प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 अक्टोबर पृ. २
  • अक्टोबर महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९८
  • उपशीर्षकहरू
  • अक्टोबर ५ मा सुरु हुने हप्ता
  • अक्टोबर १२ मा सुरु हुने हप्ता
  • अक्टोबर १९ मा सुरु हुने हप्ता
  • अक्टोबर २६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९८
km98 अक्टोबर पृ. २

अक्टोबर महिनाका लागि सेवा सभाहरू

सूचना: हाम्रो राज्य सेवकाई-ले आगामी महिनाहरूमा हर हप्ता सेवा सभाको तालिका बनाउने छ। आफूलाई खटाइएको स्थानमा “परमेश्‍वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशन धाउन र त्यसपछिको हप्तामा अधिवेशन कार्यक्रमका मुख्य बुँदाहरूको ३० मिनेट पुनरावृत्ति गर्न मण्डलीहरूले आवश्‍यक काँटछाँट गर्नसक्छन्‌। उल्लेखनीय बुँदाहरूमाथि ध्यान केन्द्रित गर्नसक्ने तीन योग्य भाइहरूलाई जिल्ला अधिवेशनको कार्यक्रम प्रत्येक दिनअनुसार पुनरावृत्ति गर्न जिम्मेवारी सुम्पिन सकिन्छ। राम्ररी तयार पारिएको यस्तो पुनरावृत्तिले व्यक्‍तिगत जीवन र क्षेत्र सेवकाईमा प्रयोग गर्नको लागि मुख्य बुँदाहरू सम्झन मण्डलीलाई मदत गर्नेछ। श्रोताहरूले दिने टिप्पणी तथा अनुभवहरू छोटो र स्पष्ट हुनुपर्छ।

अक्टोबर ५ मा सुरु हुने हप्ता

गीत १९९

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: “पुनःभेटका चुनौतीहरू सामना गर्ने।” सेवा निरीक्षकद्वारा भाषण तथा श्रोतासित छलफल। अनुच्छेद ५ छलफल गरिसकेपछि स्थानीय कमजोरीहरू कसरी हटाउन सकिन्छ, देखाउनुहोस्‌।

२० मि: “पत्रिका रुटमा ‘राज्यको बीउ छर्ने।’ ” श्रोतासित छलफल। केही प्रकाशकहरूलाई पत्रिका रुट कसरी स्थापना गर्नुका साथै कायम राख्न सकिन्छ, बताउन लगाउनुहोस्‌। पत्रिका प्रस्तुत गरेको र अर्को अंक लिएर पुनः आउने प्रबन्ध मिलाएको प्रदर्शन देखाउनुहोस्‌। सबै प्रकाशकहरूले पत्रिकाहरूको हर अंकको निश्‍चित संख्या निर्धारण गर्नुपर्ने आवश्‍यकता औंल्याउनुहोस्‌ ताकि सबैसित पर्याप्त मात्रामा पत्रिकाहरू होस्‌।

गीत १३३ र समापन प्रार्थना।

अक्टोबर १२ मा सुरु हुने हप्ता

गीत ४२

५ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१० मि: “नेतृत्व लिने निरीक्षकहरू—सचिव।” आफ्नो निर्दिष्ट कार्यभारहरू पुनरावलोकन गर्दै मण्डलीका सचिवद्वारा भाषण। क्षेत्र सेवा रिपोर्ट समयमा बुझाएर सबैले मदत गर्नसक्ने कुरामा तिनले जोड दिन्छन्‌।

१० मि: तिनीहरूसित उत्साहबर्धक अग्रगामी मनोभाव छ। वार्षिक पुस्तक १९९८ (अंग्रेजी), पृष्ठ १०४-७ मा आधारित प्रोत्साहनजनक भाषण। जापानमा किन त्यति धेरै अग्रगामीहरू छन्‌, कुन कुराले गर्दा गृहणीहरूले आध्यात्मिक गतिविधिलाई प्राथमिकता दिन सकेका छन्‌, अग्रगामीको कार्यमा लाग्न तिनीहरूलाई कुन कुराले उत्प्रेरित गऱ्‍यो, अग्रगामीको कार्य गर्ने अधिकांश व्यक्‍तिहरू कुन वर्गका छन्‌, बताउनुहोस्‌। अग्रगामी आमाबाबुले बसाल्ने असल नमुनाबारे बताउनुहोस्‌। अग्रगामीको काम गर्नको निम्ति आफ्नो जीवनमा काँटछाँटहरू गर्न कस्तो दृढ विश्‍वास चाहिन्छ प्रकाश पार्नुहोस्‌। अग्रगामीको काम गर्न सकिन्छ कि सकिंदैन, पुनः एक चोटि गम्भीरतासाथ र प्रार्थनापूर्वक विचार गर्न सबैलाई प्रोत्साहित गर्नुहोस्‌।

२० मि: “के तपाईं पत्रिकाहरू पढ्‌नुहुन्छ?” प्रश्‍नोत्तर। स्कूल निर्देशन पुस्तक (अंग्रेजी) अध्ययन ४, अनुच्छेद ५-६ मा व्यक्‍तिगत पढाइको निम्ति तालिका मिलाउने सम्बन्धमा दिइएका व्यवहारिक सुझाउहरू पुनरावृत्ति गर्नुहोस्‌।

