प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 सेप्टेम्बर पृ. २
  • सेप्टेम्बर महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९९
  • उपशीर्षकहरू
  • सेप्टेम्बर ६ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर १३ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर २० मा सुरु हुने हप्ता
  • सेप्टेम्बर २७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९९
km99 सेप्टेम्बर पृ. २

सेप्टेम्बर महिनाका लागि सेवा सभाहरू

सूचना: हाम्रो राज्य सेवकाई-ले आगामी महिनाहरूमा हर हप्ता सेवा सभाको तालिका बनाउनेछ। आफूलाई खटाइएको स्थानमा “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशन धाउन र त्यसपछिको हप्तामा अधिवेशन कार्यक्रमका मुख्य बुँदाहरूको ३० मिनेट पुनरावृत्ति गर्न मण्डलीहरूले आवश्‍यक काँटछाँट गर्नसक्छन्‌। उल्लेखनीय बुँदाहरूमाथि ध्यान केन्द्रित गर्नसक्ने तीन योग्य भाइहरूलाई जिल्ला अधिवेशनको कार्यक्रम प्रत्येक दिनअनुसार पुनरावृत्ति गर्न जिम्मेवारी सुम्पिन सकिन्छ। राम्ररी तयार पारिएको यस्तो पुनरावृत्तिले व्यक्‍तिगत जीवन र क्षेत्र सेवकाईमा प्रयोग गर्नको लागि मुख्य बुँदाहरू सम्झन मण्डलीलाई मदत गर्नेछ। श्रोताहरूले दिने टिप्पणी तथा अनुभवहरू छोटो र स्पष्ट हुनुपर्छ।

सेप्टेम्बर ६ मा सुरु हुने हप्ता

गीत १९०

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१७ मि: “के तपाईं उद्देश्‍यसहित काम गर्दैहुनुहुन्छ?” एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍नोत्तरद्वारा छलफल गर्नुहोस्‌। हाम्रो सेवकाई पुस्तकको पृष्ठ ८८-९ मा दिइएका टिप्पणीहरूलाई समावेश गर्नुहोस्‌। सबैलाई सेवकाईमा नियमित हुन तथा पूर्णतया काम गर्न प्रोत्साहन दिनुहोस्‌।

१८ मि: “आमाबाबु हो—आफ्ना छोराछोरीका लागि राम्रो उदाहरण बसाल्नुहोस्‌।” प्राचीनद्वारा छोटो परिचय अनि साथमा यस लेखबाट दुई जना बाबुहरूले छलफल गर्नेछन्‌। तिनीहरू आ-आफ्ना छोराछोरीहरूलाई स्कूल, टेलिभिजन अनि गैर-साक्षी नातेदारहरू अनि अरूबाट तिनीहरूमा सर्नसक्ने खराब व्यवहार तथा मनोवृत्तिहरूबाट जोगाउन चिन्तित भएको कुरामा जोड दिन्छन्‌। ती भाइहरू अनादर गर्ने मनोवृत्ति, सांसारिक बोलीचाली तथा भेषभूषा अनि भ्रष्ट मनोरञ्जनका बारेमा कुरा गर्छन्‌। राम्रो उदाहरण बसाल्नुपर्ने कुरामा ध्यान आकर्षित गराइसकेपछि पारिवारिक अध्ययन, मण्डलीका सभाहरू अनि क्षेत्र सेवकाईमाथि झन्‌ झन्‌ चासो बढाउने तरिकाहरू छलफल गर्छन्‌।—जुलाई १, १९९९, प्रहरीधरहरा, पृष्ठ ८-२२ अनि सेप्टेम्बर २२, १९९१, ब्यूँझनुहोस्‌!, पृष्ठ ८-९ हेर्नुहोस्‌।

गीत १०१ तथा समापन प्रार्थना।

सेप्टेम्बर १३ मा सुरु हुने हप्ता

गीत १७१

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१५ मि: हामीले बितेको वर्ष कस्तो गऱ्‍यौं? सेवा निरीक्षकद्वारा भाषण। सेवा वर्ष १९९९ को मण्डलीको रिपोर्टका विशेषताहरू पुनरावलोकन गर्नुहोस्‌। मण्डलीले गरेको असल कामकुराहरूको प्रशंसा गर्नुहोस्‌। उन्‍नति गर्नुपर्ने क्षेत्रहरू औंल्याउनुहोस्‌। सभाको उपस्थिति अनि बाइबल अध्ययन सञ्चालन गर्न मण्डलीले कसरी योगदान पुऱ्‍याएको छ त्यसमा ध्यान केन्द्रित गर्नुहोस्‌। आउँदो वर्षको लागि बनाउनसकिने व्यावहारिक लक्ष्यहरूबारे बताउनुहोस्‌।

२० मि: “हिन्दू धर्मावलम्बीसँग तपाईं कसरी कुरा गर्नुहुन्छ?” प्रश्‍नोत्तर। दुवैले चासो दिने विषयमा कुरा थाल्नुको फाइदामाथि जोड दिंदै हामी कुन कुन कुरामा हिन्दूहरूसित सहमत हुनसक्छौं बताउनुहोस्‌। कुनै पनि धर्मका मानिसहरूलाई साक्षी दिन सुझावित प्रस्तुतिहरूलाई कसरी मिलाउनसकिन्छ देखाउनुहोस्‌। हिन्दूलाई साक्षी दिंदै गरेको राम्ररी तैयार गरिएको प्रस्तुति देखाउनुहोस्‌। हिन्दूधर्मबारे अझ बढी जानकारीका लागि फेब्रुअरी १९९८ हाम्रो राज्य सेवकाई-को परिशिष्ट; तर्क पुस्तक, पृष्ठ २२ अनि मानिसजातिद्वारा परमेश्‍वरको खोज अध्याय ५ हेर्नुहोस्‌।

गीत १४० तथा समापन प्रार्थना।

सेप्टेम्बर २० मा सुरु हुने हप्ता

गीत १९३

५ मि: स्थानीय घोषणाहरू।

१५ मि: स्थानीय आवश्‍यकताहरू।

२५ मि: “सन्‌ १९९९ ‘परमेश्‍वरको भविष्यसूचक वचन’ जिल्ला अधिवेशन।” (अनुच्छेद १-१५) प्रश्‍नोत्तर। अनुच्छेदहरू ६, ८, ११ अनि १५ पढ्‌नुहोस्‌। बिहीबारको कार्यक्रमसहित सम्पूर्ण कार्यक्रमहरूमा हामी किन उपस्थित हुनुपर्छ त्यसबारे जोडदार तर्क प्रस्तुत गर्नुहोस्‌। अधिवेशनका हरेक दिनको खाना आफैले ल्याउन सोसाइटीले दिएको निर्देशनको महत्त्वमाथि जोड दिनुहोस्‌।

गीत १९ तथा समापन प्रार्थना।

सेप्टेम्बर २७ मा सुरु हुने हप्ता

गीत १४१

१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई सेप्टेम्बर महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। अक्टोबर महिनाको दौडान पत्रिका वितरण कार्यमा पूर्णतया भाग लिने योजनाहरू बनाउन प्रोत्साहित गर्नुहोस्‌। प्रस्तुतिहरूको तैयारी कसरी गर्ने भन्‍ने विषयमा अक्टोबर १९९६ को हाम्रो राज्य सेवकाई, पृष्ठ ८ मा दिइएका सल्लाहहरूको पुनरावलोकन गर्नुहोस्‌। हालै प्रकाशित पत्रिकाहरू प्रयोग गर्दै त्यसमा भएका केही राम्रा बुँदाहरू चलाउँदै एक दुइवटा संक्षिप्त प्रदर्शनहरू देखाउनुहोस्‌।

१५ मि: प्रश्‍नपेटी। प्राचीनद्वारा भाषण।

२० मि: “सन्‌ १९९९ ‘परमेश्‍वरको भविष्यसूचक वचन’ जिल्ला अधिवेशन।” (अनुच्छेद १६-२३) प्रश्‍नोत्तर। अनुच्छेद १७-२० पढ्‌नुहोस्‌। पहिरन, कोरीवाटी अनि आचरणमा हामीले किन एकदमै ध्यान दिनु आवश्‍यक छ, उद्धृत तथा उल्लिखित शास्त्रपदहरू पढेर जोड दिनुहोस्‌।

गीत ८७ तथा समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने