जून महिनाका लागि सेवा सभाहरू
जून ७ मा सुरु हुने हप्ता
गीत ४५
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। ईश्वरतान्त्रिक समाचार।
१५ मि: “हामी यहोवाबाट सिकाइएका हौं।” एक मिनेटभन्दा कम समयमा लेखको परिचय दिनुहोस् अनि प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्। ईश्वरतान्त्रिक सेवकाई स्कूल, पाइनियर सर्भिस स्कूल, किङडम मिनिस्ट्री स्कूल, इत्यादिबाट कस्ता फाइदाहरू उठाएका छन्, त्यसबारे बताउन श्रोतागणलाई आमन्त्रित गर्नुहोस्। यी स्कूलहरूले यहोवाका जनहरूलाई आफ्नो सेवकाईमा प्रभावकारी हुन कसरी मदत दिएको छ, जोड दिनुहोस्।
२० मि: “तपाईंको समयलाई प्रभावकारी ढंगमा प्रयोग गर्नुहोस्।” मण्डली पुस्तक अध्ययन सञ्चालक र एक/दुई जना अनुभवी प्रकाशकहरूबीच छलफल। क्षेत्र सेवामा पूर्ण रूपमा भाग लिन कसरी समय मिलाएका छन्, त्यसबारे तिनीहरू कुरा गर्छन्। तिनीहरूले व्यावहारिक तालिकाको महत्त्वबारे बताउँदै त्यस्तै तालिका बनाउन जोड दिन्छन्। क्षेत्रमा ढिला जानु, ठीक तालिका नबनाउनु वा सेवकाईमा आफ्नो सहकर्मीसित बढी कुरा गर्नु वा चियाचमेनामा बढी समय बिताउनुजस्ता समय खेर फाल्ने कुराहरूबाट तिनीहरू कसरी जोगिन्छन्, त्यसबारे तिनीहरू बताउँछन्। स्थानीय परिस्थितिहरूलाई विचार गर्दै समयलाई प्रभावकारी ढंगमा कसरी प्रयोग गर्नसकिन्छ, त्यसबारे व्यावहारिक सल्लाह दिनुहोस्।
गीत ४८ र समापन प्रार्थना।
जून १४ मा सुरु हुने हप्ता
गीत ६३
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: “के तपाईं सहायता गर्न सक्नुहुन्छ?” प्राचीनद्वारा श्रोतागणसित छलफल। एक्लो आमा वा बुबालाई सहायता गर्न अक्टोबर ८, १९९५, ब्यूँझनुहोस्!, (अङ्ग्रेजी) पृष्ठ ८-९ मा दिइएका सल्लाहहरू समावेश गर्नुहोस्। मण्डलीका सदस्यहरूबाट पाएका मायालु सहायताप्रति मूल्यांकन व्यक्त गर्न केहीलाई आमन्त्रित गर्नुहोस्।
गीत ५३ र समापन प्रार्थना।
जून २१ मा सुरु हुने हप्ता
गीत ७२
१० मि: स्थानीय घोषणाहरू। स्कूलहरू खुल्न थालेकोले युवा जनहरू सोध्छन् वा युवावस्था पुस्तकहरू मण्डलीको स्टकमा छन् भने, सेवकाईमा ती पुस्तकहरू प्रभावकारी ढंगमा कसरी चलाउन सकिन्छ, देखाउनुहोस्।
१७ मि: भिडियो तथा श्रव्य नाटकहरूको सदुपयोग गर्नुहोस्। के सोसाइटीले उपलब्ध गराएका ७ वटा भिडियो र ९ वटा नाटकहरूको श्रव्य क्यासेटहरूको अझ राम्ररी प्रयोग गर्न सकिन्छ? के तपाईं र तपाईंको परिवारले यी भिडियोहरू हेर्नुभएको छ अथवा क्यासेटहरू सुन्नुभएको छ? थुप्रै शीर्षकहरू पुनरावलोकन गर्नुहोस् र त्यसले कसरी हाम्रो बाइबल पढाइमा उन्नति गर्छ, कसरी आध्यात्मिकतालाई बलियो बनाउँछ अनि कसरी सत्यको उत्तम साक्षी दिन्छ भनेर औंल्याउनुहोस्। दुई वा तीन श्रव्य क्यासेटहरूको छोटो अंश बजाउनुहोस्। आफ्नो परिवारलाई प्रोत्साहन दिन अथवा नयाँ व्यक्तिहरूलाई संगठनतर्फ डोऱ्याउन कुन भिडियो वा श्रव्य नाटक प्रभावशाली लाग्यो, श्रोतालाई बताउन लगाउनुहोस्। यसलाई प्रयोग गरेर प्राप्त भएका केही असल परिणामहरू बताउनुहोस्। (सन् १९९९ वार्षिक पुस्तक, पृष्ठ ५१-२ हेर्नुहोस्।) सबैलाई भिडियो र श्रव्य क्यासेटहरूको सदुपयोग गर्न प्रोत्साहित गर्नुहोस्।
