प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 जुलाई पृ. १
  • मदतको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मदतको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • “तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • तपाईंका प्रार्थनाहरूले तपाईंबारे के बताउँछन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • प्रार्थना गर्ने सुअवसरको मोल गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • आफ्नो प्रार्थनाको गुणस्तर बढाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 जुलाई पृ. १

मदतको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌

१ येशूले आफ्ना चेलाहरूलाई तिनीहरूको सेवकाईमा यहोवाको आशिष्‌ आवश्‍यक छ भनेर जोड दिनुभयो। (मत्ती ९:३७, ३८) निष्कपट निवेदन र अन्तरबिन्तीसाथ गरिएको प्रशंसापूर्ण हार्दिक प्रार्थना र धन्यवादहरूले मदतको लागि यहोवामा हामीले राखेको पूर्ण भरोसा देखाउँछ। (फिलि. ४:६, ७) धर्मशास्त्रले हामीलाई निरन्तर “प्रार्थना र अन्तरबिन्ती[मा]” लागिरहन आग्रह गर्छ र यही कुरा हाम्रो सेवकाईको सम्बन्धमा गरिने प्रार्थनाहरूमा पनि लागू हुन्छ।—एफि. ६:१८.

२ हामी यहोवालाई प्रार्थनामा उहाँका अद्वितीय गुणहरू र उपलब्धिहरूका निम्ति प्रशंसा गर्छौं। उहाँलाई प्रचार गर्ने सुसमाचारका दाताका रूपमा पनि प्रशंसा गर्छौं। उहाँबिना हाम्रो सेवकाई सफल हुन नसक्ने हुनाले उहाँ हाम्रो प्रशंसाको योग्य हुनुहुन्छ।—भज. १२७:१.

३ हामीलाई उहाँका इच्छा र उद्देश्‍यबारे दिनुभएको जानकारीका लागि हाम्रा धन्यवादका प्रार्थनाहरूले मूल्यांकन व्यक्‍त गर्छन्‌। राज्य सत्यहरू अरूलाई बाँड्‌न पाउनु पनि सुअवसर नै होइन त? हामीले सेवकाईमा पाउने हर उपलब्धिका निम्ति हामी यहोवालाई धन्यवाद चढाउँछौं।—भज. १०७:८; एफि. ५:२०.

४ त्यसैले बाइबल अध्ययन प्रस्ताव स्वीकार्ने मानिस भेटियोस्‌ अनि सत्यमार्फत तिनीहरूको हृदय छुन सकियोस्‌ भनेर हामी यहोवासँग मदत माग्छौं। त्यस्ता निवेदनहरू गर्दा यहोवाले मात्र हाम्रो सेवकाईको काम फलदायी बनाइदिन सक्नुहुन्छ भनी हामी स्वीकार्छौं।—१ कोरि. ३:५-७.

५ एउटी बहिनीले आफ्नो पत्रिका रुटकी एउटी महिलाले प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पढ्‌ने नगरेको थाह पाइन्‌। त्यस्ता अमूल्य पत्रिकाहरू खेर नजाऊन्‌ भन्‍ने हेतुले, यदि त्यस महिलाले ती नपढ्‌ने हो भने नदिनु पऱ्‍यो क्यारे भनेर तिनले यहोवासँग निवेदन गरिन्‌। उक्‍त बहिनी अर्को पटक त्यहाँ जाँदा त्यस महिलाका पतिले यसो भने: “नबिराइकन यी पत्रिकाहरू ल्याइदिनुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद। म पढ्‌दै छु, मलाई असाध्यै मन पर्छ।”

६ विनम्र अनि निश्‍छल बिन्ती गरेर निर्भयी भई अरूलाई साक्षी दिइरहन अनि मानिसहरूले ल्याउने विरोध, सतावट र डर हटाउन सकौं भनी यहोवासित मदतका लागि पुकारा गर्न सक्छौं। (प्रेरि. ४:३१) निरन्तर “प्रार्थना र अन्तरबिन्ती[साथ]” आज्ञाकारी भई हाम्रो पवित्र सेवामा लागिरह्‍यौं भने यहोवाले मदत गर्नुहुनेछ भनेर हामी निर्धक्क हुनसक्छौं।—१ यूह. ३:२२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने