प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 नोभेम्बर पृ. २
  • नोभेम्बर महिनाको लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर महिनाको लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९९
  • उपशीर्षकहरू
  • नोभेम्बर १ मा सुरु हुने हप्ता
  • नोभेम्बर ८ मा सुरु हुने हप्ता
  • नोभेम्बर १५ मा सुरु हुने हप्ता
  • नोभेम्बर २२ मा सुरु हुने हप्ता
  • नोभेम्बर २९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९९
km99 नोभेम्बर पृ. २

नोभेम्बर महिनाको लागि सेवा सभाहरू

नोभेम्बर १ मा सुरु हुने हप्ता

गीत १५६

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। “बाइबलमा कति शक्‍ति छ, हेर्नुहोस्‌!” पुनरावलोकन गर्नुहोस्‌।

१५ मि: “प्रचारकार्यले गर्दा हामी अरूभन्दा बेग्लै छौं।” एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍नोत्तरद्वारा छलफल गर्नुहोस्‌। ज्ञान पुस्तकको पृष्ठ १७३, अनु. ८ प्रयोग गर्दै बाइबल विद्यार्थीलाई सेवकाईमा भाग लिन प्रोत्साहन दिंदा के भन्‍न सकिन्छ छोटकरीमा बताउनुहोस्‌।

२० मि: “बाइबल अध्ययन गर्न को तयार होला?” भाषण तथा प्रदर्शनहरू। चौथो अनुच्छेदमा बताएअनुसार हाम्रा प्रकाशनहरूमा पाइने कुराहरू सिक्न चासो जगाउने भिन्‍नाभिन्‍नै तरिकाहरू बताउनुहोस्‌। त्यो कसरी गर्न सकिन्छ दुइटा छोटो प्रदर्शनीद्वारा देखाउनुहोस्‌। श्रोताहरूलाई बाइबल अध्ययन सुरु गर्न सकेको अनुभव बताउन आग्रह गर्नुहोस्‌।

गीत १९८ र समापन प्रार्थना।

नोभेम्बर ८ मा सुरु हुने हप्ता

गीत २०४

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। अर्को हप्ता नोभेम्बरको परिशिष्टबाट छलफल गरिने १८ वटा अनुच्छेदहरूको तयारी गर्न भाइहरूलाई सम्झाउनुहोस्‌।

१५ मि: प्रश्‍नपेटी। भाषण। राज्यभवन सफा अनि राम्रो अवस्थामा राख्न गरिएका स्थानीय प्रबन्धहरू उल्लेख गर्नुहोस्‌।

२० मि: “यहूदी धर्मावलम्बीसँग तपाईं कसरी कुरा गर्नुहुन्छ?” प्रश्‍नोत्तर। अर्थोडक्स, सुधारवादी तथा रूढिवादी यहूदीधर्मबीच के फरक छ, बुझाउनुहोस्‌। (मानिसजातिद्वारा परमेश्‍वरको खोज, पृष्ठ २२६-७ हेर्नुहोस्‌।) यहूदी र हामी दुवैलाई चासो लाग्ने विषयहरू कुन कुन हुनसक्छन्‌, बताउनुहोस्‌। राम्ररी तयार गरेको प्रदर्शनी प्रस्तुत गर्नुहोस्‌। यहूदीधर्मबारे अझ बढी जानकारीका लागि फेब्रुअरी १९९८ को हाम्रो राज्य सेवकाई-को परिशिष्ट; तर्क पुस्तक, पृष्ठ २२-३; अनि मानिसजातिद्वारा परमेश्‍वरको खोज अध्याय ९ हेर्नुहोस्‌।

गीत २०८ र समापन प्रार्थना।

नोभेम्बर १५ मा सुरु हुने हप्ता

गीत २११

८ मि: स्थानीय घोषणाहरू।

२५ मि: “इन्टरनेटको प्रयोग—खतराहरूदेखि सावधान हुनुहोस्‌!” प्रश्‍नोत्तरद्वारा १-१८ अनुच्छेदसम्म छलफल। अनुच्छेद ४-७, १२, १६, १७ पढ्‌नुहोस्‌। अर्को हप्ता अनुच्छेद १९-३६ राम्ररी तयारी गरेर आउने प्रोत्साहन दिनुहोस्‌।

१२ मि: आमाबाबु हो—के तपाईंहरू नियमित तवरमा पारिवारिक अध्ययन गर्नुहुन्छ? भाषण तथा श्रोताहरूसित छलफल। परिवारहरू सँगै बसेर अध्ययन गर्नु किन आवश्‍यक छ, बताउनुहोस्‌। (स्कूल निर्देशनपुस्तक, पृष्ठ ३७-८ हेर्नुहोस्‌।) पारिवारिक अध्ययन गर्न निम्नलिखित अड्‌चनहरू हुनसक्छन्‌: (१) बालबच्चाहरू सानै भएकाले केही फाइदा हुँदैन होला भन्‍ने सोचाइ, (२) मण्डलीका सभाहरूमा उपस्थित भए पुगिहाल्छ नि भन्‍ने सोचाइ, (३) व्यस्त तालिकाले गर्दा थकित भएकोले, अनि (४) टेलिभिजन हेर्ने बानीले अलमलाएको। (मे १, १९९४ को प्रहरीधरहरा पृष्ठ ३-४ हेर्नुहोस्‌।) पारिवारिक अध्ययनका अड्‌चनहरूमाथि विजयी भएर राम्रो अध्ययन तालिका बनाउन कसरी सफल भए, परिवारका शिरहरूलाई बताउन लगाउनुहोस्‌। परिश्रम, अठोट अनि सहयोगको आवश्‍यकतामाथि जोड दिनुहोस्‌।

गीत २१७ र समापन प्रार्थना।

नोभेम्बर २२ मा सुरु हुने हप्ता

गीत १५८

१० मि: स्थानीय घोषणाहरू अनि क्षेत्र सेवकाईका अनुभवहरू।

१० मि: जिम्मेवारीहरूप्रति तपाईं कस्तो दृष्टिकोण राख्नुहुन्छ? प्राचीनद्वारा भाषण। मण्डलीलाई सुचारु रूपले चलाउन थुप्रै कामकुराहरू गर्नुपर्ने हुन्छ: आफूले पाएको असाइनमेन्ट तयार गर्ने; अरूलाई सभामा सँगै ल्याउने र क्षेत्र सेवकाईमा लैजाने; वृद्धहरूलाई मदत गर्ने; अनि राज्यभवनको सफाइ, मर्मत र देखभाल गर्ने। तपाईंलाई मदत गर्न अनुरोध गरियो भने कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? कसै कसैले ठाडै इन्कार गर्छन्‌ भने कसैले चाहिं मन नपरी नपरी हुन्छ भन्छन्‌ वा आफूलाई दिइएको काम पूरा गर्दैनन्‌। जिम्मेवारीहरू स्वीकार्नु र पूरा गर्नु किन आनन्ददायी सुअवसर हो, छलफल गर्नुहोस्‌। मण्डलीका सबैलाई स्वयंसेवा गर्ने स्वेच्छिक मनोभाव देखाउन प्रोत्साहन दिनुहोस्‌।—भज. ११०:३; यशै. ६:८.

२५ मि: “इन्टरनेटको प्रयोग—खतराहरूदेखि सावधान हुनुहोस्‌!” अनुच्छेद १९-३६ सम्म प्रश्‍नोत्तरद्वारा छलफल। अनुच्छेदहरू २३-५ र ३४-६ पढ्‌नुहोस्‌।

गीत २२३ र समापन प्रार्थना।

नोभेम्बर २९ मा सुरु हुने हप्ता

गीत २१५

१० मि: स्थानीय घोषणाहरू। नोभेम्बर महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सबै प्रकाशकहरूलाई सम्झाउनुहोस्‌।

१५ मि: नयाँ व्यक्‍तिहरूलाई सभाहरूमा उपस्थित हुन प्रोत्साहन दिनुहोस्‌। प्राचीन तथा एक वा दुई सेवकाई सेवक परमेश्‍वरको इच्छा गर्ने पुस्तिकाको पृष्ठ १४-१५ मा आधारित छलफल गर्छन्‌। नयाँ व्यक्‍तिहरू सभामा उपस्थित हुनुपर्ने आधारभूत कारणहरू पुनरावलोकन गर्नुहोस्‌। त्यहाँ तिनीहरूले निर्देशन, प्रोत्साहन र सहयोगजस्ता महत्त्वपूर्ण कुराहरू प्राप्त गर्नेछन्‌। पाँचवटा साप्ताहिक सभाहरू पुनरावलोकन गर्दै हरेकका फाइदाहरू वर्णन गर्नुहोस्‌। सभाहरूले कसरी ईश्‍वरीय चालचलन बढाउँछ, आध्यात्मिकता बलियो बनाउँछ, संगठनसित घनिष्ठ बनाउँछ, अरूसित नजिक हुन मदत गर्छ र सेवकाईको उद्देश्‍य बुझ्न मदत गर्छ भनी छलफल गर्नुहोस्‌। नयाँ व्यक्‍तिहरूलाई सभाहरूमा आउन झकझकाउनको लागि श्रोताहरूलाई यो पुस्तिका चलाउने प्रोत्साहन दिनुहोस्‌।

२० मि: हाम्रो छनौट—नयाँ विश्‍व अनुवाद। भाषण तथा प्रदर्शनहरू। विभिन्‍न धार्मिक संगठनहरूमध्ये हाम्रो संगठन एकदमै फरक छ किनभने हामी यहोवाका अभिषिक्‍त उपासकहरूले तयार पारेको बाइबल अनुवाद छाप्छौं, त्यसैको प्रयोग र वितरण गर्छौं। नाफा कमाउने वा कुनै गुटको विचारधाराहरू प्रवर्धन गर्ने हाम्रो ध्येय होइन। बरु हामी, परमेश्‍वरको नाउँलाई सम्मान गर्ने र उहाँबारे राम्ररी जान्‍न अरूलाई मदत गर्ने इच्छाले उत्प्रेरित भएका छौं। अन्य अनुवादहरूमा परमेश्‍वरको वचन बुझ्न गाह्रो छ। त्यसैले नयाँ विश्‍व अनुवाद-को विशेषता तथा फाइदाहरू पुनरावलोकन गर्नुहोस्‌। (“सम्पूर्ण धर्मशास्त्र” पुस्तकको पृष्ठ ३२७-३१ हेर्नुहोस्‌। अनुच्छेद ३ का टिप्पणीहरू उल्लेख गर्दै, सुधार गरी दुरुस्त अनुवाद गरिएका अनुच्छेद ६ मा दिइएका केही उदाहरणहरू बताउनुहोस्‌ र २२-३ अनुच्छेदहरूमा दिइएका लाभहरू संक्षेपमा बताउनुहोस्‌।) “तपाईंहरूको आफ्नै बाइबल छ नि” भन्‍ने मानिसहरूलाई कसरी जवाफ दिनसक्छौं दुइटा छोटो प्रदर्शनी देखाउनुहोस्‌—तर्क पुस्तकको पृष्ठ २७९-८० हेर्नुहोस्‌।

गीत २०५ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने