अप्रिल महिनाका लागि सेवा सभाहरू
अप्रिल ५ मा सुरु हुने हप्ता
गीत ५५
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। “के हामी सृष्टिकर्ता पुस्तक प्रस्तुत गर्नसक्छौं?” पुनरावृत्ति गर्नुहोस्। सबै जिज्ञासु व्यक्तिहरूलाई अप्रिल १८ का दिन विशेष जनभाषण सुन्न निम्त्याउनुहोस्। भाषणको विषय हुनेछ, “परमेश्वर र छरछिमेकसँग साँचो मित्रता।”
१५ मि: “उत्सुकतासाथ सुसमाचार प्रचार गर्नुहोस्।” एक मिनेटभन्दा कम समयमा लेखको परिचय दिनुहोस् अनि प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्। स्कूल निर्देशन पुस्तक, (अङ्ग्रेजी) पृष्ठ १९१-२, अनुच्छेद १२-१३ मा दिइएका प्रोत्साहनदायी कुराहरू बताउँदै भाषणको अन्त गर्नुहोस्।
२० मि: “परिवारका सम्पूर्ण सदस्यले कसरी पूरापूर सहयोग गर्छन्—सेवकाईमा।” परिवारिक समूहद्वारा छलफल। परिवारले किन क्षेत्र सेवकाईलाई सबैले भाग लिने नियमित साप्ताहिक तालिकाको रूपमा लिनुपर्छ, छलफल गर्नुहोस्। सेप्टेम्बर १, १९९३, प्रहरीधरहरा-को पृष्ठ १०-११, अनुच्छेद ९-१२ मा दिइएका प्रोत्साहानदायी टिप्पणीहरू पुनरावृत्ति गर्नुहोस्। आफ्नो परिवारले कसरी सफलतापूर्वक हरेक हप्ता सेवकाईमा भाग लिन सकिरहेको छ बताउन श्रोतागणमा भएका आमाबाबुहरूलाई आमन्त्रित गर्नुहोस्।
गीत ६७ र समापन प्रार्थना।
अप्रिल १२ मा सुरु हुने हप्ता
गीत ११२
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: स्थानीय आवश्यकताहरू।
२० मि: “अन्त नजिक भएकोले साक्षीकार्यमा जोडतोडले भाग लिनुहोस्।” प्रश्नोत्तर। एक समय प्रचारकार्यमा भाग लिनसक्छु भनेर विचारसमेत नगरेको तर अहिले राज्य सन्देश फैलाउनुपर्ने आवश्यकतालाई बुझेर नियमित तवरमा भाग लिइरहेका एक वा दुई प्रकाशकहरूसित अन्तरवार्ता लिनुहोस्। समयले भ्याएमा वार्षिक पुस्तक १९९७, (अङ्ग्रेजी) पृष्ठ ४२-८ मा दिइएका अनुभवहरू समावेश गर्दै कसरी मानिसहरू भेटिने सबै ठाउँहरूमा गएर जोडतोडले साक्षी दिन सकिन्छ भनी प्रकाशकहरूलाई देखाउनुहोस्।
गीत ९३ र समापन प्रार्थना।
अप्रिल १९ मा सुरु हुने हप्ता
गीत ७९
५ मि: स्थानीय घोषणाहरू।
१० मि: “के तपाईंको निश्चित मात्रामा अर्डर छ?” सम्भव भए पत्रिका सँभाल्ने प्राचीन वा सेवकाई सेवकद्वारा भाषण। प्रत्येक महिना मण्डलीले कति प्रति पत्रिकाहरू प्राप्त गर्छ र औसतन कति वटा प्रस्तुत गरिएको रिपोर्ट गरिन्छ मण्डलीलाई बताउनुहोस्। हामीले पत्रिकाहरू त्यसै थन्काएर राख्नु हुँदैन। पुराना प्रतिहरू पनि कसरी वितरण गर्न सकिन्छ भनी सुझाउहरू दिनुहोस्।—जुलाई १९९३ हाम्रो राज्य सेवकाई, (अङ्ग्रेजी) पृष्ठ १ हेर्नुहोस्।
३० मि: “अग्रगामी गर्नु—हाम्रो समयको सदुपयोग!” प्रश्नोत्तर। अनुच्छेद ५-७ मा उल्लिखित अनुभवहरू कसै तीन जनालाई बताउन लगाउनुहोस्। सहायक वा नियमित अग्रगामी गर्नसक्ने सबैलाई निवेदन फारम भर्न आमन्त्रित गर्दै भाषण टुंग्याउनुहोस्। मण्डली सेवा समितिको कुनै पनि सदस्यबाट निवेदन फारम लिन सकिन्छ। मे महिनामा सहायक अग्रगामी गर्न निवेदन दिन ढिला भएको छैन भनी बताउनुहोस्।
गीत १६५ र समापन प्रार्थना।
अप्रिल २६ मा सुरु हुने हप्ता
गीत ७०
१० मि: स्थानीय घोषणाहरू। अप्रिल महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन सम्झाउनुहोस्। मे महिनामा सहायक अग्रगामी गर्नेहरूको नाउँ सुनाउनुहोस् अनि अरूलाई पनि आवेदन फारम भर्न प्रोत्साहित गर्नुहोस्। नयाँ पत्रिकाहरू प्रस्तुत गर्न केही मदतकारी सुझाउहरू दिनुहोस्।—अक्टोबर १९९६, हाम्रो राज्य सेवकाई, पृष्ठ ८ हेर्नुहोस्।
१७ मि: “जीवनमा पछि के गर्ने?” लेख श्रोतागणसित संक्षिप्तमा छलफल गरेपछि एक किशोर वा किशोरीले स्कूल सकेपछि भविष्यमा के गर्ने भनेर आफ्नो आमाबाबुसित कुरा गरिरहेको देखाउनुहोस्। तिनीहरूले जुलाई १९९८, हाम्रो राज्य सेवकाई, पृष्ठ ४ पुनरावृत्ति गर्छन्। आमाबाबुले फेब्रुअरी १, १९९६, प्रहरीधरहरा, पृष्ठ १४ र डिसेम्बर १, १९९६, पृष्ठ १७-१९ मा दिइएको प्रोत्साहनअनुरूप सल्लाह दिन्छन्। अग्रगामीहरूले पुऱ्याउनुपर्ने घण्टामा काँटछाँट गरिएको हुनाले त्यस किशोर वा किशोरीले आफ्नो शिक्षा पूरा गर्नुका साथसाथै अग्रगामी पनि गर्ने निर्णय गर्छ।
१८ मि: सहायक अग्रगामीहरूसित अन्तरवार्ता लिनुहोस्। सेवा निरीक्षकले यस महिना सहायक अग्रगामी गर्ने प्रकाशकहरूका साथै पहिला गरेकाहरूसित अन्तरवार्ता लिन्छन्। तिनीहरूले कस्ता आशिष्हरूको आनन्द उठाएका छन्, के कस्ता उपलब्धि गरेका छन् र प्रत्येक वर्ष किन एक वा दुई महिना फेरि अग्रगामी गर्न चाहन्छन्, बताउन लगाउनुहोस्।
गीत ६९ र समापन प्रार्थना।