प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 डिसेम्बर पृ. २
  • डिसेम्बर महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९८
  • उपशीर्षकहरू
  • डिसेम्बर ७ मा सुरु हुने हप्ता
  • डिसेम्बर १४ मा सुरु हुने हप्ता
  • डिसेम्बर २१ मा सुरु हुने हप्ता
  • डिसेम्बर २८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९८
km98 डिसेम्बर पृ. २

डिसेम्बर महिनाका लागि सेवा सभाहरू

डिसेम्बर ७ मा सुरु हुने हप्ता

गीत १८६

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: “हामी बारम्बार गइरहनैपर्छ।” प्रश्‍नोत्तर। चेताउनीमूलक सन्देश बताइरहनुपर्ने हाम्रो जिम्मेवारीलाई जोड दिंदै इजकिएल ३:१७-१९ बारे छोटो टिप्पणी गर्नुहोस्‌।

२० मि: “नयाँ विश्‍व अनुवाद प्रस्तुत गर्ने।” एक जना भाइले दुई वा तीन जना दक्ष प्रकाशकहरूसित उक्‍त लेख छलफल गर्नेछन्‌। “सम्पूर्ण धर्मशास्त्र” (अंग्रेजी) पुस्तकको पृष्ठ ३२७-३१ बाट केही प्रासंगिक बुँदाहरू समावेश गर्नुहोस्‌। डिसेम्बरमा उक्‍त पुस्तक कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन गर्नुहोस्‌।

गीत १७६ र समापन प्रार्थना।

डिसेम्बर १४ मा सुरु हुने हप्ता

गीत २०६

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। सांसारिक चाडपर्वको बेलामा कसैले शुभकामना व्यक्‍त गर्दा कसरी कुशलतासाथ जवाफ दिने, केही सुझाउ दिनुहोस्‌। मण्डलीको स्टकमा महान पुरुष वा महान्‌ शिक्षक पुस्तकहरू छन्‌ भने क्रिसमसको बिदामा क्षेत्र सेवकाईमा ती पुस्तकहरू प्रभावकारी ढंगमा कसरी प्रस्तुत गर्न सकिन्छ, देखाउनुहोस्‌। डिसेम्बर २५ र जनवरी १ का लागि प्रबन्ध गरिएका विशेष क्षेत्र सेवकाईबारे बताउनुहोस्‌।

१५ मि: “नेतृत्व लिने निरीक्षकहरू—प्रहरीधरहरा अध्ययन सञ्चालक।” प्रहरीधरहरा अध्ययन सञ्चालकद्वारा भाषण। आफ्नो जिम्मेवारीको सम्बन्धमा उपस्थित सबैले अध्ययनलाई जीवन्त, जानकारीमूलक तथा आध्यात्मिक प्रोत्साहन दिनसक्ने बनाउन कसरी मदत गर्नसक्छन्‌, तिनी बताउँछन्‌।—हाम्रो सेवकाई (अंग्रेजी), पृष्ठ ६७.

२० मि: “हामी भिन्‍नै छौं भनेर तिनीहरूले बुझ्नुपर्छ।” प्रश्‍नोत्तर। हामीलाई विशिष्ट बनाउने प्रत्येक विशेषताहरू पुनरावलोकन गर्नुहोस्‌। जिज्ञासुहरूलाई संगठनतर्फ डोऱ्‍याउन र सच्चाइअनुरूप जीवन बिताउने मानिसहरूमा यसले मसीही गुणहरू कसरी फलाउँछ, त्यो बुझाउन यो जानकारी कसरी प्रयोग गर्न सकिन्छ देखाउनुहोस्‌।

गीत १४६ र समापन प्रार्थना।

डिसेम्बर २१ मा सुरु हुने हप्ता

गीत १६३

८ मि: स्थानीय घोषणाहरू। नयाँ वर्षदेखि मण्डलीको सभा हुने समय परिवर्तन गरिंदैछ भने सबैलाई मण्डलीमा नयाँ समयअनुसार नियमित तवरमा उपस्थित हुने प्रोत्साहन दिनुहोस्‌। सभा हुने समयमा भएको परिवर्तनबारे बाइबल विद्यार्थी तथा जिज्ञासुहरूलाई जानकारी दिन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌। सम्पूर्ण प्रकाशकहरूलाई हाम्रो राज्य सेवकाई-को व्यक्‍तिगत प्रति र त्यसमा पनि विशेषगरि परिशिष्टहरू जतनसित राख्न प्रोत्साहित गर्नुहोस्‌। ती परिशिष्टहरू भविष्यमा फेरि उल्लेख गरिने सम्भावना छ। सबैलाई आगामी हप्ताको सेवा सभाका लागि मे १९९८ को हाम्रो राज्य सेवकाई-को परिशिष्ट ल्याउन सम्झाउनुहोस्‌।

१२ मि: स्थानीय आवश्‍यकता।

२५ मि: “आफ्नो जीवन यहोवाको सेवामा केन्द्रित गरी निर्माण गर्नुहोस्‌।” प्रश्‍नोत्तर। हरेक हप्ता क्षेत्र सेवकाईमा नियमित तवरले उपस्थित हुने अविवाहित व्यक्‍ति र परिवारको शिरसित अन्तरवार्ता लिनुहोस्‌। आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिन व्यक्‍तिगत रूपमा के के गर्नु आवश्‍यक पऱ्‍यो, बताउन लगाउनुहोस्‌।

गीत ११९ र समापन प्रार्थना।

डिसेम्बर २८ मा सुरु हुने हप्ता

गीत १७८

१० मि: स्थानीय घोषणाहरू। डिसेम्बर महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सबैलाई सम्झाउनुहोस्‌। जनवरीमा पुराना साहित्यहरू प्रस्तुत गर्न उपलब्ध पुस्तकहरू देखाउनुहोस्‌। यस हप्ता प्रस्तुत गर्न प्रकाशकहरूलाई केही पुस्तकहरू लैजाने प्रोत्साहन दिनुहोस्‌।

१० मि: “सन्‌ १९९९ ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको कार्यक्रमबाट फाइदा उठाउनुहोस्‌।” ईश्‍वरतान्त्रिक सेवकाई स्कूल निरीक्षकद्वारा भाषण। हरेक हप्ता “बाइबल पढाइको थप तालिका” अनुसार पढ्‌दा उठाएका फाइदाहरूबारे केही प्रकाशकहरूलाई बताउन लगाउनुहोस्‌। परमेश्‍वरको वचन दिनहुँ पढ्‌न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

२५ मि: “अझ धेरै बाइबल अध्ययन चाहियो” सेवा निरीक्षकले मे १९९८, हाम्रो राज्य सेवकाई-को परिशिष्ट पुनरावलोकन गर्छन्‌। गत मे १९९८ देखि बाइबल अध्ययनमा भएको प्रगति पुनरावलोकन गर्नुहोस्‌। बाइबल अध्ययन नहुनेहरूलाई उक्‍त विषयवस्तु समय समयमा प्रार्थनापूर्वक विचार गर्न प्रोत्साहन दिनुहोस्‌। बाइबल अध्ययन सञ्चालन गरिरहेका छन्‌ भने पनि मण्डलीलाई थप बाइबल अध्ययनहरू गर्न प्रोत्साहन दिन सकिन्छ।

गीत १९५ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने