहन दिनुहोस्। अगस्तको क्षेत्र सेवकाई रिपोर्ट अगस्त ३० मै वा नभए जसरी भए पनि अगस्त ३१ भित्र बुझाइहाल्न सबैलाई सम्झाउनुहोस्। सचिवले सेप्टेम्बर ३ सम्ममा सम्पूर्ण रिपोर्ट भर्न सकून् भनेर मण्डली पुस्तक अध्ययन सञ्चालकले तिनको समूहका सबैले रिपोर्ट खसाले वा खसालेनन्, जाँच्नुपर्छ। “नयाँ विशेष सम्मेलन दिन” पुनरावलोकन गर्नुहोस्।
१८ मि: अग्रगामी सेवामा कसरी लागिरहने। सेप्टेम्बर १५, १९९३, प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ २८-३१ मा आधारित भाषण। गम्भीर समस्यालाई पार गरेर निरन्तर अग्रगामी गरिरहेका भाइ वा बहिनीको अन्तरवार्ता लिनुहोस्।
१५ मि: हाम्रो राज्य सेवकाई-को सदुपयोग गर्नुहोस्। श्रोतागणसित छलफल। हालै प्रकाशित उदाहरणहरू प्रयोग गर्दै हाम्रो राज्य सेवकाई-का पृष्ठहरूमा पाइने सामयिक जानकारीहरू र त्यसबाट हामीले उठाउने फाइदाहरू देखाउनुहोस्: (१) हामीलाई सेवकाईमा नियमित तवरले भाग लिन उत्प्रेरित गर्ने लेखहरू; (२) हामीलाई पवित्र सेवा गर्न प्रोत्साहित पार्ने अनुभवहरू; (३) प्रभावशाली ढंगमा सुसमाचार प्रस्तुत गर्न मदत गर्ने सुझाउहरू; (४) स्थानीय इलाकामा फाइदाजनक साबित हुने उपलब्ध नयाँ प्रकाशनहरूसम्बन्धी घोषणाहरू; (५) परमेश्वरको राज्यसम्बन्धी कामकुराहरूको गतिविधि बताउने सेवा रिपोर्टहरू; (६) विश्वव्यापी कार्यको प्रगति विवरण दिने ईश्वरतान्त्रिक समाचारहरू; (७) आगामी कार्यक्रमहरूबारे हामीलाई राम्रो जानकारी दिने घोषणा तथा तालिकाहरू; (८) गम्भीर विषयहरूसम्बन्धी प्रश्नहरूको जवाफ दिने प्रश्नपेटीहरू; तथा (९) अधिवेशन, विशेष अभियान तथा हाम्रो आध्यात्मिक आवश्यकताप्रति सजग रहन प्रबन्ध गरिएका अन्य सामग्रीहरू भएका परिशिष्टहरू आदि। सबैलाई प्रत्येक अंक पढ्ने, त्यसमा भएका सुझाउहरू प्रयोग गर्ने, सेवा सभा र क्षेत्र सेवकाईका सभाहरूमा ल्याउने र भविष्यमा फेरि हेर्न व्यक्तिगत प्रति जोगाएर राख्ने प्रोत्साहन दिनुहोस्।
गीत २१० र समापन प्रार्थना।
अगस्त ३१ मा सुरु हुने हप्ता
गीत ६५
१२ मि: स्थानीय घोषणाहरू। सेप्टेम्बरमा प्रस्तुत गरिने साहित्यबारे विचार गर्नुहोस्। “हामीले परमेश्वरको नाउँ किन प्रयोग गर्नुपर्छ?” भन्ने प्रश्न समावेश गरिएको प्रस्तुति छोटकरीमा प्रदर्शन गर्नुहोस्। ज्ञान पुस्तक, अध्याय ३, अनुच्छेद ६ प्रयोग गर्दै यसको जवाफ दिनुहोस्। सेप्टेम्बर ७ को लागि सेवा प्रबन्धबारे घोषणा गर्नुहोस्।
१५ मि: “नेतृत्व लिने निरीक्षकहरू—मण्डलीका अध्यक्ष।” मण्डलीका अध्यक्षद्वारा भाषण। आफ्नो अभिभाराहरू पुनरावलोकन गरिसकेपछि प्राचीनहरूलाई बगालको हेरचाह गर्न मण्डलीले पुऱ्याएको सहयोगको मूल्यांकन जाहेर गर्छन्।
१८ मि: विद्यालयमा हुने समस्याहरूसित डट्न आफ्ना बालबच्चालाई मदत गर्नुहोस्। विद्यालयमा पढ्ने छोराछोरी भएका दुई वा तीन आमाबाबुहरूसित प्राचीन छलफल गर्छन्। अगस्त ८, १९९४, ब्यूँझनुहोस्! (अंग्रेजी), पृष्ठ ५-७ मा उल्लेख गरिएजस्तै बच्चाहरूले प्रायजसो भोग्नुपर्ने आमसमस्याहरूबारे छोटकरीमा टिप्पणी गर्नुहोस्। त्यसपछि पृष्ठ ८-१० लाई औंल्याउँदै आमाबाबुले आफ्ना छोराछोरीलाई कसरी जोगाउनसक्छन् र शिक्षकशिक्षिकासित आफ्नो सम्बन्धलाई कसरी सुमधुर बनाउनसक्छन्, छलफल गर्नुहोस्।
गीत २४ र समापन प्रार्थना।