प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 जुलाई पृ. २
  • जुलाई महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९९
  • उपशीर्षकहरू
  • जुलाई ५ मा सुरु हुने हप्ता
  • जुलाई १२ मा सुरु हुने हप्ता
  • जुलाई १९ मा सुरु हुने हप्ता
  • जुलाई २६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९९
km99 जुलाई पृ. २

जुलाई महिनाका लागि सेवा सभाहरू

जुलाई ५ मा सुरु हुने हप्ता

गीत ६

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। देशभरि अनि स्थानीय मण्डलीको मार्च महिनाको सेवा रिपोर्टबारे बताउनुहोस्‌। ईश्‍वरतान्त्रिक समाचार।

२० मि: “मदतको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌।” एक मिनेटभन्दा छोटो परिचय दिनुहोस्‌ त्यसपछि प्रश्‍नोत्तरद्वारा छलफल गर्नुहोस्‌। सेवकाई सफल बनाउन गरिएको निष्कपट प्रार्थनाहरूले कस्तो महत्त्वपूर्ण भूमिका खेल्छ बताउनुहोस्‌। प्रार्थनाद्वारा सेवकाईमा कसरी सहायता पाएका छन्‌ स्रोताहरूलाई आफ्नो अनुभवहरू बताउन लगाउनुहोस्‌।—अक्टोबर १५, १९९६, प्रहरीधरहरा, पृष्ठ ३२ हेर्नुहोस्‌।

१५ मि: पुस्तिकाहरूको सदुपयोग गर्नुहोस्‌। भाषण र प्रदर्शनहरू। पुस्तिकाहरू किन हाम्रो सेवकाईको मूल्यवान्‌ औजारहरू हुन्‌ बताउनुहोस्‌। यसले थुप्रै मानिसहरूको हृदयछुने विषयलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्छ, एक-एकवटा विषयवस्तुको छोटो मीठो वर्णन गर्छ र धर्मशास्त्रीय शिक्षाहरू सजिलोसँग खुलाइदिन्छ। यस महिनामा वितरण गरिने पुस्तिकाहरूबारे बताउनुहोस्‌ साथै मण्डलीको स्टकमा प्रशस्त मात्रामा उपलब्ध भएका पुस्तिकाहरू देखाउनुहोस्‌। वाच टावर प्रकाशन अनुक्रमाणिका मा “प्रेजेन्टेसन्स” अर्थात्‌ “प्रस्तुतिहरू” शीर्षक अन्तर्गत दिइएका सुझाउमा आधारित दुई तीनवटा छोटछोटो प्रदर्शनहरू प्रस्तुत गर्नुहोस्‌।

गीत १८१ र समापन प्रार्थना

जुलाई १२ मा सुरु हुने हप्ता

गीत १०३

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१५ मि: “पूर्व तयारीले आनन्द दिन्छ।” भाषण र अन्तर्वार्ताहरू। क्षेत्र सेवकाईको काममा तयारीको किन खाँचो छ र कसरी हामीले गरेको कामबाट भरपूर आनन्द अनुभव गर्नसक्छौं बताउनुहोस्‌। (पाठशाला निर्देशन पुस्तक पृष्ठ ३९ को अनुच्छेद १-३ सम्म हेर्नुहोस्‌।) सेवकाईमा जानु अघि कस्तो तयारी गर्छन्‌ र त्यसले कसरी मदत गरेको छ, दुई वा तीन जना योग्य प्रकाशकहरूसँग अन्तर्वार्ता लिनुहोस्‌। सेवकाईको तयारीको निम्ति तर्क पुस्तक प्रभावकारी ढंगमा प्रयोग गर्न सकिन्छ भनेर देखाउन अप्रिल १५, १९९३ को प्रहरीधरहरा पृष्ठ ३० को अनुभवलाई समावेश गर्नुहोस्‌।

२० मि: “के भन्‍न खोज्नुभएको, त्यो भन्‍नुहोस्‌ न!” स्रोताहरूसित प्रश्‍नोत्तर तथा प्रदर्शनहरू। घरधनीको ध्यान खिच्न के गर्न सकिन्छ, दिइएका प्रत्येक सुझाउहरू पुनरावलोकन गर्नुहोस्‌। अनुभवी प्रकाशकहरूलाई छुट्टाछुट्टै प्रभावकारी परिचयहरू प्रस्तुत गर्न लगाउनुहोस्‌। आफ्नो इलाकामा काम लाग्ने किसिमका थप सुझाउहरू दिन र प्रोत्साहनदायी अनुभवहरू बताउन स्रोताहरूलाई निम्त्याउनुहोस्‌।

गीत १८३ र समापन प्रार्थना।

जुलाई १९ मा सुरु हुने हप्ता

गीत ३१

१० मि: स्थानीय घोषणाहरू।

१५ मि: स्थानीय आवश्‍यकताहरू।

२० मि: के म संगठनको सदस्य बनूँ? तर्क पुस्तकको पृष्ठ २८०-४ बाट स्रोताहरूसँग छलफल। परमेश्‍वरको राज्यको सन्देश सुन्‍ने तर धार्मिक संगठनको “सदस्य” बन्‍नचाहिं इन्कार गर्ने मानिसहरू हामी अक्सर भेट्टाउँछौं। “संगठन” अनि यहोवाको दृश्‍य संगठनलाई चित्रित गर्ने सातवटा विशेषताहरूको परिभाषा पुनरावलोकन गर्नुहोस्‌। यो संगठन अरू भन्दा कसरी भिन्‍न छ साथै यसको सदस्य बन्दा पाइने आशिष्‌हरूबारे बताउनुहोस्‌।

गीत १८९ र समापन प्रार्थना।

जुलाई २६ मा सुरु हुने हप्ता

गीत १८४

१० मि: स्थानीय घोषणाहरू। सबैलाई जुलाई महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। प्रश्‍न पेटी।

१५ मि: के हामी चेलाहरू बनाउँदैछौं? सेवा निरीक्षकले एक वा दुई सेवकाई सेवकसँग फेब्रुअरी १५, १९९६ को प्रहरीधरहरा, पृष्ठ १९-२२ बाट छलफल गर्नेछन्‌। हाम्रो इलाकाका योग्य व्यक्‍तिहरूलाई खोजी खोजी निकाल्नु र उनीहरूलाई चेला बनाउनु किन आवश्‍यक छ धर्मशास्त्रीय कारणहरू देखाउनुहोस्‌। (मत्ती १०:११) आफू वरिपरि दुष्टता र अधर्म देखेर हैरान भएकाहरूले यहोवाको रीसको दिन आउनुअघि नै उहाँको खोजी गर्ने झुकाउ राख्नुपर्छ। (इज. ९:४; सप. २:२, ३) यी मध्येकाहरू नै ‘अनन्त जीवनका लागि नियुक्‍त हुनेहरू’ हुन्‌। (प्रेरि. १३:४८) हाम्रो काम, येशूले आज्ञा गर्नुभए झैं मानिसहरूलाई सबै कुरा सिकाउनु र चेला बनाउनु हो। (मत्ती २४:१४; २८:१९, २०) हामीले घर-घर, अनौपचारिक साक्षी र सडक साक्षीमा पहिलो चोटि भेटेकाहरूको मनमा चासो जगाइदिन सक्यौं भने पुनःभेट र बाइबल अध्ययनहरूद्वारा उनीहरूलाई चेला बनाउन सफल हुनेछौं। यो कसरी गर्न सकिन्छ केही व्यावहारिक सुझाउहरू दिनुहोस्‌।

२० मि: “हामी परमेश्‍वरको भवनलाई त्याग्नेछैनौं।” प्राचीनद्वारा जनवरी १९९७, हाम्रो राज्य सेवकाई-को परिशिष्टको पृष्ठ ३-६ बाट प्रोत्साहनदायी भाषण। मण्डलीलाई आफ्नो भवन बनाउन सल्लाह दिनुहोस्‌। यदि बनाइसकिएको छ भने, त्यसलाई राम्रो मर्मत गर्नुहोस्‌ र देशभरि भएका अरू मण्डलीहरूलाई पनि आफ्नै राज्यभवन बनाउन सहयोग गर्नुहोस्‌। परिशिष्टको पृष्ठ ६ को पेटीमा ध्यान दिनुहोस्‌।

गीत ११८ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने