अगस्त महिनाको लागि सेवा सभाहरू
अगस्त २ मा सुरु हुने हप्ता
गीत ३९
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। देशभरिको र स्थानीय मण्डलीको अप्रिल महिनाको सेवकाई रिपोर्टबारे टिप्पणी गर्नुहोस्। अगस्त महिनामा क्षेत्र सेवकाईमा भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्।
१७ मि: “यहोवाको महिमित नाउँको उच्च सम्मान गर्नु।” एक मिनटभन्दा लामो परिचय नदिनुहोस् र प्रश्नोत्तर छलफल गर्नुहोस्। उल्लेखित शास्त्रपदहरूमा जोड दिनुहोस्।—सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ १८४-५ हेर्नुहोस्।
१८ मि: “सांसारिक शिक्षा र तपाईंको आध्यात्मिक लक्ष्य।” बुबाले छोरा वा छोरीसँग यस लेख छलफल गर्छन्। उनीहरूले डिसेम्बर २२, १९९५, ब्यूँझनुहोस्! पृष्ठ ७-११ को सम्बन्धित विषयलाई पनि पुनरावलोकन गर्छन्।
गीत १४८ र समापन प्रार्थना।
अगस्त ९ मा सुरु हुने हप्ता
गीत १३८
८ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१२ मि: अग्रगामीहरू अरूलाई मदत गर्छन्—कस्तो प्रगति भएको छ? सेवा निरीक्षकद्वारा भाषण तथा अन्तरवार्ता। सेप्टेम्बर १९९८ को हाम्रो राज्य सेवकाई पृष्ठ ८ मा दिइएको निर्देशन पुनरावलोकन गर्नुहोस्। स्थानीय तवरमा कस्तो प्रबन्ध मिलाइएको थियो साथै मदत पाएकाहरूले अहिले कति उन्नति गरे बताउनुहोस्। एक वा दुई अग्रगामी अनि उनीहरूको मदतबाट फाइदा उठाउने केही प्रकाशकहरूसँग अन्तरवार्ता लिनुहोस्। अरू मदत पाउन पर्खिरहेकाहरूले पनि यस प्रबन्धको पूरा फाइदा उठाउन प्रोत्साहन दिनुहोस्।
२५ मि: “के तपाईंको लागि अग्रगामीको ढोका खुला भएको छ?” प्राचीनद्वारा प्रश्नोत्तर छलफल। थुप्रै प्रकाशकहरूलाई अग्रगामी गर्न सक्ने सम्भाव्यताहरू छन् भन्ने कुरा सकारात्मक ढंगमा बताउनुहोस्। अग्रगामीहरूले भोग्नु पर्ने सामान्य अवरोधहरूको सामना गरेर सफलता पाएकाहरूलाई तिनीहरूको आफ्नै अनुभवहरू बताउन अन्तरवार्ता लिनुहोस्। राम्रो योजना बनाएको खण्डमा आवश्यक घण्टा पुऱ्याउन सकिन्छ भनेर जोड दिंदै “नियमित अग्रगामीको नमुना तालिका” विश्लेषण गर्नुहोस्। अग्रगामी गर्न चाहनेहरूले आवेदन फाराम सभापछि लिन सक्छन् भनेर घोषणा गर्नुहोस्।
गीत २०२ र समापन प्रार्थना।
अगस्त १६ मा सुरु हुने हप्ता
गीत १३१
१० मि: स्थानीय घोषणाहरू। अगस्त महिनामा अब दुई सप्ताहन्त मात्र बाँकी रहेका छन्। त्यसैले यो महिना सिद्धिनुअघि नै सबैलाई सेवकाईमा भाग लिन प्रोत्साहन दिनुहोस्। “नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम” पुनरावलोकन गर्नुहोस्। नयाँहरूलाई बप्तिस्माबारे सोचविचार गर्न प्रोत्साहन दिनुहोस्। सबैलाई सम्मेलनको कुनै पनि भाग नछुटाउन आग्रह गर्नुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू।
२० मि: के तपाईं चेला बनाउने काममा भाग लिनुहुँदैछ? स्रोताहरूसँग छलफल। थुप्रै साहित्यहरू वितरण भएअनुसार ती मानिसहरूलाई तिनीहरूले पाएका प्रकाशनहरूबाट फाइदा उठाऊन् भनेर मदत गर्ने हेतुले हाम्रो लक्ष्य बाइबल अध्ययन सुरु गर्नेहुनुपर्छ। प्रकाशकहरूलाई अरू बढी अध्ययनहरू संचालन गर्न के कस्ता कुराहरूले बाधा पुऱ्याइरहेको छ टिप्पणी गर्न लगाउनुहोस्: (१) अध्ययन गर्न इच्छुक मानिसहरू भेट्टाउनै गाह्रो छ। (२) कोही इच्छुकहरू भेटिन्छन् तर तिनीहरू अध्ययन गर्न फुर्सतै छैन भन्छन्। (३) अध्ययन सुरु गरिसकेपछि नियमित अध्ययन गर्न त्यस व्यक्तिलाई घरमा भेट्नै मुस्किल पर्छ। कोही कोही प्रकाशकहरूले बाइबल अध्ययनको कामप्रति राख्ने सोचाइहरू यस्तो पनि हुनसक्छ: (१) ‘म शिक्षक बन्न योग्य छैन जस्तो लाग्छ।’ (२) ‘मसित साप्ताहिक अध्ययन संचालन गर्ने समय नै छैन।’ (३) ‘मलाई अरूसँग कुरा गर्न अप्ठ्यारो लाग्छ।’ (४) ‘मलाई सेवकाईको अरू पक्षहरूमा भाग लिनु नै बेस लाग्छ।’ चेला बनाउने काममा व्यक्तिगत रूपमा भाग लिन यस्ता रोकावटहरू कसरी पार लगाउन सकिन्छ भनेर सकारात्मक सुझाउहरू दिनुहोस्। बाइबल अध्ययनको कामबाट पाएको आनन्दबारे सफल प्रकाशकहरूलाई अनुभव बताउन लगाउनुहोस्।—मे १९९८ हाम्रो राज्य सेवकाई-को परिशिष्ट, अनुच्छेद ३-८, १५ हेर्नुहोस्।
गीत १०० र समापन प्रार्थना।
अगस्त २३ मा सुरु हुने हप्ता
गीत ९४
१० मि: स्थानीय घोषणाहरू।
१५ मि: सत्यप्रति भर्खरै चासो देखाउन थालेकाहरूलाई विवाहको पवित्रताको मूल्यांकन गर्न मदत दिनुहोस्। प्राचीनले स्रोताहरूसित तर्क पुस्तक, पृष्ठ २४८-५० मा आधारित छलफल गर्छन्। हामीले राज्य समाचार स्वीकार्ने एक दम्पतिलाई भेट्टायौं तर तिनीहरूको उन्नतिचाहिं छँदै छैन किनभने तिनीहरू गैरकानुनी रूपमा विवाह गरी बसेका रहेछन्। मसीहीहरूको विवाह किन आदरयोग्य हुनुपर्छ भन्ने बुझ्न तिनीहरूलाई कसरी मदत दिनुपर्ने, छलफल गर्नुहोस्। (जनवरी ८, १९९२ ब्यूँझनुहोस्!-को [अङ्ग्रेजी] पृष्ठ २६-७ हेर्नुहोस्।) तिनीहरूको विवाह कानुनी रूपमा दर्ता नभएसम्म यस्ता जोडीहरू मण्डलीको सदस्य हुन नसक्ने कारण बुद्धिमानीसाथ कसरी भन्न सक्छौं, सुझाउहरू दिनुहोस्।
२० मि: “बौद्ध धर्मावलम्बीसँग तपाईं कसरी कुरा गर्नुहुन्छ?” प्रश्नोत्तर। हामीले क्षेत्रमा भेटिने गैरमसीहीधर्मकाहरू जसको विचार, काम र संस्कारहरूसँग हामी अपरिचित छौं, तिनीहरूसँग कसरी कुरा गर्ने भनेर आत्तिन्छौं। यस शीर्षक अन्तर्गत पाँच भागका शृङ्खलाहरू छन्। राम्ररी तयार गरिएको प्रदर्शन प्रस्तुत गर्नुहोस्। बौद्ध धर्मबारे थप जानकारीको निम्ति फेब्रुअरी १९९८ को हाम्रो राज्य सेवकाई-को परिशिष्ट; तर्क पुस्तकको पृष्ठ २१; र मानवजातिद्वारा परमेश्वरको खोज, अध्याय ६ हेर्नुहोस्।
गीत १३३ र समापन प्रार्थना।
अगस्त ३० मा सुरु हुने हप्ता
गीत ९९
१० मि: स्थानीय घोषणाहरू। अगस्तको क्षेत्र सेवकाईको रिपोर्ट खसाल्न सबैलाई सम्झाउनुहोस्। सबै रिपोर्टहरू सेप्टेम्बर ६ सम्ममा मण्डली पुस्तक अध्ययन सञ्चालकहरूले आ-आफ्नो समूहका प्रत्येकले ठीकठाक पारिसकेका छन् कि छैनन् राम्ररी जाँच्नुपर्छ।
१७ मि: हामी हाम्रा भाइहरूलाई प्रेम गर्छौं। प्राचीनद्वारा डिसेम्बर १, १९९५, प्रहरीधरहरा, पृष्ठ १५-१७, अनुच्छेद ७-११ बाट भाषण तथा स्रोताहरूसँग छलफल। हामीले हाम्रो भाइहरूलाई राम्ररी चिन्दा, प्रोत्साहन दिंदा र परीक्षा सामना गर्न एकआपसलाई मदत दिंदा दुवैलाई फाइदा हुन्छ भन्ने विषयमा जोड दिनुहोस्। यो कसरी अझ व्यापक तवरमा गर्न सकिन्छ, सल्लाह दिनुहोस्। स्रोताहरूले अरूहरूबाट पाएको मायालु प्रोत्साहनबाट कसरी स्फूर्ति र बल पाए, अनुभवहरू बताउन लगाउनुहोस्।
१८ मि: तपाईंको आशाको कारण बताउनुहोस्। प्राचीनले उच्च माध्यमिक विद्यालयमा पढ्ने साथै असल उदाहरण बसालेका एक वा दुई किशोरकिशोरीसँग अन्तरवार्ता लिन्छन्। तिनीहरूले आफ्नै दौंतरका सांसारिक साथीहरूसँग कुनै क्रियाकलापमा भाग नलिंदा तिनीहरूको साथीहरूले अक्सर जान्न चाहेको अप्ठ्यारो स्थितिहरूको सामना गरेका छन्। यतिखेर तिनीहरूले आफ्नो बाइबल आधारित विश्वासबारे बताउने ठूलो मौका पाउँछन्। यसैले हाम्रा किशोरकिशोरी यस्ता विरोधहरूमा दृढ भएर बस्नु अत्यावश्यक छ। यदि तिनीहरूलाई सुर्ती वा लागू पदार्थ दिइयो भने के गर्ने, भन्ने विषयमा ती समूहले छलफल गर्छन्। युवाजनहरूका प्रश्न, पुस्तकको पृष्ठ २७७-८१ मा प्रस्तुत गरिएको तर्कलाई पुनरावलोकन गर्नुहोस्। जे असल छ त्यही गर्ने तिनीहरूको कटिबद्धताले कसरी सुरक्षा र राम्रो साक्षी दिन्छ, बताउनुहोस्।
गीत १२९ र समापन प्रार्थना।