१८ मि: “के तपाईं बाहिरी रूपरंग मात्र हेर्नुहुन्छ?” भाषण तथा श्रोतासित छलफल। हामीले भेटेका व्यक्तिहरू यस्तो होला अथवा उस्तो होला भनेर तुरुन्तै निष्कर्ष निकाल्नुहुँदैन भन्ने कारणहरूमाथि जोड दिनुहोस्। अरूलाई अयोग्य भनी गलत ठहर गर्ने योनालाई यहोवाले सिकाउनुभएको पाठ संक्षेपमा पुनरावलोकन गर्नुहोस्। (अगस्त १५, १९९७ को प्रहरीधरहरा पृष्ठ २१-२, अनुच्छेद १७-१९ हेर्नुहोस्।) क्षेत्रमा भेटेका विभिन्न व्यक्तिहरूबारे श्रोताहरूलाई टिप्पणी गर्न आमन्त्रित गर्दै तिनीहरूप्रति कसरी सकारात्मक मनोवृत्ति राखे अनि यहोवाको हातमा न्याय सुम्पे, बताउन लगाउनुहोस्।
गीत ७७ र समापन प्रार्थना।
जून २८ मा सुरु हुने हप्ता
गीत ८५
१२ मि: स्थानीय घोषणाहरू। जून महिनाको क्षेत्र सेवकाईको रिपोर्ट खसाल्न सबैलाई सम्झाउनुहोस्। जुलाईमा प्रस्तुत गरिने साहित्य पुनरावलोकन गर्नुहोस्। कुन कुन पुस्तिकाहरू स्थानीय तवरमा प्रशस्त मात्रामा उपलब्ध छन्, बताउनुहोस् अनि हामीले आफ्नो प्रस्तुतिमा जोड दिन सकिने एक वा दुई पक्षबारे सुझाउ दिनुहोस्। राम्ररी तयारी गरिएको प्रदर्शन प्रस्तुत गर्नुहोस्।
१३ मि: यहोवाले किन आफ्ना जनहरूमाथि सतावट आइपर्न दिनुहुन्छ? यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्घोषकहरू (अङ्ग्रेजी), पृष्ठ ६७६-७ मा आधारित प्राचीनद्वारा भाषण। येशूले भविष्यवाणी गर्नुभएअनुसार हामी ‘सबै जातिमध्ये घृणित’ भएका छौं। (मत्ती २४:९) सेवकाईमा भाग लिंदा, सांसारिक नातेदारहरूसँग अथवा काम गर्ने ठाउँ वा स्कूलमा गैरसाक्षीहरूसँग सरसंगत गर्दा हामीले विरोध सामना गर्नसक्छौं। यहोवाले यस्तो सतावट वा विरोधहरू किन आइपर्न दिनुहुन्छ अनि त्यसलाई सहँदा कसरी आशिष्हरू पाइन्छन्, वक्ताले सकारात्मक ढंगमा बताउनेछन्।
२० मि: मानिसहरू भएका हरेक ठाउँमा जानुहोस्! सन् १९९७ वार्षिक पुस्तक, पृष्ठ ४२-८ मा आधारित भाषण। हामीले नियमित तवरमा घरघरको साक्षीकार्यमा भाग लिनुपर्छ। तथापि, हामी जहिले पनि जहाँसुकै अनौपचारिक साक्षी दिने सुअवसरहरूको सदुपयोग गर्छौं। बसमा यात्रा गर्दा, सडक वा समुद्र किनारमा हिंड्दा, पार्क गरेका मोटरगाडीहरू भएको ठाउँमा जाँदा, ट्रक बिसौनीमा जाँदा, टेलिफोन प्रयोग गरेर अनि पत्राचार गरेर अरूले कसरी सफलता पाएका छन् भनी वार्षिक पुस्तक-बाट अनुभवहरू बताउनुहोस्। समयले भ्याएमा श्रोतालाई आफ्नो अनुभवहरू बताउन आमन्त्रित गर्नुहोस्। मानिसहरू भएका हरेक ठाउँमा साक्षी दिने सुअवसरको फाइदा उठाउन सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत ७५ र समापन प्रार्थना।