गीत १०७ र समापन प्रार्थना।

अक्टोबर १९ मा सुरु हुने हप्ता

गीत १६

१० मि: स्थानीय घोषणाहरू। नयाँ पत्रिकाहरूबाट वार्तालाप सुरु गर्न सकिने बुँदाहरूको पुनरावलोकन गर्नुहोस्‌। वार्षिक पुस्तक १९९७ (अंग्रेजी), पृष्ठ ४५ र अक्टोबर २२, १९९६ ब्यूँझनुहोस्‌! (अंग्रेजी), पृष्ठ ३२ बाट अनुभवहरू बताउनुहोस्‌। यस सप्ताहन्तमा सबैलाई पत्रिका वितरण कार्यमा भाग लिन प्रोत्साहित गर्नुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकताहरू।

२० मि: प्रहरीधरहरा अध्ययनको निम्ति कसरी तयार गर्ने। प्रहरीधरहरा मे १५, १९८६ (अंग्रेजी), पृष्ठ १९-२०, अनुच्छेद १६-१८ र स्कूल निर्देशन पुस्तक (अंग्रेजी), अध्ययन ७, अनुच्छेद ११ र अध्ययन १८, अनुच्छेद ४-६ लाई आधार मान्दै प्रहरीधरहरा अध्ययन सञ्चालकद्वारा श्रोतागणसित छलफल। निम्न प्रश्‍नहरूको जवाफ दिन आग्रह गर्नुहोस्‌: (१) प्रहरीधरहरा-को प्रत्येक अंकबाट धेरैभन्दा धेरै लाभ उठाउन किन अत्यन्तै महत्त्वपूर्ण छ? (२) नयाँ अंक प्राप्त गरेपछि हामीले के गर्नुपर्छ? (३) प्रहरीधरहरा अध्ययन लेख तयारी गर्ने उत्तम तरिका कुन हो? (४) उद्धृत शास्त्रपदहरूमा हामीले कत्तिको ध्यान दिनुपर्छ? (५) सिकेका कुराहरूको पुनरावृत्ति कसरी गर्नसक्छौं? (६) हामीले कुनै लेखको व्यक्‍तिगत अध्ययन गरिसकेपछि कुन मुख्य बुँदाहरूमाथि मनन गर्नुपर्छ? (७) हामीले कसरी टिप्पणी तयार पार्नुपर्छ? (८) एउटै प्रश्‍नको विभिन्‍न तरिकामा जवाफहरू कसरी दिन सकिन्छ? प्रहरीधरहरा अध्ययनबाट बढीभन्दा बढी लाभ उठाउन कसै कसैले व्यक्‍तिगत रूपमा के के गरेका छन्‌, भन्‍न लगाउनुहोस्‌।—हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित (अंग्रेजी), पृष्ठ ६५-७ पनि हेर्नुहोस्‌।

गीत ९५ र समापन प्रार्थना।

अक्टोबर २६ मा सुरु हुने हप्ता

गीत ९८

१० मि: स्थानीय घोषणाहरू। मण्डलीसित स्टकमा भएका तथा मौकाअनुसार सेवकाईमा दिनसक्ने पुराना पुस्तकहरू कुन कुन हुन्‌, बताउनुहोस्‌। डिसेम्बर महिनामा बिदा हुने भएकोले बप्तिस्माप्राप्त प्रकाशकहरू तथा अरूले पनि सहायक अग्रगामी गर्ने राम्रो मौका हुनेछ।

२० मि: धार्मिक तवरमा विभाजित परिवारमा ईश्‍वरीय आज्ञाकारिता। प्रहरीधरहरा, जून १, १९९५, पृष्ठ २६-९ मा आधारित भाषण। अर्कै धर्म मान्‍ने पति वा पत्नी भएकाहरूलाई सकारात्मक मनोवृत्ति राख्न तथा मण्डलीसित सक्रियतासाथ संगति गर्न मदतको निम्ति मायालु प्रोत्साहन तथा सल्लाहहरू दिनुहोस्‌।

१५ मि: सभाहरूमा समयमै पुग्ने। दुई वा तीन मण्डली पुस्तक अध्ययन सञ्चालक वा सेवकाई सेवकहरूसित सभामा ढिला पुग्ने समस्याबारे छलफल। आपत्‌कालीन परिस्थिति, मौसम, ट्राफिकलगायत त्यस्तै अन्य कारणले जो कोही पनि ढिला हुनसक्छ भनी तिनीहरू स्वीकार्छन्‌। तथापि, कसै कसैको ढिला आउने बानी नै हुन्छ। सकारात्मक ढंगमा समूहले छलफल गर्छ अनि समयनिष्ठ हुन के आवश्‍यक छ भनी औंल्याउँछ: (१) सभाहरू धाउन पाएको सुअवसर तथा त्यहाँ पाइने आध्यात्मिक भोजन र संगतिको हार्दिक मूल्यांकन, (२) राम्रो अग्रिम तयारी गर्ने तथा व्यक्‍तिगत कामकुरा व्यवस्थित बनाउने, (३) परिवारका सदस्यहरूबीच सहयोग गर्न तत्परता, (४) घरबाट चाँडै हिंड्‌ने जसले गर्दा अप्रत्याशित समस्याहरू आइपर्दासमेत सभाहरूमा पुग्न ढिला नहोस्‌ र (५) सभामा उपस्थित भएका अन्य व्यक्‍तिहरूको ध्यान भंग नगर्न साँच्चै ख्याल राख्ने। सभामा ढिला पुग्ने बानीलाई हटाउन लगातार प्रयास गर्दा सफल हुन सकिन्छ भनी सबै जना सहमत हुन्छन्‌।

गीत ८६ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने